छोटो समयमा जादुजस्तो चमत्कारिक विकास। फराकिलो बाटो, समुन्द्रमाथी पुल,समुन्द्रको पिधैवाट बाटो ,ठुला अपार्ट र सुन्दर मनमोहन पार्कहरु छोटकरीमा कोरियाको दृश्य र विशेषता । जुन सामान्य आँखाले नियाल्न सकिन्छ। व्यक्ती बराबर कारको संख्या,निर्यातकों दोस्रो ठुलो रास्ट्र,३० हजार डलरमाथी प्रती व्यक्ती आय,संसारकै सुरक्षित रास्ट्र र महिला अधिकारमा नमुना पहिचान बनाएको कोरिया। आप्रवासी कामदारको संख्या राज्यको एक तिहाइ,भुगोलमा नेपालको दुई तिहाइ मात्र ।
मज्जा लाग्छ यि सबै देख्दा तर यसपछाडिको नदेखिएको दृश्य म हेर्न खोजे । कोरियामा व्यस्त समयमा आक्कल झुक्कल बाहिर निस्कने एउटा मजदुर म खै कति पो नियाले होला र ? तर जती नियाले त्यसलाई शब्दमा बदल्ने कोशीस गरे ।
केही साता अगाडि पुरानो बजारमा केही सामान किनौ भनेर गएको थिए । वसपार्कमा बस कुरिरहेकी करिव ७० बर्षकी कोरियन आमासँग संवाद यसै शुरु भो । सामान्य प्रकारको लुगा लगाएकी,प्लास्टिकको कालो झोलामा केही नदेखिने सामान,सेतो प्लास्टिको मुख समाएर केही चाउरिएका मुन्तलाहरु बोकेर बसेकी आमा ।म तिर फर्किएर फिस्स हाँसो दिएपछी मैले जवाफी मुस्कान दिए । आफ्नो भाषामा पहिलो प्रश्न सोधिन - बाबु कुन देशको ? मैले नमस्कार गरेर नेपालवाट आएको भने । अत्यन्तै नरम मुद्रामा उनले फेरी भनिन - बाबु म नोफो जादैछु ३७ नम्वरको बस कतिवेला आउछ? म पनि नोफो नै जानु थियो त्यसैले मैले म पनि उतै जाने हो भनेर भने । नोफो जाने बस आउन लगभग १३ मिनेट बाँकी थियो । दुईओटा प्रश्न उनले सोधेपछी अब शोधकर्ता हुने पालो मेरो । कता जादैहुनुहुन्छ आमा मैले लाडिएरै सोधे अर्थात भनौ नेपालीपन मिसाएर । उनले जवाफ दीईन - सम्यनमा छोरीको मा जादैछु । मैले तत्कालै भनिहाले ओहो तपाई चढ्ने बस गलत हो । त्यो पारी १०१० वसले सिधै सम्यन पुर्याउछ । समयपनी बच्छ अनि बस र रेल साट्न तपाइलाइ झन्झट पनि हुदैन । नोफो जाने बाटो गएको भए सम्यन पुग्नको लागि ५५ मिनेट बस र त्यसपछी ३० मिनेट मेट्रोको यात्रा गर्नुपर्थ्यो । १०१० ले ४५ मिनेटमा पुर्याउने गर्छ । उनले निन्याउरो मुख बनाएर दुखेसो पोखिन - हुनत हो बाबु तर त्यो बसमा जादा पैसा धेरै लाग्छ तर मसंग छैन। अचम्ममा परे , कोरियाको पछाडिको दृश्य देखेपछी । मैले अरु सोध्ने हिम्मत गरिन सोध्न त मन थियो, छोराछोरी कति र के के गर्छन। झोलावाट निकालेर आमाले मुन्तला दिनुभो ।मैले खुसी हुदै खाए जरुर त्यहाँ अपार पुर्विय सभ्यताको स्नेह मिसीएको थियो।कम्पनि लैजाने पार्टीमा वदेलको परिकार र रक्सीको चुस्की भन्दा लाखौ स्वादिस्ट।त्यो सबै हेरेपछी मैले ३० हजार डलरको परव्यक्ती आय सम्झिए ।
अर्को प्रसङग, कलाकारको गीत र नचाइ मन नपरेपनी एकपटक नुवाकोट समाजको तोंदेमुनको कार्यक्रममा पुगेको थिए। चुच्चेरेल समातेर वुसान पुगेर एउटा विरामी साथि भेट्नु थियो। बिहान फेरी काममा जान त छदैछ। २:४० को सउलवाट ५:३५ को वुसान यक र साथिसंगै भेटेर जाने वुसान स्टेसनवाट आकस्मिक तय गरेको थिए । चाडको व्यस्त समयमा सिट नपाएर उभिने टिकट लिए । मसंग विकल्प थियो रेल चढेपछी ख़ाली भएको सिटमा वस्ने अर्को स्टेसनमा मान्छे आए छोडिदिने । ख़ाली सिटमा गएको म जस्तै बसेकी अर्धबैसे कोरियन रहेछ । उ पनि उभिने सिटकै यात्री हो भन्ने बुझेपछी सोधे - कहासम्म तपाई? उल्सान सम्म । फेरि सोधे - अनि तपाईको टिकट किन नी यस्तो, तपाइहरु त अग्रिम बुक गर्न सक्नुहु्न्छ? उनले जवाफ दीइन - हैन यो टिकट सस्तो हुन्छ त्यसैले । उत्तर स्वभाविक भएपनी त्यस भित्रको पिडा अवस्य थियो । ख़ाली भएको सिटमा बस्दै वुसान पुगे साथि भेट्दा ६ बज्यो । राती हुन सक्छ कि भनेर साथिको आग्रहमा विरामी भेट्न नजाने निर्णय गरियो । ढिलाको कारण वुसान यकमा गेटका नम्वर दोहोरो । अथवा १ नम्वर दुईतिर वल्ल वल्ल रेल पालेको संवादपछी पालेले नै समाएर साथिलाइ मेरो ज़िम्मा लगाएको थियो । मेट्रोमा चढ्न लाग्दा अटो मेसिनवाट २ वटा पेप्सी तानेर पस्यौ मेट्रोमा। बेलुकाको समय, मेट्रोमा भिड थियो कतै सिट ख़ाली थिएन । विदेशी आरक्षणमा बसेको कोरियनसङै बस्यौ । रक्सीले फिटान अर्धचेतको बोलेको बोलेइ गर्ने मान्छे रहेछ। सिटमा बसेर पेप्सिको एक सुर्को नलिदै फुत्त मेरो हातवाट खोलेर पियो । अवाक म, कस्तोमा फसियो । उस्ले फिर्ता गर्दा मैले हामी नेपाली हौ कसैको मुखको खादैनौ खा आफै भनेर कडकिए । हामी उठेर पर जानुको विकल्प थिएन त्यस्को गन्हाएको मुख अनि विदेशीको अगाडी जति बोलेपनी हुन्छ भन्ने सोच । जतिसुकै सुरक्षित भनिएपनी त्यत्रो भिडमा मुखैको पेप्सी खोसिएको देश - कोरिया ।
अर्को प्रसङग, ट्याक्सी ड्राइभरहरुले गर्ने जवानीको गफ साच्चै सुन्न लायक हुन्छन । कति सुनिन्छ र कती बुझिन्छ, त्यो आफैमा भर पर्छ। करीब दुई बर्ष अगाडि तलब थापेको दिन वोसले खुसी देखेर बोल्यो - ओहो यतिका पैसा । मैले सहजै भने फुजांगनिमको भन्दा १३ लाख वन कम छ।काम त म लोडको गरिराछु फेरी काउन्टर पुर्याउने र हिसाव मिलाउने आफै गर्छु के को रिस ? ठ्ट्टैमा बहादुरी देखाए । पख मेरो हिसाव सवै देखाउछु। ३ लाख वनको फोन र नेट,१.५ लाख गाडीको तेल,७ लाख वन अपार्टको भाडा,२ लाखको चुकोट,भान्साको विल भोलि लिएर आउला । १५ लाख कम छैन,१८ बर्षको आर्मिमा छिरेको छोरोको छुट्टै छ।८१ बर्ष पुग्नुभएका बा को जन्मदिन मनाउन नसकेर बा रिसाउदैहुनुहुन्छ।मेरो ३९ लाख वन सकिएर श्रीमतीको १ चौथाई सकिन्छ।महिलाको तलव सरदर काम कम हुनाले कम हुन्छ कोरियामा।मेरो पुरै परिवारको बचत १५ लाख वन प्रत्येक महिना निक्कै सकस छ। अब भन तेरो जिवन सुखी की मेरो? ५७ बर्षको उमेरमा एउटा फ़्लाइट किन्न सकेको छैन।मेरो परिवारको नाममा १० वर्गफिट जमिन छैन।कम्तिमा अलिअलि गाली सहेर केही बर्ष काम गर्यौ भने तिमीहरु फर्केर नेपालमा साहु बनेर जिन्दगी चलाउछौ, हामी कति दिन यसरी चलाउने? धेरै कोरियनले विदेशी गाली गरेर फकाउदा प्रयोग गर्ने वाक्य फेरी उसले प्रयोग गर्यो म चुपचाप सुनिरहे। धेरै कमाएर नि गरीब छन कोरियनहरु ।
ठुलै सपना देख्दै पसेको कोरियामा मैले धेरै सिक्न चाहन्थे । मलाइ साहुदेखी कामदारसम्म संगत गर्न मन थियो। हामीले ज़िम्मा लाएपछी साहु लिन आउछ राम्रो अभिवादन गर्नु एचआरडी र इपियसले सिकाएको कुरा । सउलवाट ५ वजे हिडेर थेजनमा २ वजे चाउचाउ खाएर हादानमा कम्पनीको मान्छे ५ वजे भेट्दा पक्कै साहुजी सम्झेर ४५ डिग्रीमै इन्सा गरेको थिए। वेलुका सिनियर दाइहरुले साहुनी हो भन्दा अफिसकै महिला रैछन झै लाग्या थियो। तर साहुनित ४ दिनपछी पसिना चुहाउदै सामान प्याक गरेको देखेर अचम्म लाग्यो। एक हप्ता पछी उ त्यो साहुनीको आमा करिव ६५ बर्षकी कालो चस्मा लगाएकी तर सामान प्याक गरिरहेकी। कास्टिक सोडाले मेसीन सफ़ा गर्दा करिव १७ बर्ष पहिले यिनको आँखाको ज्योती गएको रे। एउटा रे सिनीयरले सारेको थियो मलाइ पछी नयाँ साथिलाइ त्यै रे मैलेपनि सारेको थिए।वरपर हिड्दा सहारा चाहिने मान्छेले काम गरेको देख्दा मलाइ अचम्म लाग्नु त सामान्य थियो। अझै अचम्म ५० माथी कामदारलाई काम दिनसक्ने मान्छे आफै तलको कामदार सङ काम गर्नु कल्पना बाहिरको कुरा थियो । घरमै खानाको निम्तो मान्न गएका थियौ कुनैदिन तर त्यहा कुनै घरेलु मजदुर थिएन।अथवा पाहुना हामी आफै पाहुना अनी कुक पनि । नेपालीले कम्तीमा पाहुनालाइ बनाएर खुवाउछ। कता कता २,४ वटा विस्कुटको प्याकेट किनेर पसलेलाई ल्याइदिन आग्रह गर्ने नेपाली महिला सम्झे जस्का अधिकांस श्रीमान विदेशिएका थिए।अनि सुख खै कता भेटिने हो कोरियामा या नेपालमा ? यसको जवाफ आफ्नो मनलाई आँफै दिनुहोला । मैले जती पर्दापछाडि देखे त्यती नै लेखे ।
७०% विवाह पारपाचुके हुने सायदै हाम्रो पुर्विय सभ्यताको भयानक नक्सा कोरियाकै होला। आत्महत्याको उच्च नम्वर कोरिया नै पर्छ। हरेक ४० मिनेटमा एउटा वेवारिसे बच्चा हु्र्काउने केन्द्रमा आउछ। टोलटोलमै असहाय रेखदेख केन्द्र छन। हरेक नागरिक महङिको मारमा काम धेरै गर्न चाहन्छन । सरकार वित्तीय व्यवस्थापन होस भनेर काम कटौती गर्दै छ। युरोपका अधिकांस देशको प्रतिब्यक्ती आयभन्दा उच्च भएर पनि जिवनस्तर माथी नहुदा चिन्तित छ कोरिया। अथवा मान्छेले फुर्सदमा परिवारलाई समय नदिएर देशको भावनात्मक अस्तित्व हराउने त हैन? यो एउटा गम्भिर प्रश्न खडा भएको कोरियाको भविश्यमाथि । अनि सुख खोज्दै भौतारिएका हामी साच्चै भन्दा मेहनत के हो? परिश्रम के हो? नवुझी धेरैको जिवन वितेको छ। झुपडीमै भएपनी हाम्रो हासो हराएको छैन। सिस्नोनै भएपनी हाम्रो क्यालोरी कम भएको छैन। आजकल कता कता सुखको खोजीमा हराएर आफ्नो वास्तविकता भुल्न खोज्दैछौ हामी। पक्कै भौतिक सम्पन्नता चाहिएको छ तर हामी बचेँको मानवता र खुसी लुटिएला भन्ने उत्तिकै चासो मिसीएको छ। सरदर काम पाउदा चल्ने जिन्दगी सबैको उस्तै रहेछ। विदेशमा केही बर्ष बसेर आखिर आजसम्म नेपालीले बनाएको भनेको दलालले प्लटिङ गरेको १ टुक्रा जमिनमा ४ कोठे घर। तर त्यसले दिइएको चाँही के छ? आखिर १ टु्क्रा जमिन नहुने नेपाली छैन। बासैको भएपनी टाउको लुकाउने झुपडी पनि छ । अझै कति खोज्छौ महलको खुसी? सम्पन्न देशको व्यथा प्रस्तुत गरे । अब हामीले यिनै उदारहणबाट केही कुरा मनन गरेर भौतिक सम्पन्नता त बनाउनु छ नै त्यसबाहेक हाम्रो मानवता , मौलिकता र सभ्यताको रक्षा गर्नुपनी हाम्रै काधको जिम्मेवारि हो ।








