वैशाख १९,२०८३ / १० : ०४ पूर्वान्ह / 2026-05-02 10:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      युवा जोश देखाउने बेला भएन र ?

      - ६ वर्ष अगाडि
      असार १६,२०७६

      आर्थिक अवस्था कमजोर भएर होस् वा देशको असहज परिस्थिति , कुनै न कुनै बाध्यता कै कारण ठुलो संख्यामा देश बिकासको मेरुदण्ड मानिएका युवा शक्तिहरु रोजगारिको लागि खाडी मुलुक लगायत अन्य मुलुकमा पलायन हुने सिलसिला बढ्दो छ।

      देशमा कुनै रोजगारीका अवसर नदेखेरै युवा समुह हुलका हुल विदेशिनु कुनैपनि हिसाबले ठिक मानिदैन , तर राज्य भने यो प्रकृयालाई एक हिसाबले ठिकै मानेको जस्तो गरेको छ । कारण हो देशको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको रेमिट्यान्स राज्यकोषमा संकलन हुनु । 

      अझ ठुलो संख्यामा बेरोजगारी युवा देशमा रहिरहेको खण्डमा अशान्ति , हिंशा, द्वन्द जस्ता घटनाक्रमले देशको शान्तिसुरक्षामा प्रतक्ष खलल पुर्याउछ भन्ने गलत दृस्टिकोण र मान्यता बिकासोन्मुख राज्यहरुले राख्ने गरेको पनि पाईन्छ । जसको ज्वलन्त उदाहरण नेपाल लगायत छिमेकी रास्ट्र भारत , पाकिस्तान ,बंगलादेश , श्रीलंका ,अफगानिस्तान , इजिप्ट , सिरिया पनिहुन्। 

      सर्वप्रथमत राज्यले उर्जाशिल नेपाली युवाहरुले विदेशी भुमिमा बगाएको रगत पसिनाको मुल्यको केही अंश राज्यकोषमा राजस्व स्वरुप संकलन हुन्छ र आर्थिक रुपमा राज्य संचालन प्रक्रिया केही सहज हुन्छ भन्ने मान्यता र लालच त्याग्नुपर्छ । राज्यले नेपाली जनतालाई परनिर्भरताबाट पुर्णरुपमा मुक्ति दिलाउदै आत्मनिर्भरताको बाटोतर्फ डोर्‍याएर सबै नेपाली जनतालाई देशभित्रै अट्न सक्ने वातावरणको सृजना गर्नका निम्ति , देशभित्र रहेका असिमित स्रोत ,साधन हरुको मात्रै उचित पहिचान र परिचालन गर्नु पर्ने हुन्छ । वातावरण , भौगोलिक अवस्था , जलवायु , प्राकृतिक स्रोत , मेहनती र बहादुरी नेपाली जनता लगायतका चिजहरु राज्यका महत्त्वपूर्ण सम्पत्ति हुन्। यिनलाई राज्यले राम्रोसँग बुझेर ,चिनेर,अध्ययन गरेर नागरिकसंग भएको सीप, ज्ञान ,उदेश्य लाई मुल्यांकन गरेर क्षयमताका आधारमा विभिन्न प्रकारका रोजगारीका अवसरहरु सृजित गर्न सक्छ ।हामीले हामीसंग रहेका अधिकतम स्रोत र साधनहरुको सहि ढगबाट प्रयोग तथा परिचालन गर्नसकेको खण्डमा न त कुनै नेपालीले फेरिपनि विदेशी भुमिमा रगत पसिना बगाउनु पर्छ, नत आफ्नो शरिरलाई जोखिममा राखेर अर्कैका लागि आफ्नो मुलुक ,घरपरिवार त्यागेर विदेशिनुपर्छ । 

      राज्यले हामीलाई यहाँ केही गरेन भन्दापनि हामी आँफै राज्यका लागि केही गरौं । विदेशी भुमिमा रगत पसिना बगाउनुको सट्टा , नेपाल भुमि जन्मभूमिमा हामी सबै मिलेर कुनै उध्यम गरौ। देशमै रोजगारीका अवसरहरु सृजना गरौ। अरुको कुरा काटेर समय ब्यथित गर्नुभन्दा , ज्ञान र सिपका कुरा साटेर स्वभलम्भि बन्ने कोशिश गरौं । फर्कौ अब विदेशको मोह त्यागेर ।एउटा इतिहास रचेर भावी पुस्तालाई पुर्खाको ऐतिहासिक दस्तावेज छोडेर जाउ , ताकि हाम्रा सन्तानले कुनै बहानामा परदेशीनु नपरोस् ।स्वदेशमै नौलो र उदाहरणीय कार्य गरौं ।

      सन्तोष भट्टराई



        सम्बन्धित समाचारहरु