जेष्ठ ३१,२०८१ / ०७ : २४ पूर्वान्ह / 2024-06-13 07:24 am
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वाञ्चल बालसेवा आश्रमलाई WorldLink को आर्थिक सहयोग (भिडियोसहित)

      - १० महिना अगाडि
      श्रावण २३,२०८०

      बिराटनगर, इन्टरनेट सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समेत गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशन्सले विराटनगरस्थित पूर्वाञ्चल बालसेवा आश्रमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

      कोशी प्रदेशमा १ लाख घर धुरीमा आफ्नो सेवा बिस्तार गर्न सफल भएको अवसरमा सोमबार एक कार्यक्रम गरि आश्रमकी अध्यक्ष सीता पोख्रललाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

      कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका महानगर प्रमुख नागेश कोइराला र वर्ल्डलिंकका क्षेत्रिय प्रबन्धक शंकर शिवाकोटिले संयुक्त रुपमा उक्त सहयोग रकमलाई चेकमार्फत हस्तान्तरण गरेका हुन् ।

      कोशी प्रदेशमा एक लाख भन्दा धेरै ग्राहकको घर परिवारमा  सेवा पुगेको खुसियालीमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रित बालबच्चाको शिक्षा र वृद्धवृद्धाको स्वास्थ्यको लागि आर्थिक सहयोग गरेको वर्ल्डलिंक कम्युनिकेशन्शका क्षेत्रिय प्रबन्धक शंकर शिवकोटिले जानकारी दिए ।

      सेवा नै परम धर्म हो । यहि उखानलाई साक्षतकार गर्दै ४० बर्षदेखि अनवरत बालबालिकाको संरक्षण र सेवामा काम गर्दै आएकी पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरकी अध्यक्ष सीता पोखरेलले उक्त सहयोग पाएपछि खुसी व्यक्त गरीन् । सो सहयोग रकमले आश्रममा खड्कीएको भौतिक पुर्वाधारको अभावलाई ब्यवस्थापन गर्न ठुलो सहयोग पुग्ने भन्दै अध्यक्ष पोखरेलले वर्डलिड्क कम्युनिकेसन्सलाई धन्यबाद दिइकि थिइन् । 

      विगत चालिस साल देखि सुरुमा प्रत्येक घरका मनकारी मनहरुबाट दिनको १ मुठ्ठी चामल र महिनाको २ रुपैया पैसा दान संकलन  अभियान सुरु गरेर बालबालिकाको संरक्षण गर्दै आएको पुर्वाञ्चल बाल सेवा आश्रमबाट हालसम्म आइसक्दा ३०० भन्दा बढि बालबालिकाले आमाको मातृबात्सल्यता र संरक्षण पाइरहेका छन् । 

      इन्टरनेटको दुनियामा ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको वर्डलिकं कम्पनीको यात्राले २८ वसन्त पार गरिसकेको छ । कम्पनीले देशको ७५ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी सफलता पूर्वक सञ्चालन गरिरहेको छ भने यहि वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । 

      कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो । साथै अग्रणी सेवा प्रदायकको रुपमा वर्ल्डलिंकले नेपालमै पहिलोपटक सर्भिस ग्यारेण्टेड अफर र पब्जी मोबाइल सगको सहकार्यमा पब्जी गेमिङ प्याकेज पनि ल्याएको छ ।

      कोशी प्रदेशमा १ लाख भन्दा धेरै घरधुरीमा सेवा बिस्तार गरिसकेको वर्ल्डलिंकले हालसम्म  देशभर एक सय ७० शाखा बिस्तार गरिसकेको छ । ति शाखा मार्फत झण्डै ८ लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराएर इन्टरनेट दुनियाको सबैभन्दा ठूलो कम्पनीको रुपमा स्थापित गर्न सफल भएको वर्ल्डलिंकको दाबी छ । यस कम्पनीले अहिले १४ हजार पाँच सय स्थानमा निःशुल्क सार्वजनिक वाईफाई सेवा उपलब्ध गराइरहेको छ भने यो बर्षको अन्त्य सम्म  ३० हजार स्थानमा निःशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

        सम्बन्धित समाचारहरु