वैशाख १९,२०८३ / १० : ०२ पूर्वान्ह / 2026-05-02 10:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      “श्रवणदृष्टिविहीन जसले विश्वलाई बाटो देखाइन”

      - ६ वर्ष अगाडि
      असार १२,२०७६

      जव जीवनमा खुसीको एउटा ढोका बन्द हुन्छ, अर्काे आफै खुल्ला हुन्छ । हामी बन्द ढोका तिर मात्र हेरेर हाम्रो समय बर्बाद गर्छौ, खुल्ला ढोकाहरु तिर हेर्दैनौ : हेलेन किलर 

      हेलेन केलरको जन्म अमेरिकाको अलावामा भन्ने ठाँउमा सन १८८० जुन २७ मा भएको थियो  । २ वर्षको उमेरमा श्रवण शक्ति र दृष्टि गुमाएकी हेलेन आज विश्वमै सबैको प्रेरणाकि स्रोत बन्न पुगिन । १९६८ मा हेलेनको स्वर्गारोहण भयो तर उनको कर्म भने सदा सदाका लागि स्मरणीय रहको छ । आफनो जीवनकालमा केलरले अपांगताको विषयलाई संसार भर जनचेतना फैलाउने काम गरिन । आफु श्रवणदृष्टिीविहिन भएर संसारलाई बाटो देखाउन हेलनको सफल भइन र त आज सबैको मुखमा हेलेन नाम प्रशिद्ध छ । 

      श्रवणदृष्टिविहीनता के हो त ?

      श्रवणदृष्टिविहीनता (Deafblindness);  सुनाइ सम्बन्धी अपांगता वा दृष्टि सम्बन्धी अपांगता नभई एक पृथक वर्गको अपांगता हो । श्रवणदृष्टि विहीनतालाई दुई इन्द्रिय सम्बन्धी अपांगताका रुपमा पनि बुझ्न सकिन्छ जसमा सुनाइ र दृष्टि सम्बन्धी अपांगता एकै व्यक्तीमा रहेको हुन्छ ।

      सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तीहरुले सुनाइको कार्यगत सिमिततालाई दृष्टिको क्षमता प्रयोग गरि परिपूर्ति गर्ने प्रयत्न गर्दछन भने दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तीहरुले सुनाइको क्षमता प्रयोग गरि दृष्टिको कार्यगत सिमिततालाई परिपूर्ति गर्ने प्रयत्न गर्दछन । श्रवणदृष्टि विहीनता भएको व्यक्तीको हकमा दुई इन्द्रियमा आउने कार्यगत सिमितताका कारण अन्य इन्द्रियबाट सिमितता पुरा गर्ने अवस्थामा समेत बाधा पुग्न जान्छ  जसले  गमनशिलता, संचार  तथा शिक्षा प्राप्त गर्न समेत कठिनाइ उत्पन्न हुन्छ । 

      /pagegallery/2019062792.jpg

      विश्व स्वाथ्य संगठनका  अनुसार विश्वको कुल जनसंख्याको कम्तीमा ०।२ प्रतिशतमा श्रवणदृष्टि विहीनता रहेको जनाएको छ । दृष्टि तथा सुनाइ सम्बन्धी स्वास्थ्य सेवामा पहूँचको कमी, गर्भवति हुनपूर्व रुवेलाको खोप प्रयोग नहुने, श्रवादृष्टि विहीनताका सम्बन्धमा अत्यन्त न्यून जानकारी हुने आदि कारणले गर्दा विकसोन्मुख राष्टहरुमा कुल जनसंख्याको २ प्रतिशत सम्ममा श्रवणदृष्टि विहीनता रहन सक्ने समेत विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

       २०६८को जनगणना अनुसार नेपालमा ९७१४ श्रवणदृष्टि विहीनता भएका व्यक्तीहरुको संख्या रहेको देखाएको छ जुन कुल जनसंख्याको ०।०४ प्रतिशत मात्र हो । नेपाल सरकारले अपांगता भएका व्यक्तीहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा अपांगतालाई १० वर्गमा वर्गिकरण गरेको छ । श्रवणदृष्टि विहीनता उक्त १० वर्ग मध्येको एक वर्ग हो । 

       उक्त ऐनले गरेको व्यवस्था अनुरुप श्रवण दृष्टिविहिन अपांगता भन्नाले

      सुनाइसम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति भनेर बुझिनछ । नेपाल सरकारले ऐनमा नै श्रवणदृष्टि विहीनतालाई परिभाषित गरेता पनि उक्त परिभाषा पूर्ण हुन सकेको छैन जसका कारण श्रवणदृष्टि विहीनताको पहिचान, परिचय पत्र प्राप्तीमा निकै चुनौति रहेको छ । हाल सम्म १० जनाले मात्र श्रवणदृष्टि विहीनता उल्लेखित परिचय पत्र प्राप्त गरेका छन । 

      उपयुक्त दृष्टि तथा सुनाइ सम्बन्धी परिक्षणको अभाव तथा श्रवणदृष्टि विहीनता सम्बन्धमा जानकारीमा कमीका कारण जन्मजात श्रवणदृष्टि विहीनता भएकाले बहु अपांगताको र पछि श्रवणदृष्टि विहीनता भएकाले अधिकांशले सुनाई सम्बन्धी मात्र वा दृष्टि सम्बन्धी उल्लेखित परिचय पत्र प्राप्त गर्ने गरेका छन । नेपाल सरकारको निती तथा कार्यक्रमहरुमा स्थानिय देखि केन्द्रीयस्तर सम्मको कार्यक्रममा श्रवणदृष्टि विहीनता सम्बन्धी कुनै कार्यक्रम तथा श्रवणदृष्टि विहीनता भएका व्यक्ती तथा उनिहरुको अभिभावकहरुलाई सहयोग हुने वा दिने कुनै कार्यक्रम पर्न सकेको छैन । 

      जन्मदै सबैले सबै कुरा सिकेर आएको हुदैन, समयमै अवसर पायो भने जसले जे पनि गर्न सक्दछन भन्ने उदाहारण हेलेन केलर बाट सिक्न सकिन्छ । नेपालमा पनि श्रवणदृष्टिविहीन व्यक्तिहरुलाई उचित वातावरण र अवसरको खाँचो छ ।

      /pagegallery/2019062717.jpg

      /pagegallery/2019062716.jpg

      निकेतन श्रेष्ठ : तालीम संयोजक, राष्ट्रिय बहिरा महासंघ



        सम्बन्धित समाचारहरु