जेष्ठ १६,२०८३ / १२ : २२ अपरान्ह / 2026-05-30 12:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बीमा प्राधिकरणले माग्यो कर्मचारी, कसले आवेदन दिन सक्छन्

      - ३ वर्ष अगाडि
      मंसिर २३,२०७९

      काठमाडौं, नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

      अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम् योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।

      योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिनेछ । ​

        सम्बन्धित समाचारहरु