फागुन २२,२०८० / ०६ : ५९ अपरान्ह / 2024-03-05 06:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामसङको नयाँ मोबाइल ए ०४ 'एस’ सार्वजनिक, यस्ता छन् विशेषता

      - १ वर्ष अगाडि
      कार्तिक २४,२०७९

      काठमाडौं, सामसङले ‘ग्यालेक्सी ए ०४ 'एस’ मोबाइल नेपाली बजारमा ल्याएको छ । 

      युवा पुस्तालाई लक्षित गरी सामसङले ग्यालेक्सी ए ०४ मोबाइल नेपाली बजारमा ल्याएको हो । यस फोनमा नयाँ सुविधा र विशेषता रहेको कम्पनीले जनाएको छ ।

      ग्यालेक्सी ए०४ मा क्यामेराको गुणस्तरमा सुधार ल्याउनुको साथै अन्य एपमा पनि अपग्रेड गरिएकोले युवा प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको विश्वास रहेको छ । यस फोनमा ट्रिपल रियर क्यामरा छ । एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको छ । 

      यस्तै, ५ एमपी सेल्फी क्यामरा रहेको धछ । ६.५ एचडी र ए मोडलको डिस्पेल समावेश रहेको छ । पाँच हजार एमएच ब्याटरी रहेको छ । यस फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको छ । १२८ जिबी रोम सहितको ४ जिबी र्‍याम भएको ए०४ एसको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको छ । यस्तै, ६४ जिबी रोमसँग ४ जिबी र्‍याम को फोनको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।

        सम्बन्धित समाचारहरु