कमिसन र भष्ट्राचार नै नेपालका विकास निर्माण प्रकृयाका दुइ प्रमुख समस्याहरु हुन् । पुर्वाधार बिकास प्रक्रिया अगावै हुने अर्को प्रक्रिया भनेको कमिसन प्रक्रिया हो । बिकास निर्माण सुरुहुनु पुर्ब यहाँ कसलाई कति कहाँ कति के केमा कति कति कमिसन दिने र सोही बमोजिम कमिसन रकम छुट्याउने प्रचलन छ ।
टोले गुण्डा, झोले नेता तिनका आसेपासे, कर्मचारी आउरे भाउरे लगायतका सबैलाई कमिसनको हिस्सेदार बनाईन्छ । केन्द्र , प्रदेश , स्थानीयतह लगायत अन्य कुनैपनि क्षेत्रबाट बिकास वा परियोजनाका नाममा बिनियोजन हुने रकमको केही अंश मात्रै त्यहाँ खर्च गरिने गरेको पाइन्छ ।
भ्रष्टाचार तन्त्र, घुस्याहा कर्मचारी तन्त्र, राजनीतिक अस्थिरता , कार्यकर्ता पोषण भरण लगायतका ब्यक्तिगत स्वार्थकै कारण हाम्रो देशमा गतिलो , दिगो , भरपर्दो बिकास हुन नसकेको कुरा प्रस्टैछ । यसका साथसाथै समय अनुकूलको प्रविधि ,प्राविधिक , उल्लेख्य बजेट , बैज्ञानिक परिकल्पना पनि यसका मुख्य वाधक हुन्।
योजना सानो हस् यात ठुलो , त्यहाँ ठेक्का प्रक्रिया टेण्डर बाट सुरुहुन्छ । ठेकदार कम्पनीका गुटहरु संग ठेक्का प्रक्रिया अगावै स्थानीय सरकार ,नेता , दलाल ,गुण्डा लागयत सबैको लबिङ हुन्छ त्यसपछि छानिन्छ एउटा ठेकदार कम्पनी । दाम, कामको अवधि ,गुणस्तर लगायतका बिषयमा सम्झौता हुन्छ । भागभण्डा र सबै प्रक्रिया सकिए पछि ठेकदार कम्पनीलाई स्वतन्त्रताको अनुभुती हुन्छ ।
उसले अब आफ्नो तरिकाले आयोजनाको काम अगाडि बढाउछ । जति ढिलासुस्ती गर्यो उति उसको टाउको दुखाइ कम हुन्छ । नत त्यहाँ कसैले पारदर्शिताको प्रश्न गर्छ, नत गुणस्तर ,अनियमितताकै । आफुले ठेक्कामा लिएको कामको निर्माण सम्पन्न चालु आर्थिक बर्षको अन्तिम अथवा मध्य बर्खामा सक्ने हिसाबले कामको थालनी गर्छ । यसरी हिउँदमा ठेक्का सम्झौता गरेर हिलाम्मे असारमा योजना सम्पन्न गर्ने गराउने चलनकै कारण आज देशका हरेक योजना , आयोजनाहरु कमसल र गुणस्तरहिन भइरहेका छन् ।
दिगो बिकास, समृद्ध नेपाल भनेर नारा घन्काउने मुख्य निकायनै चरम भ्रष्टाचारको दलदलमा फसेको छ । सार्वजनिक क्षेत्रमा हुने अनियमितताका बिषयमा जनस्तरबाट आवाज उठउन नसकिने अवस्था छ । ब्यक्तिगत स्वार्थ , आर्थिक प्रलोभनकै कारण पनि जनताले छनौट गरेका जननिर्वाचित जनप्रतिनिधि हरु चरम भ्रष्टाचारको दलदलमा फसेका छन् ।
यही प्रचलन यथावत रहिरह्यो भने अबको केही बर्षमै देश गम्भीर आर्थिक संकटमा पर्ने निश्चित छ । विश्वले मारेको बिकास फड्कोलाई पछ्याउने हो भने सरकारको नेतृत्व पंक्तिले अनियमितता , अराजकता , भ्रष्टाचार लाई पुर्णरुपमै उन्मुलन गर्नुपर्छ ।
यदि यसोहुन सक्दैन भने देशमा एउटा यस्तो प्रचुर ईच्छाशक्ति भएको सासक जन्मनुपर्छ, जसले दस बर्स निरंकुश तानाशाही अथवा हिटलर शैली अपनाएर विश्व चकित हुनेगरी तिब्र देशको बिकास गर्नुपर्छ ।








