मंसिर २०,२०७९ / १२ : २३ अपरान्ह / 2022-12-06 12:23 pm

        नेप्से परिसूचक २.५७ अंकले घट्यो

        - ३ हप्ता अगाडि
        कार्तिक २२,२०७९

        काठमाडौं,  मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको छ । 

        आज २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । 

        मंगलबार लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँको सेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।

          सम्बन्धित समाचारहरु