जेष्ठ २२,२०८० / ०४ : ५० पूर्वान्ह / 2023-06-05 04:50 am

        सुनको मुल्यमा प्रतितोला ६०० रुपैयाले बृद्धि

        - एक हप्ता अगाडि
        जेष्ठ १०,२०८०

        काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर कारोबार भएको हो ।

        मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

        आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  आज चाँदी मूल्य पनि प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । गत मंगलबार प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार भएको हो ।


          सम्बन्धित समाचारहरु