माघ १९,२०७९ / ०८ : ४१ अपरान्ह / 2023-02-02 08:41 pm

        आइतबार सुनको मूल्यमा सामान्य वृद्धि

        - एक हप्ता अगाडि
        पौष १०,२०७९

        काठमाडौं, आज आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

        महासंघले आजको कारोबार भाउ तोक्दै तोलामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ थियो ।

        गत विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १००० रुपैयाँ थियो । शुक्रबार एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर बसेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही थियो ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको