माघ १९,२०७९ / ०८ : ५१ अपरान्ह / 2023-02-02 08:51 pm

        सेल रोटी बेचेरै सफल उद्यमी बन्दै नन्द भाउजु (भिडियो सहित)

        - ३ हप्ता अगाडि
        पौष २३,२०७९

        प्रदेश १ को सुन्दरनगरी भनेर चिनिने सुनसरीको इटहरी  चोकबाट उत्तरतिर लागेपछि आँपगाछी पुगिन्छ त्यहि आँपगाछीबाट ४ बर्ष अघि नन्द भाउजुलाई सेल रोटिको व्यवसाय गर्ने सोच आयो । सेल रोटी महत्वपुर्ण कायर्, तिथी पर्वहरुमा आवश्यक पर्ने हुँदा त्यस्तै नेपालीहरुले यसलाई  सगुनका रुपमा लिने अनि बिशेष कोशेली मान्ने गर्छन् । 

        घरमा भएकी बुढि आमाको माहान बिचार अनि परिवारको साथ पाएपछि र दुबै जनाको मन मिले पछि त्यसबेला २ केजी चामलबाट नन्द भाउजुले सेल रोटिको व्यवसाय सुरु गरे । अहिले तिनै नन्द भाउजु सेलरोटी र अनारसा बेचेर चन्द्रमा कोसेली तथा मसला उद्योगको मालिक भएका छन् । 

        भाउजु रीता सुवेदी र नन्द अम्विका सुवेदीलाई आजकल सेलरोटी पकाउन भ्याई नभ्याई हुन्छ  अहिले उनीहरु आँफै मालिक आँफै कामदार भएका छन् भने छिमेकी दिदी बहिनीहरुलाई समेत रोजगारी दिएका छन् । 

        त्यतिमात्र होइन परीवारका अन्य सदस्य  लाई पनि व्यस्त बनाएका छन् उनीहरु दुवै जनाको श्रीमानले संगसंगै उद्योगमा सहयोग गर्दै आएका छन् । 

        उद्योग संञ्चालन गरेको सुरु सुरुमा मान्छेहरुका घरघरमा, विभिन्न पसलमा कार्यक्रम भएको स्थनमा खाजाको लागि आँफुले बनाएको सेलरोटी खाईदिन आग्रह गर्नुपथ्र्यो । गरे के हुदैन भने जस्तै त्यसरी गरेको मेहनतले अहिले नन्द भाउजुलाई सफल उद्यमी बनाएको छ । उनीहरुले बनाएको सेलरोटी अनारसा हरेक मान्छेका घर घर देखि भाटभटेनी सुपरमार्केटसम्म पुगेको छ । जसका कारण हिजोआज सिजन  अनुसारका चाडपर्वहरुमा बजारको माग धान्न समेत ग्राहो हुने गर्छ ।

        यसरी यँहाको सेलरोटी सफा शुद्द र मिठोे छ भन्ने थाहा भएपछि अहिले धेरै मानिसहरु  विभिन्न ठाँउबाट अर्डर गरी गरी चन्द्रमा कोशेली घरमै सेलरोटी खान आईपुग्छन् । 

        चन्द्रमा कोशेली तथा मसला उद्योगमा अहिले सेलरोटी र अनारसा मात्र होइन अन्य बिभिन्न अर्गानिक खानेकुराहरु पनि उपलब्ध गराउँदा कामको  चाप  बढ्न थाले पछि र  रोटीको बजारमा माग बढ्न थालेपछि उद्योगमा रोजगारी पाएका अन्य सहयोगीहरु प्नि निकै उत्साहित छन् ।

        एउटै काममा ४ बर्षको निरन्तरताले अहिले गर्न सके के हुदैन भने जस्तै समाजमा एउटा राम्रो उदाहारण बनेका छन् २ नन्द भाउजु रीता र अम्बिका ।।।


          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको