वैशाख १९,२०८३ / १० : ०३ पूर्वान्ह / 2026-05-02 10:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      विदेशिएका युवाको पहलमा रोजगारीको सिर्जना

      - ६ वर्ष अगाडि
      श्रावण १९,२०७६

      युवाले लामो वाटोमा गएर धन कमाउने चलन वा ज्ञान लिने काम देवताकै पालादेखी नै भएको हो भन्ने सामाजिक मुल्य मान्यता छ । तर गाँउ वस्ती नै उजाड बनाउदै आज किन युवाहरु पलायन हुदैछन? आफ्नै माटोमा श्रम नगरी पराइको खटन खादै काम गरेर मिल्ने सन्तुष्टि हो की डलरको रमाइलो मात्र? प्रश्नहरु धेरै रहदा रहदै हामीले युवा फ़र्क़ने र स्वरोज़गार हुने सपना देख्दै रतुवामाई वैदेशिक रोजगार समन्वय समिती गठन गरेका छौ । आधारभुत रुपमा समिती गठनको धेरै कुराहरु यसअघी हाम्रा लेखहरुले प्रस्ट पारेका छन। विशेषत: संयोजक ज्युको लेखले समस्याहरु प्रस्ट पार्ने कोसिस गरेको छं। अव समाधानको चिंत्र कोरिने लेखहरु वा कार्ययोजनाको बारेमा लेख्न पर्ने जरुरी देखेर यो लेख्ने जरुरी ठानेको छु।

      सर्व प्रथम हामीले सो समिती धेरै लामो छलफल र मजवुत युवा एकता हुने सर्तमा बनाउन शुरु गरेका हौ। यो समिती मार्फत फुट्दै गएको सामाजिक वन्धनलाई केही मजवुत वनाउने हाम्रो प्रयास रहने छ। अहिले प्रचार र समिती निर्माणको क्रममा छौ। कार्तिक १० र मंसिर ७ मा हाम्रा अधिवेशनहरु तोकिएका छन। हाम्रो काम सामुहिक खेती तथा सामाजिक सेवामा केन्द्रित हुनेछ । जमिन,लगानी र श्रमिकको वारेमा अधिकांशको प्रश्न रहेकोले त्यस सम्बन्धी लेख्ने छु। जमिन हामी समिती मातहतका पदाधिकारी सदस्यहरुको हो ।  पहिलो चरणमा त्यही जमिनमा जुन खेती हुने हो त्यही गरेर जमिनदारहरुको विश्वास लिन्छौ।पहिलो पटक वितरित सदस्यता शु्ल्कले पहिलो चरण खेती गर्न पुग्ने छ।तर त्यो लागत प्रतिफल सवै हिसाव गरेर सेयर निस्कासन गर्दै आर्थिक रुपमा समिती सवल वन्ने छ । यति गर्न करिव पौषको अन्तिम सम्म लाग्ने छ।त्यतिन्जेलमा संगठित युवाको टिम लगातार सामुहिक श्रम प्रवासवाट फर्किएर गर्दा एउटा रास्ट्रिय माहोल वन्ने छ।जस्ले सरकारी अनुदानमा ठाडै पहुच र लगानी गर्न नपाउने लगानी कर्ताको विस्वास,न्युन ज्यालामा प्रवासमा काम गरिरहेका अहिले हामीलाई शंकाको सुविधा दिने नगर मजदुरको विस्वास लिईनेछ।आयतनको हिसावले हामी निक्कै मजवुत हुनेछौ। त्यो समयमा हामीलाई श्रम र पुजीको त्यती व्यवस्थापन हुने छैन तर आवश्यक रोजगारीको सिर्जना नहुन सक्छं। तत्काल सेवाका क्षेत्रहरु जुन सानो लगानिमा नेट कमाईदिने शैलुन,व्युटी पार्लर जस्ता नगरभरि अघ्ययन गरेर खोल्ने छौ।जस्ले समितीको दैनिक कामलाई निरन्तरता दिन सहज हुनेछ। र रोजगारको सिर्जना पनि गर्नेछ। जुन विस्वसनिय र भरपर्दो रुपमा कानुन वमोजिम नै हुनेछ। छोटकरीमा अहिले तत्कालको प्रश्न मात्र निराकरण गर्नु भन्ने वमोजिम करिव माघ,फागुन सम्मको लक्ष्य मात्र लेखे। बाँकी पछी अन्य साथिहरुले प्रस्ट पार्दै लैजानुहुनेछ।

      हामीसंग यस्तो निमीत्त मजवुत संगठन वन्दैछ । संगठन परिचालन गर्ने नेत्रित्व वौद्धीक,डायनमिक र निष्ठावान छ। ४ महिना अगाडि एकअर्कामा चिनजान नभएका नगरवासी युवाहरु नेत्रित्वको एउटा योजना र संगठनको मोडीलिटीमा वाधिदा संगै मात्र नभएर सामुहिक श्रम गर्न लालायित छ।जुनसुकै काम सफल गराउन नेत्रित्व वलियो र भिजनदार आवस्यक छ।मेरो व्यक्तिगत चिनजानको आधार र उहाँ आफै त्यो क्षेत्रमा आजसम्म नदेखिदा पनि यसरी संगठित गर्ने क्षमतालाई हेरौ काम अवश्य गराउन उहाँ सफल हुनुहुनेछ।यि समिती पदहरु नेता भनेर कसैले मिसन वमोजिम उचाल्ने र काम हुन नदिने देखिएमा अन्य,अन्य टिमपनि मौजुदा छन।यो अभियान कसैलाई नेता वा केही वनाउन नभई युवा रोजगार र उधमी वनाउने उदेश्यले संचालित गरिएको हो।भित्र भित्रै राजनितीमा जल्ने वाहिर वोल्न नसक्नेहरुले हामी नेत्रित्वमा रहनेहरुलाई राजनितीको नाम देखाउदै समाज भड्काउन उद्धत हुनु स्वाभाविक हो । फिल्डमा उभिएर हामीले हाम्रो निस्ठा र आदर्स वमोजिम स्वरोज़गार र उधमी वन्न लागेको वताएकै छैन।त्यतिन्जेल नटिक्ने हल्लाको पछी अव युवा नकुदौ। प्रवासमा लामो समय भोगेको पिडा र नेपालको भत्किदै गएको सामाजिक वन्धनलाई हेरेर विचार गरेर यो अभियान शुरु गरेका हौ। नयाँ समाजवादी औधोगिक क्रान्तिको मोडालीटीमा यो अभियान अगाडि बढ्ने छ। पुजीवादी औधोगिक आघारको जग दीर्घकालमा हल्लाउने र विश्वसमाज समाजवादी वाटोमा डोर्याउने वाटोमा यो समिती जानेछ।तसर्थ सवै युवा साथिहरुले सकारा्तमक रुपले लिदै संगठित हुनुहुने अपेक्षा लिएका छौ।

      /pagegallery/2019080471.jpg

      निरज पौड्याल,सहसंयोजक

      रतुवामाई वैदेशिक रोजगार समन्वय मुलसमिती

                 

        सम्बन्धित समाचारहरु