चैत १६,२०८० / ०३ : ३९ अपरान्ह / 2024-03-29 03:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११० औँ स्थानमा

      - १ वर्ष अगाडि
      माघ १७,२०७९

      काठमाडौं, ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज ९मङ्गलबार० भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा बनेको छ । त्यस्तै, सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।

      यसैगरी, नेपालले ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा  परेको छ । अघिल्लो वर्ष नेपाल ११७ औँ स्थानमा रहेको थियो । नेपालको अङ्कमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको टीआईद्वारा जारी रिपोर्टमा उल्लेख छ ।

      सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अङ्क (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिन्छ ।

      यस वर्षको औसत अङ्क ४३ रहेको छ भने विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख छ ।

      यसैगरी, दक्षिण एसियाली राष्ट्रहरूमध्ये भेटानले ६८ अङ्क ९२५ औँ०, मालदिभ्सले ४० अङ्क ९८५ औँ०, भारत ४० अङ्क ९८५ औँ०, श्रीलङ्काले ३६ अङ्क ९१०१ औँ०, नेपालले ३४ अङ्क ९११० औँ०, पाकिस्तानले २७ अङ्क ९१४० औँ०, बङ्गलादेशले २५ अङ्क ९१४७ औँ० र अफगानिस्तानले २४ अङ्क ९१५० औँ० स्थान प्राप्त गरेको छ । छिमेकी मुलुक चीनले ४५ अङ्क  ९६५ औँ० स्थानमा रहेको छ ।

        सम्बन्धित समाचारहरु