विश्व राजनितीमा परिवर्तनका लहरहरु देखिदै औपनिवेशिक राज्यहरु स्वतन्त्रताको संघर्षमा र स्वतन्त्र राज्यहरु आन्तरिक लोकतन्त्र स्थापना र तानाशाहहरु विस्थापनमा गए । २० औ शताव्दिको विश्व राजनितीक सिनारियो नेपालमा पनि स्पस्ट देखिदै जादा विशेस मध्यम वर्गिय शिक्षित वर्ग जो जहानिय राणाशासन वाट भएको आर्थिक र सामाजिक शोषणवाट विस्तारै संगठित हुनुपर्छ भन्ने मानसिकता विकास गर्दै गयो ।
जो आफ्नो वैद्धिक र आर्थिक क्षमता मुताविक श्रमजीवी जनतामाथि दामा सहितको शोषणलाइ आफ्नो राजनीतीक अधिकार सम्झन्थो र त्यो सवै राणाहरुवाट लुछिएको निश्कर्समा थियो । अर्को राणाहरुकै विभिन्न कालखण्डमा राज्यसत्तावाट विमुख भएका तल्लो मर्यादा क्रमका राणाहरु जो केन्द्रीय सत्तामाथि आफ्नो वलियो उपस्थितीलाइ राजनितीक रंग दिन चाहन्थो यै राजनितीक विजवाट स्थापित कांग्रेस विभिन्नकाल खण्डमा सम्झौता मार्फÞत सत्तामा फेरि सम्झौता च्यातिदा उग्रक्रान्तिकारिता संगै जनतामा देखिन्छ ।
जवजव कांग्रेस सत्तामा देखिन्छ चरम उदारवादी र परिवारवादी देखिन्छ । मानौ सवै राजनितीको सिनारियो सत्ताको केन्द्र हो त्यसैको जयजयकार गर तिम्रो भलो हुनेछ । खिलाफमा गए तिमी तानाशाहीको वन्दुक भन्दा नराम्ररी भासिनेछौ तिमीलाइ सत्ताको जुत्ताले दवाइने छ । फेरी जव सत्ता वाहिर कांग्रेस १७ साल पछी होस वा ०७४ पछी तपाइले यत्तिको क्रान्तिकारी र जनपक्षिय केही भेट्नु हुनेछैन । कोइरालाहरुले कति परिवारवाद लादे सवैलाइ जानकारै छ देउवाले आरजुलाइ टिकट दिनुपनी कांग्रेसको परिवारवादी नीति नै हो ।
राणा,राजा र कांग्रेसको सत्ता साझेदारी भारतले रक्षा ,पररास्ट्र र अर्थ आफ्नो नियन्त्रणमा हुनेगरि गरिदियो । ५० वर्ससम्म नेपाली कांग्रेसले त्यही ईतिहासको गित गाइरह्यो । वामेसंग संयुक्त संघर्ष गर्न हुदैन भन्ने प्रचन्ड वहुमत हुदाहुदै मदनको वैचारिक तिक्ष्णता र नेवारी लोकल रक्सिको मातमा लठ्ठिदै गणेशमानको लौ अव मिलेरै फालौनत भनेर गरिएको संघर्स नत कांग्रेसी जनको प्रिय थियो बामपन्थि रुझान स्पस्ट निर्दे्शित संघर्स जव नतिजामा निस्कियो अर्को इतिहासको गित थपियो । १२ वर्ससम्म लगातार स्रोत र साधनमाथि व्रमलुट गर्दै विकृतीको डंगुरमा हराएको कांग्रेस ०५९ सम्म आफु टोकाटोकमै हरायो न उसले वर्गिय संघर्स देख्यो न राजाको महत्वकांक्षाको भेद पायो गित गाएरै रमायो मानौ नव यौवना मधुर गितमा मोहित भएझै भयो ।
राजाले कुनै अंसियार नदिने पक्कापक्की भएपछी उहि वामपन्थिहरुको शरणमा एमाले र माओवादी संग मोर्चा कस्न तयार भएको कांग्रेस सत्तासंग सवै विचार आदर्श साटिसक्दा पनि संसदिय प्रणाली र जनप्रतिनीधी मुलक व्यवस्थामा अडिग थियो । त्यसैको आडमा सवै गणतन्त्रवादी शक्तिहरुको नेतृत्व गरिरह्यो र हजारौ रक्तरंजित झण्डाहरुमा एक्लो देखिने चारतारे झन्डाको ०४६ को पनि र ०६२, ०६३ को पनि नेता भयो मानौ अर्को गित गायों । आन्दोलनमा देखिने मानसपटलको चित्र । कुनै स्थानिय कमिटीको वैठक वस्न परेन कतै अपिल गर्न परेन ।
नरहरिले २,४ लेख लेखिदिने । गगनले घट्टेकुलोमा गणतन्त्र जीन्दाबाद भन्दिने । आन्दोलन पश्चात वामपन्थीहरुलाइ फुटाउदै शासन गर्ने रणनिती त्यतीवेला फेल भयो जव वरावर हैसियत दिएर अन्तरिम संसदमा रहेका एमाले र माओवादी मिलेर अग्रगमनको पक्षमा मोर्चावन्दि गरे । त्यहीदिन कांग्रेस गणतन्त्रमा ल्याप्चे लगाउन सहमत भयो । यो सवै छर्लंगै देखेको हाम्रै पुस्ता कांग्रेसको गित सुनेरै रमाइलो मान्दैछौ ।
भुकम्पको पिडाले छटपटिको देश दिनानुदिन वडिरहेको विदेशी हस्तक्षेप त्यस माथी प्रतिक्रान्तीकारीहरुले टाउको उठाउनसक्ने यावत आन्तरिक कारणका विच फेरि रास्ट्रिय शक्तिहरु एकठाउमा आफ्नै मैदानमा आइपुग्ने वातावरण वन्यो । त्यसैको जगमा संविधान लेख्ने आसापनि देखियो वलियो वामन्थिहरु दवावकै हस्तक्षेपकै अवस्थामा आइपुग्ने अवस्था आएपछी वाध्यभएर कांग्रेस तयार भो संविधानमा । इतिहासमा पहिलो पटक नेपाली शक्तीहरु त्यसमाथी जनतामा स्थापित एउटै मन्चवाट देशको पक्षमा जुटेका थिए ।
नेपाल माथी आफ्नो बलियो राजनीतिक भार थाम्ने भारतको एउटै हागो कमजोर कांग्रेस थियो अरु संग त्यो सम्झौतावारे वोल्न न भारत सक्थो नत विश्वपरिवेशनै त्यो मुताविक थियो । रअ लगायत भारतिय उच्च अधिकारीको घेराबन्दी हुदाहुदै वामपन्थीहरुको राजनैतिक कौशलतामा संविधान लेखियो । संविधान घोषणाहुदा शुशिलको शिर कस्तो थियो संविधानको पिता भन्दै गित गाउनेहरुले घोषणासभाको भिडीयो खोलेर हेरे ताज छ ।
नाकाबन्दी त्यही भारतले नेपालको रक्षा,पररास्ट्र र अर्थ नपाएको झोंक थियो । वामपन्थीहरुले टसमस नहुदा कांग्रेस वोलेन कारण उहि सम्झौताको भुतले तर्सिरह्यो । निर्वाचनपछीको हार र सत्ताहस्तान्तरण गर्दा गरेको नाटक केही नभएर भारतले त्यही निहुमा फेरी कुनै अस्थिरता देलाकी वा सत्ता छोड्नु नपर्लाकी भन्ने शेरवहादुरको सपना थियो । खुलेरै स्वारेजले काठमाण्डौमा वोलेका निर्वाचनपछीको भाषण हेरेपुग्छ ।
नत आन्तरिक समिकरण निर्वा्चित परिवर्तन हुनसक्थो नत कुनै कुनैले गित गाउन पाउने अवस्था थियो नितान्त जनताका प्रतिनिधी ताजै थिए भारत आफै कÞायल भएर फर्कनु पर्यो । लामो समयपछी कांग्रेस मात्र सकिएन भारत पुरै सकियो नेपाली राजनितीमा भन्दा पनि हुन्छ । यो आफैमा एतिहासिक थियो । कोत पर्वपछी नेपाली आफैले सर्वा्धिकार सहित जनमतद्वारा वनाइएको सरकार थियो । कोत पर्व अगिका तानाशाहरु जो नेपालिनै थिए तिनले वनाउथे।
उदारवादको नाममा सरकार मातहत रहेका उधोग कमिसनको खेलमा टाट पल्टाएको । शिक्षा र स्वास्थ्यमा रहेको सरकारी दायीत्वलाइ नसमेटि सरकारी सेवाहरु निकम्मा वनाउदै निजीकरणमा सुम्पेको कांग्रेस क्रान्तिकारी देखिने नाममा वचेको एउटा संसदिय अभ्यासको आदर्सलाइ पनि छोड्दै नांगो देखिएको छ । जर्जर वनाएर मेडिकल माफियाको हातमा पुर्याएको स्वास्थ्य क्षेत्रलाइ एकैचोटी सरकारको मातहत ल्याउन पक्कै सजिलो थिएन । त्यसै मुताविक सरकार मातहत आयोग त्यसको नियन्त्रणमा लगानिकर्ता मापदण्डको व्यवस्था । निश्चित वर्गलाइ छुट सरकारवाट अनुदान लगायतका वुदाहरु समय सापेक्षछन जस्ले चरम संक्रमणमा रहेको मेडिकल शिक्षालाइ विस्तारै सहज वनाउदै सरकार मातहत ल्याउन वातावरण वनोस ।
त्यसैको आडमा कांग्रेसकै आदर्स वमोजिमको संसदमा विधेयक ल्याइदैथियो । कांग्रेस विछट्टै क्रान्तिकारी भयो गगनहरु मज्जैले परेड खेले संसदभवनमा । विधेयकमाथिको वहसमा उत्रन आवश्यक ठानेन केसीको सन्यासीपनमा राजनिती देखे । टाउकाको खेलथियो संसद जहा त्यसै अनुकुल निर्णय हुन्थो । कति राजनितीक हुन्थो गगनहरुले त्यसमाथी वहस गर्दा जनतालाइ वुझाउन कति सहजथियो तर सवै राजनितीक जस केसीको टाउको थुपारेर उनैको निर्देशनमा वहकिए ।
जनताको वास्तविक प्रतिनिधी चुनावको दिनवाहेक संसदहुन भन्ने आदर्सलाइ साट्यो कांग्रेसले आफ्नै आदर्समा वनेको संसदलाइ माफियाहरुको थलों देख्यो ।अधिनायकवाद देख्यो । अनि घोसित रुपमा कांग्रेस जिस्काउने सकिएको इतिहासको गित गायो ।न संसदमा छलफल गर्यो न जनतालाइ वुझायो यो गलत छ । खÞाली केसीको सन्यासलाइ संसदसंग सौदावाजी गर्यो मानौ स्वास्थ्यक्षेत्रको सुधार केसीको सन्यासमा छ । जनता वा संसद सवै माफया हुन । उस्कै आदर्स वमोजिम विधेयक पास भएको दिनलाइ कालोदिन भन्दै रोयो ।








