कार्तिक २६,२०८२ / ०५ : १६ पूर्वान्ह / 2025-11-12 05:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      रत्न बिलाए पनि कालजयी सृजनाले सँधै अमर बनाईरहनेछ !!!

      - ५ वर्ष अगाडि
      जेष्ठ १७,२०७७

      ‘घुम्तीमा नआऊ है...,‘गोरेटो त्यो गाउँको .....‘ए कान्छा ठट्टैमा यो बंैस जान लाग्यो...’ जस्ता थुप्रै कालजयी गीतका सर्जक रत्न शमशेर थापा का गीतहरु नेपाली गीत संगीतका पारखीहरु सामु गुन्जायमान छन् । बिहीबार नेपालको सांगीतिक क्षेत्रले एउटा ‘रत्न’ गुमाएको छ, गीतकार रत्न शमशेर थापा । थापाले नर्भिक अस्पताल, थापाथलीमा जेठ १५ गते बिहीबार दिउँसो एक बजे अन्तिम स्वास लिए । अनि कहिले नफर्किने गरी हामीलाई सँधैका लागि शोकाकुल बनाउँदै यो जगत् छाडेर गए । आफ्नो जीवनकालमा कालजयी सयौंको संख्यामा गीत लेखेर नेपालको आधुनिक संगीतमा योगदान गरेका उनलाई गीतका मर्मज्ञहरू उनलाई ‘आधुनिक गीतको रत्न’ भनेर श्रद्धा गर्छन् । उनै कालजयी गीतका सर्जक रत्न शमशेरको जिवनी..... 

      थापाको जन्म र बाल्यकाल :

      रत्न शमशेर थापाका पुर्खाहरु काभ्रे जिल्लाको ओपि भन्ने ठाउँदेखी बसाइँ सरि काठमाडौ आएका हुन । उनका कुप्रा बाजे केसर सिँह थापाका दुई बहिनीहरु धिर शमशेरले बिवाह गरेपछि एक फुपुको सन्तान लाई शमशेर र अर्को लाई जङ्गको उपादी राणा हरुले दिएका हुन । डाय्मन्ड  शमशेरले नेपाली उपन्यास  ३ सत्प्रयासमा श्री ३ चन्द्र शमशेरका मामा केसर सिँ थापा भनी उल्लेख गरेको पाईन्छ । यिनै पुर्खा केसर सिँ का पनाती हुन कवि तथा गीत्कार रत्न शमशेर थापा ।

      केसर सिँहका कान्छा छोरा पद्म शम्सेर का सात भाइ छोरा मध्य माइला छोरा  तिर्थ शम्सेर थापाका ४ सन्तान मध्ये एक मात्र छोरा का रुपमा यिनले १९९४/ ४/ १६ मा अकलापुरी कान्तिपुरी नगरीको कमलपोखरीमा जन्म लिए । आमा स्व. तुला कुमारी जुध्द शमशेरका हजुरिया कर्नेल स्व.इन्द्र ब.कार्कीका छोरी हुन् । त्यसो त राणा कालमै बाबु तिर्थ शम्सेरले कोलकताको सेन्ट्जेभियर्स कलेज बाट स्नातक पास गरेका थिए । कमलपोखरिको मुलबाटो बाटै देखिने त्यो अग्लो तिनतले पुरानो ढाँचाको सेतोघरले हिजोसम्म शमशेर थापा हरुको पारिवारिक इतिहासको परिचय दिन्थ्यो । जहाँ शोधनायकले बाल्यकाल रमाउदै बिताएका थिए । तर २०७२/ बैशाख १२ को महाभुकम्पले यसलाई भग्नावशेषमा बदलिदियो ।

      शिक्षा :

      ४ बर्षको उमेरमै श्रीपञ्मी को दिन पाइला टेक्दा नटेक्दै थापाले घरबाटै शिक्षा आरम्भ गरे । यो क्रममा महाकवी देबकोटा देखि राम प्रसाद जोशी, दाहाल सर, हिरा रत्न र मोहन बिक्रम यिनका गुरु रहे । दरबार हाइस्कुलबाट बि.स.२००९ मा म्याटट्रीक दिएपनि उनले एकपल्ट असफलता बेहोर्नु परेको थियो ।

      २०१० मा विभिन्न कठिनाइका बाबजुत पनि उनलाई सफलता हात लाग्यो । तत्पश्चात थापाको उच्चशिक्षा तत्कालीन तृचन्द्र कलेजमा सुरु भयो, तदनुरुप उनी दिवासेवाको कक्षामा बिज्ञान बिषय लिएर भर्ना भए । अतिरिक्त समयमा स्कुलको शिक्षक पनि बन्न पुगे, तर सन्जोग २०१२ को दोस्रो वार्षिक परिक्षा दिदैगर्दा उनी अचानक बेहोश भए, जसका कारण उनको परिक्षा पूरा हुन सकेन । यसरी परिक्षा अडकेका र अलमलमा परेका थापा एकैपटक जोग्मनीको चिनी कारखानामा जागिरे हुनपुगे । तर जागिरे जिबनबाट पनि हात धुदै २०१५ मा फेरि आफ्नै बासस्थान काठमाडौ फर्किए ।

      २०१६ बाट फेरि तृचन्द्र कलेज भर्ना भै आफ्नो उच्च शिक्षा अगाडी बढाए । यसैबेला स्व.नातिकाजी, नारायण गोपाल,सुशिला कंसाकार, दिपक अर्याल, उत्तम कुँवर, मदन रेग्मी, बाल्मुकुन्द देब पान्डे, डा.लोक बिक्रम थापा , डा.पुष्कर राज सत्याल, डा.ठाकुर प्रसाद पन्त,पाइलट स्व.शिव ब.थापा,बासुदेब तृपाठी, जनक नाथ प्याकुरेल आदि सहपाठी र सहकर्मीका रुपमा पाए । बिशेष गरि नारायण गोपाल, नाति काजी, दिपक अर्याल र उनी कलेजको बार्षिक उत्सब्मा निकै सकृय देखिन्थि । यसै समयमा आपसको सहयोग र संयोग बाट स्रोताको मन जित्दै समाजमा आफ्नो परिचय दिन सफल साबित भै सकेका थिए ।

      अनि यसै समयमा थापाको पहिलो गीत गाजालु आँखा मोहनी रुप हसिलो मुहार नारायण गोपालको स्वर मा पहिलो पटक रेडियो नेपाल बाट प्रसार भएको थियो । साथै (ए कान्छा ठत्टैमा यो, बिछोड को पीडा,जाग लम्क चम्क हे, अाँखाको भाका, स्वर्गकी रानी , मधुमास मा यो दिल्को बाग, कुन्जमा गुन्जियो, मौन छु आँसु पिइ, सेरो र फेरो मेरो अँध्यारो पारी गयौ) जम्मा कुल १० गीत नारायण गोपालले गाए । जुन गीत आज पनि जिँउदा छन ,आफ्नो वजन र उचाइ यथास्तानमै राख्न सफल छन् ।

      यसरी २०२२ मा स्नातक पूरा गरि २०२६ मा त्रिभुवन विश्वबिध्यालयबाट अंग्रेजी साहित्यमा एम.ए गरे । २०१० देखि सुरु भएको उच्च शिक्षा विभिन्न समस्या ,अस्वस्तता, सफलता ,असफलता पार गर्दै २०२६ सालमा आएर पूरा भयो । 

      /pagegallery/2020053058.jpg

      दाम्पत्य जिबन र परिवार :

      जन्मेको नाम 'ल''अक्षर बाट सुरुभएका थापा  मेष राशी र भरिणि नक्षत्रका हुन् । बिवाह हुने नहुने, ढिलो छिटो, यौटा दुइटा यी सबै प्राय जन्मदैको साहितमा निर्धारित नै हुन्छन् । यस्तै थापाको पनि बिवाह बिलम्ब भएको उनी स्वयम् स्वीकार्छन् । ४६ वसन्त पार गरेपछी राजबिराज कंचनपुर निवासी २६ बर्षिया भैरबी बस्नेत संग २०४२ बैशाख महिनामा उनको बिबाह सम्पन्न भयो । थापाको बिबाह बिलम्ब भयपनि १० महिना बित्दै पुत्र लाभ भने प्राप्त भयो । यसरी ४ बर्षको अन्तरालमा अर्को पुत्रको पनि जन्म भै थापाको सानो र सुखी ४ जनाको परिवार बन्यो ।

      आर्थिक स्थिती :

      मध्यबर्गिय थापा खलकको ठुलो परिवारमा जन्म भएपनि प्राय सबैजसो सेनामा जागिरे भएकाले खासै आर्थिक संकटको स्थिती नआएको देखिन्छ । पुर्खयौली सम्पत्तिको रुपमा कमलपोखरीको २२ रोपनी जग्गा अंशबन्डा भैसकेपछी उनी त्यहीँ अलग्गै आफ्नै निवासमा अवस्थित थिए । जागिर खासै नखाएपनि आफ्नै लेखनप्रती इमान्दार रहि यसैलाइ एककिसिमको पेशा तथा कर्मक्षेत्र बनाएका थिए । न त धेरै ढलिमली ,न त अभाब, ठिकै किसिम ले उनको जीवन चली नै रहेको छ ।

      पुरस्कार र सम्मान :

      १.नेपाल राष्ट्रिय पुस्तकालय द्वारा आयोजित गायन प्रतियोगितामा प्रथम २०१४, छिन्नलता पुरस्कार २०४०, गद्धी आरोहण २०५३, नेपाल द्वारा विशिष्ट कदरपत्र २०५३, साधना सम्मान र युग्कबी पुरस्कार २०५६, मुक्ति पुरस्कार २०५६, नेपाल सम्मान २०५७, भिमनिधी तिवारी सम्मान २०५७, बिरेन्द्र ऐश्वर्य सेवा पदक २०५८,  प्रथम गोर्खा दक्षिणबाहु चौथो,  बि.पि स्मृति पुरस्कार, कान्तिपुर विशेष सम्मान र इमेज लाईफ टाइम जस्ता रहेका छन् ।

      बिदेश भ्रमण :

      बिदेश भ्रमणमा दिल्ली, पाकिस्तान र मुम्बईको भ्रमण अरु भन्दा विशेष, बिशिस्ट र अबिस्मरणिय छन् । मुम्बईमा संगीतकार जयदेबले गीत माग्दा आफु संग गीत नहुनु र पाकिस्तानी संगीतकार वाजिद अलि नासाद्ले तुमारा बापका गीत ए हए कि नहि भन्दा बाफ रे बाफ भन्दै घुँडा समाती नतमस्तक हुनु र दिल्लीमा प्रदिप रिमालले साहिर लुध्यन्बी लाई He is also poet from Nepal भन्दा साहिरले u must come to my place  भन्नू र दिल्ली कै प्रमुख कवि गिरिजा कु माथोरले कबिता बाचन गरेको सुनेपछि (आपका कबिता बिराट हे भन्नु उनका घतिला र  दिमागी पानामा मेटिनै नसक्ने सन्स्मरण हुन् ।  धुँदा पनि नजाने गरि बसेका सम्झनाका टाटा हरु हुन् । प्रसंशा चाहिन्छ र काम अनुसार पाउनु पर्छ भन्ने मान्यतामा अडिग थापा यसरी अरुले आफ्नो बारेमा व्यक्त गरेको कुराले बडा प्रफुल्लित र आल्लाहादित मुद्रामा बर्षा पछिको आकाश खुलेझै खुल्छ्न् । 

      /pagegallery/2020053051.jpg

      प्रभाव, प्रेरणा र मन पर्ने श्रष्ठाहरु:

      विशेषत घरेलु बातावरण, आफ्नै स्व.आमा, कान्छा मामा, काइला काका मणि शम्सेर जस्ले राग गाउदा माइक नै फुटला जस्तो भएर १० फिट पर राख्थे गायन शिरोमणि यज्ञराज शर्माले (सेतो साँडे भनी) उपाधी नै दिएका थिए , उनिहरु कै प्रभाव र प्रेरणाद्वारा थापाले सानैमा तबला बजाउन सिके ।

      रोमान्टिक कबिहरुका कबिता मनपराउने थापा अप्रत्यक्ष स्वदेशी तथा बिदेशी कबिहरु बाट प्रभावित भएको स्वीकार्थे । जस्तै उर्दु र हिन्दी लेखनमा....साहिर लुदयान्बि, शकिल बदायी, मर्जु सुल्तान्पुरी, राजा मेदिअलिखां, सैलेन्द्र, प्रदिप, गोपाल सिँ नेपाली ,नेपालका अग्रज तथा समकालिन कवि तथा गीतकारहरुमा....माहाकबी देब्कोटा, शिद्दिचरण, भिमनिधी, लेखनाथ, राष्ट्रकबि, भाबुक, रमेश धिताल,  भुपी ,बैरागी, इश्वर बल्लब, प्रेम बिनोद नन्दन, मोहन हिमाम्शु, मोहन कोइराला, कृष्ण भक्त आदि यस्तै अनुज र भाइको रुपमा डाक्टर बिश्वम्भर प्याकुरेल र डाक्टर अभि सुवेदी लाई बिशेष रुचाउँदथे । आत्मिक संम्बन्धका कारण २०२८ सालमा डाक्टर बिश्वम्भर प्याकुरेलको कथा संग्रहको नामाकरण नै रत्न दाईले  इन्द्रेणीको गुम्बज भित्र भनी राखिदिए । थापाले विद्धान द्धव बिश्वम्भर र अभि सुवेदीलाई भाईको रुपमा लिनुहुन्थ्यो । नेपाली फिल्मी गीतमा किरण खरेल र चेतन कार्कीका गीतहरु उहाँका चयनमा पर्दथे  । 

      सानो उमेरमा स्रोता र पाठकमा आफ्नो वास्तविक नामबाट नआउं भन्ने बिचारले होला, थापाको २००८ साल मा लेखेको पहिलो रचना ( मन पर्छ त्यो रात ) आर.एस. मधुरको नाम बाट  पटनाको म्याग्जिन मा छापियो । तर अनन्य मित्र जनक नाथ प्याकुरेल ले यो के गर्या ? आफ्नो नाम नराखी !! भने पछि थापा वास्तविक नाम मै फर्किए । 

      जीवन लाइ ( ईश्वरको बर्दानको रुप मा लिने थापा धुन मा गीत लेख्न सक्नुको रहस्यमा सानै देखि ताल को ज्ञान भएको बताउँथे । यो उमेर सम्म मात्र गीति क्षेत्र लाई अंगाल्दै जागिरे जीवनको वास्ता नगरी आम्दानी बिहिन क्षेत्र संग झुमेर बस्नु र बस्न सक्नु ,धैर्यताको बाँध मा रत्तीभर हलचल आउन नदिनु(अत्यन्त ठुलो त्याग र निष्ठा भनी हामी सबैले स्विकार्नु नै पर्छ !!!

      उनले नेपालका प्रायः सबै कलाकार संग काम गरे : 

      नारायण गोपाल, प्रेम ध्वज, माणिक रत्न, पन्नाकाजी रपि.एल.श्रेष्ठ, अम्बर गुरुङ फत्तेमान, योगेश बैध, रुबि जोशी, भक्तराज आचार्य, नगेन्द्र हाडा, उदय सम्शेर, कनैया , दीप श्रेष्ठ, दीपक जङम, दिपक खरेल, ओम बिक्रम बिष्ट, रमेश ताम्राकार, रबिन शर्मा, निर्मल रिमाल, प्रकाश श्रेष्ठ, सुदेश शर्मा, राम कृष्ण, यम बराल, राजेश पायल, शिशिर योगि, एडृन प्रधान,वसन्त खड्का र म लेखक स्वयम्....आदि 

      महिला गायिका हरुमा :

      तारा देबि, सुशीला कंङ्साकर, दिल्माया खाती, अन्जु (आसामको) अरुणा लामा, शान्ती ठटाल, मिरा राण, ज्ञानु राणा, तारा थापा, सुक्मित, हसना श्रेष्ठ, बिमला सेन्चुरी रकुन्ती मोक्तान, सङीता राना, लोचन  भट्टराई, बिमला राई, सुनिता सुब्बा, मनिला सोताङ देखि झुमा लिम्बू र मिलन अमात्य सम्म ...

      भारतिय कलाकारहरु :

      उदितनारायण, सोनु निगम, कबिता कृश्नामुर्ती, साधना सर्गम, पुर्निमा आदि ।।।

      संगीतकारहरु :

      नाति काजी, शिवशंकर, प्रेम माणिक, नारायण गोपाल, अम्बर गुरुङ, हुतराज शमा, नोर्बु छिरिङ, सि.के.रसाइली, शान्ती ठटाल, शम्भुजित बाँस्कोटा, शिला बहादुर मोक्तान, तारा देबिरचन्द्र राज शर्मा, शुभ बहादुर, गणेश परियार, कृष्णमान, दिपक जङम, शम्भुजित, शक्ति बल्लभ श्रेष्ठ, मदन दिप्बिम, मदन परियार, दीप तुलाधर, म लेखक स्वयम्, किशोर गुरुङ, शरद गुरुङ आदि आदि ।।।

      /pagegallery/2020053056.jpg

      चलचित्र :

       जुनि, भाग्यरेखा, २५ वसन्त, अन्याय, चोखो माया, सिमाना, अवतार, जमिन, रणभुमी राजकुमार, सन्जोग, ग्रहण, घर सन्सार र हतियार हुन् ।।

      एल्बमहरु :

      १.दोभान, (एकल संगीतकार अम्बर गुरुङ संग)

      २.आँखाको भाखा अाँखाल,े (स्वर सङीत नारायण गोपाल संग)

      ३.घुम्तीमा नआउ है, मधुमासमा, जिबनका लहर हरु, आउ सुट्टुक्क (एकल स्वर संगीत म संग)

      आधुनिक गीतका किताब

      ओभानो सिउँदो २०२० र रुझेका परेला २०२५ ।।।

      कबिता :

      चक्ला भरीको घाम २०३६ ताराका काँचा रङ २०६० !!!

      नारायण गोपालले थापाका १० गीतहरु लाइ आफ्नै संगीतमा निरन्तर गाएपछी बिनाकारण अरु कुनै थप गीत नगाइ संधैको लागि बिदा भए । अम्बरले युगल गरी ७ वटा गाएका छन, प्रेम ध्व्जले २० जति गाई अझै उनका गीत गाएर मित्रताको परिचय दिदैछन्, माणिक रत्नले १५ जति गाएर संगीतबाटै विश्राम लिएका छन्,, योगेश बैधले युगल २, तारा देबि संग गरि ७ वटा गायका छन् ।

      कवि तथा गीत्कार थापा संग मेरो चिनाजान र सहकार्य :

      २०३५ देखि मैले रत्न  शमशेरका गीतहरु रेडियोबाट सुन्ने गरेको हुँ । सुरुमा यो  शमशेर भन्ने नाम पनि गीत संगीत भन्ने लाग्थ्यो । भनौ  शमशेर भन्या  तिनै धिर, वीर, रणविर  शमशेरनै होलान झैँ लाग्थ्यो ।

      म दार्जिलिङ पढेर काठमाडौ आएपछी करिब २०४५ देखि यसै क्षेत्रमा गाँसिए । विभिन्न कार्यक्रम तथा रेडियो नेपालमा म उनलाइ देख्दथें । हेर्दा पातलो भएपनि बडा वजन्दार आवाज छ बा यि मान्छेको त भन्ने लाग्थ्यो ।

      करिब २०५० पछि एक दिन म त्यो निवासमा पुगें, को के कता कहाँ बाट भन्ने कुरा भयो, मैले सबै बताँए, तत्पश्चात रमाइलो बातावरण बन्न थाली हाल्यो । २०५५ सालमा मैले उनको एउटा गीत सुनगाभा एल्बम  भित्र राखे, त्यो एकल मेरो संगीत र रबिन शर्माको स्वरमा बनेको थियो ( गीतको बोल चाहे पाप भन या अपराध मैले त मीठो भुल गरें ।

      अनि रेडियो  नेपालमै (फत्तेमान र रबिन शर्मा) अर्को फत्तेमानको गरि दुई गीत गर्यौ । यसरी नै बाहिर एडृन प्रधान, शिशिर योगि, डा.गोपाल हरु सङ पनि काम गर्यौ । यस्को अलवा २०६८ मा गीतकार थापा र मेरो एकल एल्बम आउ सुटुक्क  म्युजिक नेपालले निकालिदियो । यसरी थापा संग मेरो एक दर्जन भन्दा बढी गीत छन्  भने अरु हुने क्रममा छन् ।

      २३ बर्षको अवधिमा मेरो उहाँ संग संधै हुनुपर्ने एक अग्रज र अनुजको आत्मिक सम्बन्ध नै कायम छ ।

      अरु भन्छन, उहाँ कहिलेकाही अलि पड्किनु हुन्छ, तर मैले त मकै भुट्दा मकै पड्केको र तिहारमा पटका पड्केको मात्रै देखेको, सुनेको छु,, उँहा त अलि ठुलो स्वरमा बोल्नु मात्रै हुन्छ ।

      जेठ १५ गते ८३ बर्षको उमेरमा आफ्ना कर्मका उपजहरु छोडी धरती बाट बिदा लिनु हुने अग्रज, आदरणिय दाजु रत्नलाई भन्न कर लाग्यो !!!!

      हार्दिक श्रद्धाञ्जली

      /pagegallery/202005305.jpg


      नारायण ओली

      संगीतकार, गायक, गीतकार, संगीत संयोजक, गितार बादक, तथा senior music coordinator रेडियो नेपाल



        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d