वैशाख १९,२०८३ / ०९ : ४८ पूर्वान्ह / 2026-05-02 09:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      किन ढल्यो विवेकशिल साझा ?

      - ७ वर्ष अगाडि
      माघ ६,२०७५

      यो शताब्दी राजनीती वा विचारले संगठनको रुपलिदै समाजमा परिवर्तन गर्न विधीवत सत्ता प्राप्त गर्ने युग हो।राजनिती किन गरिन्छ ? समाजमा रहेको असमानता,अन्याय र समग्र सामाजिक संरचनालाइ परिवर्तन गर्दै विकशित,सुस्क्रित समाज र समता मुलक समाज निर्माणको निमीत्त।अनि किन वारम्वार तिनै नारा दिदै नथाक्ने राजनितीकदलहरु विभाजित हुन्छनरुरुयो श्रिखला विधीवत रुपमा मात्रिका र विपीको टकराववाट शुरु भएर आज रविन्द्र र उज्वलसम्म आइपुगेको छ।यसविचमा भएका हरेक फुटहरु व्यक्ति टकराव प्रधान र विषय टकराव गौढ विषय रहेको छ अपवाद महाकाली सन्धीमा एमाले विभाजन वाहेक ।।

      चुनावताका अवको विकल्प विवेकशिल साझा भन्दै वुरुक्क उफ्रने भाइलाइ खोजेको २ वोतल लगाएर अगि सुतेछ । चर्चित हास्यकलाकार दिपकराज गिरीको स्टाटस संगै मेरा पछिल्लो पिढीका भाइहरुको विश्वास र धरोहरले एकैचोटी चकनाचुर हुनेगरि आएको विभाजनले केही लेख्न वाध्य ठानेर यहा प्रस्तुत हुदैछु। लेख्न अनि केही विषयमा चिन्तन गर्न आवश्यक पक्कै हुन्छ त्यसको निमीत्त विवेकशिल साझा पार्टि र त्यसका अफिसियल फेसवुक पेजहरु संगै पछिल्लो विश्व राजनिती र त्यसको असर हामी जस्ता गरिव देशहरुमा परिरहेको छ यस विसयमा सकेसम्म प्रस्ट पार्न चाहन्छु । 

      सर्वप्रथम त वैकल्पिक राजनितीक शक्तीको वहस ४७ को राजनितीक परिवर्तन संगै नेपाली राजनितीमा फालिएको एउटा अस्त्र थियो यो किन , कहावाट र कसरी ल्याइयो पक्कै यसवारे राजनितीक कखरा वुझ्ने नेपाली समाजले नवुझ्ने विसय रहेन।      समाजको चित्र राजनिती हो।त्यसै अनुसार दलहरु निर्माणहुन्छन त्यसलाइ परिवर्तन गर्न आवश्यक प्रतिपादित शुत्रहरुछन त्यसैको प्रयोगले आज हामीले देखेका शक्तिशाली रास्ट्रहरु निर्माण भएका छन  

      ।किटेरै भन्दा विश्व दक्षिणपन्थी र वामपन्थी दुई दिशामा संघर्सरत छ।यि दुवैको आफ्ना दर्सन र सिद्धान्तहरु छन समाज परिवर्तन गर्ने र समतामुलक समाज निर्माण गर्ने यसैको प्रयोगशालाको रुपमा आजको विश्व घुमिरहेको छ।त्यसैको विचमा घुसाइएको तेश्रोधार कसरी प्रतिश्पर्धामा आउला यो आफै शोचनीय विषय हो।

      हामी कहाँ छौ ? पक्कै राजनितीक परिवर्तनहरुको चरणपार गरिसकेपछी जनताको उपलव्ध र आजसम्म देखिएका सवै अधिकार प्राप्त गरेर संवैधानिक रुपमा विश्वकै आधुनिक समाजमा छौ। कारण हाम्रो संविधानले संसारको शक्तिशाली भनिएको अमेरिकाको रास्ट्रपतीले झै धर्मशास्त्र छोएर रास्ट्रपतीले शफत खानु पर्दैन भन्छ अनि सर्वहाराको नमुना भन्नेदावी गर्ने उत्ररकोरीया वा क्युवा झै नेताको छोरो वा भाई नभइ जनमतप्राप्त व्यक्ती रास्ट्रप्रमुख हुनेछ भनि व्याख्या गरेको छ।के यि सवै हाम्रा आधुनिकताका प्रमाण हैनन् ? अनि समाजचै  किन यति निरास र हठात छ पक्कै लामो समय रहेको अस्थिरता र अनि त्यसको भरपुर सदुपयोग गर्दै विश्वमा रहेका शक्तिरास्ट्रहरुले आफुअनुकुल प्रयोग गरेर पारेको शिथिल समाज नै प्रमुख कारणहोला। यहि अवसरलाइ प्रयोग गर्दै राजनितीमा नियन्त्रण गर्न सकिएलाकी भनेर गरिएको प्रयोग आफैमा निरअर्थक थियो र हुनेछ भोलीको दिनमा पनी । राजनिती शोशण, संगठन, संघर्स र सत्ताको विना अपुरो हुन्छ यसप्रती रविन्द्र र उज्वल जत्तिको वौद्धीक व्यक्तित्वले नवुझेको देख्दा आफै अचम्मित छु।

      पक्कै संविधान निर्माणको चरणमा वा राजनितीक अस्थिरता रहेर संविधानमा केकस्ता प्रावधानहरु रहने निर्कौल नहुदै छरिएको विवेकशिल र साझा नामका विउहरु समानुपातिकको रुममा सत्ता मोलमोलाइ गर्न पाइने आशमा छरिएका थिए। जस्ले राजनितीमा स्थिरताको निमीत्त वारम्वार तगारो हालीरहोस। संविधान निर्माण संगै परिवर्तनकारी दलहरुमा देखिएको विभाजनले समाजमा परेको नकारात्मक प्रभावलाइ क्यास गर्दै वढेको त्यो प्रभाव स्थानिय निर्वाचनमा राम्रै पर्यो कारण रन्जु दर्सना लगायतले भुकम्प आउदा जनताको ईटा टिपेका थिए वारम्वार सत्ताको वेथिती विरुद्ध माइतिघर घुमेका थिए ति राजनितीक थिए त्यसैको आडमा आएको थियो २० हजारमाथी मत । विवेकशिल र साझाको एकतासंगै नयापुस्तामा आएको आशाको संचार साच्चिकै आशालाग्दो 

      थियो तिनीहरुले एउटा भरोसा गरेकाथिए अव साच्चै देश निर्माण हुनेछ । 

      तर यो तासको महल झै ढल्यो जव उक्तपार्टीले विधिवतरुपमा समाजमा स्थापित हुने भन्दै संगठन निर्माण थाल्यो र समाजमा छिर्यो त्यहात केवल नेताहुन गरिने उही समाजको खेलन थियो वेथितीको रास। वानेश्वरमा भएको झड़प अनि ३ प्रदेश ईन्चार्जमाथीको कार्यवाही त्यसमा लिपीवद्ध लन्च, डिनर कार्वाहीको नयाँ तरिका कस्ता शव्दहरु माइनट हुने कस्तो कारवाही गरिने मानौ समाजले नया भए मानिदिन्छ । कारणमा जेसुकै अधिनायकवादी शैली र राजनितीक ज्ञानको अभाव जेशुकै भनिएपनी विउ जस्तो छरियो फल त्यस्तै लाग्ने हो यस्मा त्यती अनौठो नमाने हुन्छ।

      देश वनाउन रविन्द्रले गर्नुभएको अपिल राजनितीमा नयाँ पुस्ता र स्वच्छ छविलाइ आकर्षित गर्न खोजेको अपिल साच्चै भावनात्मक छ । रन्जु लगायतले गरेको कडा मेहनतलाइ केटाकेटीपन नसम्झिएको भए सायद फ़ुट हुदैनथियो होला ।साच्चै १८,२० को श्रमवजारमा आउने शक्तिलाइ स्वदेशमा व्यवस्थापन गरेर चिंत्त वुझाउन नसके फेरीपनी यस्ता उचित अवसर रंगमन्चमा देखिनेछन। तर साझा भनिएका र समाजमा स्थापित भएर वसिसकेका व्यक्तिहरुले दिन पुगोस र खान पुगोस भनेर राजनितीक दर्सन छाँट्दै समाजमा वर्गहरु हुनेछन वा दिने वर्ग र माग्ने वर्ग हुनेछ भन्ने सिद्धान्त चै अव विक्दैन । यो राजनिती सम्मपन्नहरुले शान देखाउन गर्ने होकी विपन्नहरुले अधिकारको लागि लड़्ने समानताको निमीत्त लड्ने माध्यम हैन ? केहो राजनिती विवेकशिलका उत्प्रेरक साथिहरु ? ६२,६३ को आन्दोलनमा पुर्ण रुपमा परिपक्क व्यक्तीहरु संघर्समा नभइ आज राजनितीमा आउछु भन्नुनै आजको देशको राजनितीक अपराधि हो ।लहड हो । के राजनिती एक्कासी दिइने एन्टिभाइटिक हो ? अवको नयापुस्ताले यि विषय केलाउन जरुरी छ।

      आखिर जो आएपनी उही रहेछ भन्ने नया पुस्ताले सिक्यो निरासा कमायो यो हाम्रालागि घातक छ। राजनिती पेशा र व्यवसायमा औसत सफलहरुले गर्ने हैन श्रम वजारमा निस्कने युवाजमातले गर्ने हो यस अर्थमा साझाको वौधिकता भन्दा रन्जुको साहस राजनितीक छ । कम्तिमा तिनले परिपक्क नहुदै संघर्सको वाटो हिड्ने निर्णय गरिन् यस अर्थमा त्यो रविन्द्रहरुको आखामा अपरिपक्ता भयो रन्जुहरुको आखामा रविन्द्रहरुको कार्य उहि पुरानो दलहरुको झै परिपक्क र अनुभवि भन्दै लादिएको पुरानै खेल त्यसैले फुट्यो दल। दुवै एकै ठाउमा अट्ने कारणै थिएन कारण एउटा जमात राजनितीक थियो जुन नया पुस्ताको रुपमा रन्जुहरुसंग थियो अर्को जमात वौद्धिक भन्दै समाजमा स्थापितहरुको राज्यमा प्रभाव देखाउन गरिएको प्रभाव रविन्द्र,किसोर र शुरेसराजहरुको थियो। हल्ला र वोली जतिशुकै दिएपनी अहिले छायामा देखिएपनी कालान्तरमा रन्जुहरुले असल वाटो समाए एउटाशक्ती हुनसक्छ तर रविन्द्रहरुको सपना उहि दुईचारदिन ठुला मिडीयाले वोलाइरहेमा देखिने हो अन्यथा त्यो टिकीरहन सक्दैन विकल्प पुरानै शोषण, संघर्स, संगठन र सिद्धान्तमा टेकेर वनेका दलहरु नेकपा र कांग्रेस हुन। 

      अहिलेको समाजमा आवाश्यकता र संघर्षलाई आत्मसात नगरी आत्मिक कसमखाएर तारेहोटलमा सेमिनार र आलिसान वंगालामा निवासहुनेहरुले समाजपरिवर्तन गर्छन भन्ने विस्वास किन गर्ने ? 

      ठगेन्द्र प्रसाद न्यौपाने - प्रस्तावित सदस्य, नेकपा प्रवास कमिटी, दक्षिण कोरिया



        सम्बन्धित समाचारहरु