वैशाख १३,२०८१ / ११ : ५५ अपरान्ह / 2024-04-25 11:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्र बैंकले कानुन नटेर्ने चार वटा बैंकलाई २ करोड रुपैयाँ तिरायो जरिबाना

      - १ वर्ष अगाडि
      माघ २५,२०७९

      काठमाण्डौ, नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई दुई करोड रुपैयाँ जरिबाना तिराएको छ ।

      चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशिकाको उल्लङ्घन गरेकाले चार वटा बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरीवेक्षण विभागले जरिबाना तिराएको हो । प्रभु बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले कुल दुई करोड रुपैयाँ जरिबाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

      यस्तै राष्ट्र बैंकका विभिन्न नीति नियम पालना नगरेको भन्दै माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिभिल बैंक, नबिल बैंक र प्रभु बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

        सम्बन्धित समाचारहरु