भाद्र २३,२०८१ / ०८ : ५९ पूर्वान्ह / 2024-09-08 08:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      एमसीसी परियोजना कार्यान्वयन आजदेखि

      - १ वर्ष अगाडि
      भाद्र १३,२०८०

      काठमाडौँ,  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी आजदेखि कार्यान्वयनमा आउने भएको छ । आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा आएको घोषणा गरिनेछ।

      उक्त कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून हिजो नै काठमाडौं आइसकेका छन् ।

      आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ ।

      अर्थमन्त्री डा। प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच ‘लेटर अफ एक्सचेन्ज’ हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल ९एमसीए–नेपाल०ले जनाएको छ ।

      एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ।

      यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन्।

      यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ।

      एमसीसी परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ।

      एमसीसी अन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

      यो टिप्पणीलाई अमेरिकाले स्वीकार गर्‍यो कि गरेन भन्ने बारेमा धेरै बहस भइरहेको छ । हिजो अमेरिकी दुतावासले एक विज्ञप्ति निकालेर व्याख्यात्मक घोषणासँग अमेरिका सहमत रहेको जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d