माघ १९,२०७९ / ०९ : ३८ अपरान्ह / 2023-02-02 09:38 pm

        रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु

        - १ महिना अगाडि
        पौष १२,२०७९

        काठमाडौं, आजबाट रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु भएको छ। मंगलबारदेखि चीनतर्फ सामग्रीको निर्यात सुरु भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । 

        मंगलबार तीनवटा टेलर ९नेपाली ६ वटा गाडी०मार्फत सामग्री निर्यात गरिएको हो। यसअघि कोभिड(१९ का कारण नाकाबाट सामग्री निर्यात हुन सकेको थिएन। 

        भन्सारका सूचना अधिकारी भरतराज अधिकारीका अनुसार ह्यान्डीक्राफ्ट, बाँसको मुडा तथा बाँसका अन्य सामग्री निर्यात भएको हो उनका अनुसार अब सामग्री नियमित जाने सम्भावना छ। 

        नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाली सवारी साधन चीनतर्फ जान पाएका छैनन्। ुनाका पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र नेपाली सामग्री यहाँकै सवारी साधनले लैजान पाउँछने अधिकारीले बताए । २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात भएको थिएन। 

        आयातको तुलनामा निर्यात निकै कम हुने भएपनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको थियो। 

        लामो समयदेखि सामग्री निर्यात रोकिएका कारण भारतको विभिन्न स्थानबाट सामग्री जाने क्रम बढेको व्यापारी बताउँछन्। २०७६ साउनअघिसम्म दाल, घ्यू, चाउचाउ, बिष्कुट, चिउरालगायत सामग्री निर्यात भइरहेको थियो। प्रतिमहिना करिब २५ वटा गाडीले खाद्य सामग्री निर्यात गर्दै आएका थिए। 

        रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आउनुपूर्व नै खाद्य सामग्री जाने गरेको थियो। सडक निर्माण नभएको समयमा पनि मैदा, चिउरा, चिनीलगायत सामग्री निर्यात भइरहेको थियो। 

        यस नाकाबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए। 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको