वैशाख ८,२०८१ / ०२ : १७ पूर्वान्ह / 2024-04-20 02:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

      - ३ वर्ष अगाडि
      असोज २५,२०७७

      काठमाडौं, आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको हो । 

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। तेजाबी सुन शुक्रबार ९४ हजार ३०० मा कारोबार भएको थियो भने आज ९५ हजार १०० मा कारोबार भइरहेको छ। 

       यस्तै आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदी १२१९ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो । 

        सम्बन्धित समाचारहरु