माघ १९,२०७९ / ०९ : १८ अपरान्ह / 2023-02-02 09:18 pm

        चुनावी खर्चको असर अर्थतन्त्रमा, महंगी झन बढ्ने

        - ३ हप्ता अगाडि
        मंसिर १८,२०७९

        काठमाडौं, भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने जनाएको छ । निगम अझै २७ अर्ब घाटामा भएकाले मूल्य नघटाउने निगमको भनाइ छ । 

        इन्धनको मूल्य नघट्नु भनेको महंगी कायमै रहनु हो । अर्थात, महंगी अझै बढ्नु हो । महंगी बढ्ने कारण इन्धनको मूल्य मात्र नभइ चुनावमा भएको अरबौं रकमको परिचालन पनि हो । 

        विज्ञहरुका अनुसार चुनावमा भएको अर्बौँ रकमको परिचालनले थप महँगी निम्त्याउने छ । निर्वाचन सम्पन्न गराउन मात्रै सरकारले २० अर्ब भन्दा बढी खर्च गरेको छ । चुनावको समयमा दल र उम्मेदवारहरूले अझै ठूलो धनराशि खर्च गरेकाछन । यसको सीधा असर अर्थतन्त्रमा समेत देखापर्नेछ । 

        एक महिनाअघि नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्कले महँगी दर ८।२६ प्रतिशत रहेको उल्लेख गरेको थियो । अहिले त्यो थप बढेको र चुनावपछि यसको अशर बजारमा अझ देखिनेछ । महँगी दर दोहोरो अङ्कमा पुग्नसक्ने कतिपय विज्ञहरूको धारणा छ । नेपालमा मुद्रास्फीति दोहोर अङ्कमा पुग्नसक्ने उनीहरुको बुझाइ छ । 

        युक्रेन रुस युद्धका कारण इन्धन तथा खानेकुराको मूल्य वृद्धि र अकासिएको डलरको भाउले गर्दा विश्वभर नै जीविकोपार्जनको खर्च व्यापक रूपमा वृद्धि भएको भन्दै चिन्ता बढेको छ । 

        निर्वाचनमा प्रयोग हुने सामग्रीको आयात गर्न रकम बाहिरिएको र मतदातालाई लोभ्याउन कैयौँ अनुत्पादक क्षेत्रहरूमा खर्च भएकाले यसको प्रभाव अर्थतन्त्रमा चाँडै देखिनेछ । 

        अनुत्पादनमूलक क्षेत्रमा गरिएको खर्चले खासै सकारात्मक परिणाम नदिने विज्ञहरु बताउँछन् । निर्वाचनमा भएको खर्चले थप मूल्यवृद्धि गर्ने सम्भावना देखिएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको