जेष्ठ १९,२०८३ / १२ : ५७ पूर्वान्ह / 2026-06-02 12:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      यस्तो छ चालु आर्थिक वर्षको पहिलो छ महिने आयात/निर्यात अवस्था !

      - ४ वर्ष अगाडि
      माघ ९,२०७८

      चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा पनि वृद्धि भएको देखिएको छ । 

      यस अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको देखिन्छ । 

      यस्तै,  यस अवधिमा. एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात भएको छ । यसलाई हेर्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

      भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा .६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँको आयात हुँदा ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात नेपालले गरेको थियो । 

      यसरी हेर्दा निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा भने चुलिँदै गएको तत्थ्याङकले देखाएको छ ।

        सम्बन्धित समाचारहरु