जेष्ठ ३१,२०८१ / ०६ : १० पूर्वान्ह / 2024-06-13 06:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

      - १० महिना अगाडि
      श्रावण २४,२०८०

      काठमाडौँ, ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

      टेलिकमले गोरखापत्रमा आज एक सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको पाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ । टेलिकमले काठमाडौँबाट भैरहवा ढुवानी गर्ने क्रममा नमस्ते रिचार्ज कार्ड हराएको जनाएको हो।

      टेलिकमले उक्त रिचार्ज कार्ड कसैले फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।

      टेलिकमका अनुसार सि.नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले उक्त नम्बरका कार्ड खरिद नगर्न समेत अनुरोध गरेको छ ।

        सम्बन्धित समाचारहरु