जेष्ठ ४,२०७९ / १० : ४३ अपरान्ह / 2022-05-18 10:43 pm

        पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि

        - एक हप्ता अगाडि
        फागुन २०,२०७८

        सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

        खाना पकाउने ग्याँसको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

        अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

        आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

          सम्बन्धित समाचारहरु