आधुनिक समाजको निर्माण र त्यसको परिचालकहरु विषयमा केन्द्रित नरहँदा पक्कै विकास र सपनाको खातिर देखिने व्यक्तिहरुका आंकक्षा केवल खहरे भेल र त्यसले पार्ने प्रभाव केही खेतियोग्य जमिनमा वालुवाको लेपन वाहेक केही नहुने रहेछ । यदि समुचित रुपमा खहरे व्यवस्थापन गर्न सक्ने हो भने त्यसले हजारौ हेक्टर जमिन सिचींत गरेर अन्न उत्पादन गर्न सकिन्छ ।
लामो राजनितीक संक्रमण र त्यसको पेरीफेरीमा उदाएका राजनैतिक अस्थिरताको निर्मुलीकरणको एउटा शुरुवात थियो संविधानमा थ्रेसहोल्ड जसले गर्दा राजनितीमा धेरै अपराधिकरणको निर्मुलिकरणको वाटोमा जाने अपेक्षा थियो । त्यसपछी निर्वाचन र त्यसको परिमाण लक्षित विभिन्न मोर्चा र एकताहरुले पक्कै जनमानसमा अव स्थिर सरकार वन्ने छ यस्ले स्थिरतासंगै मानिसको अपेक्षाहरु पुरा गर्दै जानेछ भन्ने आम जनविश्वासहरु थिए । पक्कै परिणामहरु जनअपेक्षित आएर त्यस मुताविक सरकारहरु निर्माण वनिरहदा किन प्रारम्भिक परिणामहरु अपेक्षाक्रित आएनन् ।
लामो संक्रमण ,अस्थिर वजार र दलाल समाजको चरित्रले गर्दा नेपाली समाज व्यापक रुपमा विल्ला, पद, राजनितीक पावरको वरिपरी घुमिरहेको हाम्रो समाजमा एकै चोटी त्यसवाट उत्पादित नेतृत्ववाट छुमन्तरको आस राख्नुनै गलत थियो । नेताको अगाडी लम्पसार पर्ने कार्यकर्ता, अनि सवै समस्याको समाधाननै नेता हो र कुनै नेताको संगतविना वा सोर्सफोर्स विना आफ्ना सामान्य गतिविधि गर्न नसक्ने हाम्रो आम मानसिकता यसको पहिलो र जटिल कारण हो । यसको समाधान वाटोमा नगइ कुनै हालतमा देशले काचुलि फेर्नै सक्दैन यि नेताहरु हामीले निर्माण गरेका हौ यिनको हैसियत हामीले निर्माण गरेका छौ तसर्थ जायज र कानुनी अधिकार यिनीहरुवाट लिनु मात्रै हो
नेताहरुको चाकरिले मैले आफुलाइ, समाजलाइ र दीर्घकालमा राज्यलाइ अपराध गरिरहेको छु भन्ने चेत हरेक राजनिती कर्मी वा जनताले मनन नगरे सम्म म, आफु पनि वा तँपाई स्वयं पनि आजको दिनको राज्यको अपराधी हो । यसमा अव परिवर्तित हुन जरुरी छ । नेता स्थापित गर्न सक्नेले विस्थापन पनि गर्न सक्छौ भन्ने विषयमा विचार गर्न र विश्वस्त हुन जरुरी छ ।
निर्वाचनले एतिहासिक जित हासिल गरेको नेकपा र लज्जास्पद पराजय भोगेको कांग्रेसको लामो समयपछी नेतृत्वको घमन्डका वावजुत स्थायी कमिटी र महासमिती वैठकहरु वसिरहेका छन् आम जनमानस र राजनितीमा चासो राख्नेहरुले यसप्रती गहिरो हेराइ राखिरहदा राज्यको भविस्य नजोडिने कुरै भएन । विशेषगरि नेकपाको नेतृत्व र त्यसले विचार समुह वा गुटकों नाममा गरेको जायज नाजायज क्रियाहरुको वचाउ गर्ने र अर्को समुह केवल राज्यसत्तामा आफ्नो भाग नपाएको झोंकलाइ सैद्धान्तिक जामा पहिरिएर रालसिगान निकालेर रंगमन्चमा उत्रने सायद यत्तिनै हुने लक्षण हो नेकपाको स्थायी कमिटी त्याहा कुनै दीर्घकालीन राष्ट्रिय महत्वको विषयले प्रवेश पाउने मानै शंका छ ।
केवल वहुमत र अल्पमतको आत्मरति भन्दा वढी अपेक्षा अहिले हुनेछैन सवैले आगामि महाधिवेसनमा आफ्नो स्थानको लेखाजोखाकै सेरोफेरोमा वैठकहरु टुंगिने छ । जवसम्म आफु सुरक्षित भएको महसुस गुट वा विचारसमुहका मसिहरुले देख्दैनन् तबसम्म केवल सिद्धान्त र विधानको लगौटीले मात्र केही हुने जस्तो देखिदैन । एउटै दलका नेताहरु छाती पिट्दै मैदानमा रेसलरले झै एक अर्कालाई आमन्त्रण गर्नेछन र यो तमासा अधिवेसनसम्म राम्ररी नै चल्ने छ ।
कांग्रेसले आफ्नै इतिहासको नालायकिले यहा आइपुगेको देख्दै देखेन उसले कमजोरी खोज्दै खोजेन मानौ सभापति अलिक वलियो उमेरसमुहको हुनेहो भने विपरीत समुहकालाइ कुटेरै समाधान गर्नुपर्छ । त्यो वैठकको निचोड़ त्यो भन्दा अरु हुदै भएन त्यहा विचारको नाममा हिन्दुराष्ट्र ल्याइयो आदर्सको नाममा अधिनायकवाद देखाइयो । पक्कै त्यहा पनि उहि को के हुने आगामि दिनमा त्यो भन्दा वढिको विजनेस वनेन मानौ रामचंद्र र शेरवहादुर मिलेमा कार्यकर्ताले टोकाटोक गर्न पाउदैनन् त्यसपछी मिलेर के गर्ने सल्लाहगरे रास्ट्रले सपना खोज्ने छ रास्ट्रले सपना भेट्टाए हाम्रा व्यक्तिगत सपनाहरु पुरिएर पाताल धासिनेछन त्यसैले एकअर्कामा सामान्य शिस्टाचारको आवस्यकता न रामचन्द्रको न शेरवहादुरो विजनेस हो । पक्कै आन्तरिक लोकतन्त्र र विचारको स्पस्टतामा नेकपा भन्दा निक्कै तल रहेको कांग्रेसले राष्ट्रिय सपना खोज्न अझै केही वर्ष कुर्नै पर्ने देखिन्छ ।
विकसित रास्ट्र वा विकासको वाटोमा हिडीरहेका हरेक रास्ट्रहरु आफ्ना सपना वनाउन र त्यसलाइ जनजन समक्ष पुर्याउन सक्षम छन् तिनीहरु म के हुनेमा त्यती ध्यान दिदैनन् जति राज्य के हुने भन्नेमा दिन्छन ।
आफ्नो प्रविधी र निर्यात गर्ने कार्यकौशलको कारणले दक्षिण कोरिया कति चाडै विकासको नयाँ यूगमा प्रवेश गर्यो जुन कुरा याहाँका आम मानिसले गर्व गर्छन् जसबाट नेपालले पनि केही सिक्न जरुरी छ ।
पक्कै समाज निर्माण गर्नुपर्ने हरेक युवाको आजको जिम्मेवारी हो यसवाट कोही पनि भाग्न मिल्दैन । निराशाहरु पक्कै छन् हरेक निराशाले आसाहरु जगाउन सक्नु पर्छ अवको दिनमा हरेक नागरिकले राज्यलाइ केदिने सोचौ आफ्नो दल वा गुटलाइ त्यसपछी सोचौ हराएको सपना भेट्टिनेछ साझा नेपालीको साझा सपना वनेमा न त्यसलाइ वादले रोक्ने छ न सिद्धान्तले । कंगाल देशको नेता हुन र विश्वमा अपमानित हुन भन्दा सम्पन्न देशको नागरिक हुन हजारौ गुणा शुख मिल्छ । हरेक पार्टी कमिटी, संघ संस्था वुद्धीजिवी सवैले अव यता सोच्न ढिला नगरौ विरोधको नाममा हामीले विधावारिधी आफै गरिसक्यौ मानौ हाम्रा कार्वनहरुमै विरोध छ । यस्लाइ परिवर्तन गर्न हामी सक्छौ । जसले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।








