जेष्ठ १६,२०८३ / १२ : २१ अपरान्ह / 2026-05-30 12:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      यस्तो छ गरिमा विकास बैंकको दोस्रो त्रैमासिक विवरण

      - ४ वर्ष अगाडि
      माघ ९,२०७८

      काठमाडौं । गरिमा विकास बैंकले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

      चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमा विकास बैंकले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

      गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.२५% ले बढेको हो । खुद व्याज आम्दानी ३९.४६% रहेको छ । यस्तै सञ्चालन नाफा २५.१९% ले सुधार भएपछि खुद नाफा वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । 

       यसैगरि, दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमाको प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा रहेको छ । 

      यस्तै, बैंकको रिजर्भ कोष सामान्य बढेको छ । सहारा विकास बैंकलाई एक्वयार गरी चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढी पुर्याएको छ । 

      गरिमाले सोही पुँजीमा १६% बोनस दिने घोषणा गरेको छ । उक्त बोनस पारित गरी पुँजीकृत भएमा चुक्ता पुँजी थप बढ्ने छ ।

        सम्बन्धित समाचारहरु