वैशाख १९,२०८३ / १० : ०२ पूर्वान्ह / 2026-05-02 10:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्डलाई पूर्व जनमुक्ति सेनाको चिट्ठी

      - ६ वर्ष अगाडि
      भाद्र ५,२०७६

      पूर्व प्रधानमन्त्रीज्यू, नमस्कार, तथा अभिवादन !

      तपाईको नाममा यो पत्र जुन हामी ले देशको लागि भन्दै लडाइँ गरौ । त्यो त प्रचण्ड, बाबुराम, कृष्ण महरा, जनादर्न शर्मा, प्रभाकर, बर्षमानका लागि लडिरहेका रहेछौ ! १७ हजार सहिद भए कति आमाका काख रित्तिए , कतिका सिंदुर पुछिए, कतिका घर उथलपुथल भए । आखिर कस्ले दिने जबाफ ? अब फेरि एकचोटी आउँछ देशमा आधीबेरी ? सुनिल धिताल पूर्व जनमुक्ति सेना ! पूर्व प्रधानमन्त्रीज्यू, नमस्कार तथा अभिवादन ! तपाईको नाममा धेरै पटक पत्र लेखे । अनि अधुरो क्रान्ति पूरा गर्न सकारात्मक आलोचना पनि गरे । 

      आजको दिन सम्म आउँदा जनयुद्ध लड्ने तपाईंको योद्धाहरु भटाभट पिजडामा कैद हुँदैगर्दा सबै सरकार तपाईंको समर्थन मै बनेका छन । तपाईंलाई जनयुद्धमा सुरुक्षा दिने तपाईंकै सहयात्रीहरुको गिरफ्तारले तपाईंमा बर्गिय माया र एजेन्डा हराउदै गयो । बरु परम्परागत संसदीय व्यवस्थालाई व्यवस्थित गर्न आफ्नै सहयात्री पिजडा भित्र राख्दा बर्गिय बिचारको धनी भनेर तपाईंलाई कसरी भन्ने ? हिजो जनयुद्धलाई अपराधी देख्नेहरु टाउकोको मुल्य तोक्नेहरु आज तपाईंको सहयात्री र मित्र भए ।

      हिजो तपाईको निर्देश पालाना गर्ने र तपाईलाई बचाउनेहरु तपाईंको दुश्मन किन देख्नु भयो प्रचण्ड कमरेड । तपाईंको निर्देशमा मर्न तयार भएका कमान्डरहरु प्रतिक्रियावादी क्याम्पमा धावा बोल्दै तिनै कमान्डरहरुले तपाईंलाई सिहदरबारको सुकिलो बिछ्यौना सम्म पुर्याए ।कदम कदाचित प्रतिक्रान्ती रोक्न नेतृत्व झुक्यो भने हजारौं योद्धा कमान्डर क्रान्ति जारी राख्नु पर्छ भनेर भनेर क्रान्तिको दस्तावेजमा तपाई भनाई दाखिला छ । आज तपाईको स्कुलिङमा कमान्डर बनेकाहरुले क्रान्तिको सपना देख्नु के गलत होर प्रचण्ड कमरेड ? बरु तपाईले क्रान्तिका लागि उमारेको बिरुवाहरु आज माक्स, लेनिन आमो बन्न तयार हुँदा खुसी हुनुपर्थ्यो हैन र कमरेड ? 

      पद पैसा र भ्रष्टाचार मात्र जन्माउने व्यवस्था विरुद्ध क्रान्तिकारीले जनसत्ता र जनअदालत कायम गरेर जनतालाई न्याय दिनु गलत हो त ? जुन कुरा तपाईले नै सिकाउनु भयो । म अहिले कुनै पार्टीको कार्यकर्ता त छैन तर तपाईको बंकर भत्काउने पुर्वजनमुक्ति सेनाको तथा कार्यकर्ताको हैसियतले क्रान्तिको रक्षार्थ बोल्नु नैतिक कर्तव्य ठान्छु । किनकि रगतको मुल्य चुकाएर हुर्काएको क्रान्ति हो, जसको पाठशाला तपाई नै हो । तपाईले क्रान्तिगर्न सिकाएका सहपाटीहरुले क्रान्तिजारि छ भन्दै शान्तिपूर्ण कार्यक्रम गर्न खोज्दा प्रतिबन्ध लगाउने चेष्टा गर्यो तपाई सम्मिलित नयाँ पार्टीको सरकारले । बर्गिय एजेन्डा बोकेको पार्टी बुर्जुवा पार्टीमा छलाङ मार्दा गलत भयो भन्न पनि नपाउने हो ? 

      आफुले रचेको इतिहासलाई आफै अपराध सिद्द गर्नु खोजे इतिहासले छुट कसैलाई दिदैन । स्मरणहोस् प्रचण्ड कामरेड सिहदरबारका रैथाने बुर्जुवाहरु यो देशका बाधक हुन् । जब सम्म यिनीहरुको रबैया यो देशमा चल्छ तव सम्म देशले परिवर्तन कहिलै पाउने छैन । राजनीतिलाई आफ्नो आफ्नो पारिवारिक नालीबेलीको सेवामा समर्पित पेवा बनाएका सामन्तीहरुले यो देशको मुहार फेर्नेकुरा काल्पनिक कथा मात्र हुन् ।होइन भने तपाई अब भन्नु सक्नु पर्छ कि, जनयुद्द गलत थियो, जनयुद्दमा मारिएका शहिदहरु शहिद होइनन र यिनै सिहदरबारका रैथाने ठालुहरू देवता हुन् । यिनैले परिवर्तन दिन सक्छन हामी गलत थियौ । 

      जनवादी राज्य सत्ताको लागि लड्ने नेता कार्यकर्ता प्रहरीले पक्राउ गर्दा तपाईंको बिशेष सहयोगबाट बनेको सरकार निरंकुश बन्दै छ र क्रान्तिको बिगुल फुक्नेलाई दबाउन खोज्दै छ ।बालकृष्ण गिरफ्तार हुँदा तपाईको अँखामा आसु नभए पनि हाम्रो आँखाबाट आसुको धारा बगेको थियो । अहिले फ़ेरि तपाईंको जनवादी शिक्षाबाट फस्ट डिभिजनमा पास गरेर माक्र्सवादी दार्सनिक नेता बनेका सुदर्शन र पदम राई सहितका नेता गिरफ्तार पर्दा तपाई मौन हुनुहुन्छ । कामरेड बालकृष्ण, सुदर्शनको ठाउँ तपाईंलाई आज जेल चलान गरेको भएपनि, बर्गीय क्रान्तिको नैतिक आधारमा हामी तपाई कै समर्थनमा बिरोध ओकल्थ्यौ । यहि हो क्रान्तिकारीहरुको पहिचान । 

      यतिबेला हिजोका कथित संसदवादीहरु तपाईंको ढाडमा टेकेर क्रान्तिकारी शक्तिको शिरमा प्रहार गर्न सजिलो भएको छ तर यसको परिणाम असामान्य हुनसक्छ । अहिले तपाईंलाई योग्य र शक्तिशालि बनाएका छन् किनकि तपाईंले जन्माएको बिरुवाहरुलाई अपराधी र अयोग्य बनाउन सजिलो हुने ठानेका छन्, टाउकाको मूल्य तोक्नेहरु । सबैलाई अयोग्य बनाउदै अन्ततः तपाईंलाई सेरेमोनियल बनाएर हाम्रो इतिहासलाई नै समाप्त पारिदिने चेष्ट गर्दै छन्दे । अझै पनि तपाईलाई अभिभावक सम्झेर आफ्नो पिडा, गुनासो र आलोचना गर्दा मन भावुक हुन्छ, अनेक प्रस्नहरु गर्न मन लाग्छ । 

      बास्तवमा यति छिटै हाम्रो अभिभावक र नेता गलेको देख्ने मन थिएन ।यो पुस्ताको नायक बनेको हेर्ने धोका थियो । कठिन समयमा जोखिम उठाउने ताकत तपाई संग हुँदाहुँदै किन गल्नु भयो ? हामी त अचम्मित भयौ नै नेपाली क्रान्तिको भबिस्य देख्ने बिश्वका क्रान्तिकारीहरु पनि चकित छन् आज ।अब जनयुद्धका घाइते सहिद परिवार र जनवादप्रति आसा गरेका जनताको प्रश्नको जवाफ कसरी दिनु हुन्छ । कालोबजारी, भष्ट्राचारी, बलात्कारीहरु समाजमा हैकम जमाएर बसेका छन्, तिनैका विरुद्ध लड्नेहरु किन पिजडा भित्र पर्नु पर्ने कमरेड ? 

      सिमानामा जङ्गे पिलर हराउदा बोल्न सक्दैनौं बोल्नेहरु पनि जेल जानू पर्छ । युवा शक्तिको सीप र क्षमतालाई विदेशी बजारमा लिलाम गर्न वातावरण बनाउने गणतन्त्रको बिरोध गर्न मिल्छ मिल्दैन ? पुर्ब प्रधानमन्त्री ज्यु तपाईंले भन्नु हुन्थ्यो क्रान्तिकारीहरु ‘रुदा रुदै हास्नु पर्छ’ भनेर तर गणतन्त्र आए पछि क्रान्तिकारीहरु रुनु मात्र पर्यो । अन्याय अत्याचार भोग्नु मात्र पाइयो । सीमाबाट पिलर हराएको मात्र खबर पढ्न पाइयो ।

      नेपाली चेलीहरु विदेशका गल्लीमा बेचिएको खबर र ती चेलीहरुको अँखा भरी आँसु देख्न पाइयो । खेतबारी साहुँको जिम्मा लगाएर पैसा कमाएर सासुको रिन तिर्न विदेश गएका युवाहरुको रातो बाकस फर्किदा बिरक्तिएको क्षण देख्न पर्ने भयो अब तिमिहरुलाई नेपाली जनताले कसरी माफ गर्लान ?

      सुनिल धिताल, पूर्व जनमुक्ति सेना



        सम्बन्धित समाचारहरु