वैशाख १९,२०८३ / ०९ : ४७ पूर्वान्ह / 2026-05-02 09:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      गरिब जनता विरुद्धको षडयन्त्र

      - ७ वर्ष अगाडि
      मंसिर २८,२०७५

      नेपालको राजनैतिक इतिहासलाई हेर्ने हो भने जुनसुकै आन्दोलनहरु पनि गरिब जनताका मुद्धालाई स्थापित गर्ने बहानामा भएका छन् । जब जब कुनै पनि पार्टी त्यसको नेतृत्व जनतामा गए गरिब जनताकै मुद्धा लिएर गए । जसलाई जनताले पनि सहज वा असहज रुपमा स्विकार गरे र आन्दोलनहरु भए र राजनैतिक परिवर्तनहरु प्नि भए । 

      सबभन्दा अचम्मको कुरा के हो भने जब जब राजनैतिक परिवर्तनको आवाश्वकता पर्यो, तब जनताका मुद्धा जुनसुकै पार्टी, तीनका नेतृत्व र कार्यकर्ताहरुका एजेन्डा बने तर जब परिवर्तन भयो र उक्त एजेन्डा बोक्ने पार्टी र त्यसको नेतृत्व सरकार र सत्ताको नेतृत्वमा पुगे तब उसले गरिब जनताका एजेन्डाहरुलाई विस्तारै विस्तारै छाड्दै गयो अनि पूजिपति, मध्यम वर्ग वा अन्य वर्गका एजेन्डाहरुलाई मुख्य एजेन्डा बनाउदै गए । 

      एजेन्डा बदले पनि केही समय उनीहरु सत्तामा त रहे तर जनताका एजेन्डा भुल्दै गएपछि जनताले पनि तीनीहरुलाई भुल्न थाले । र सत्ता परिवर्तनका अभ्यासहरु जस्तै चुनाब वा अन्य आन्दोलनबाट उनीहरुलाई पन्छाउदै गए । यो प्रकृया एक पटक होइन नेपालको राजनैतिक इतिहासमा पटक पटक घटिरह्यो र अझै पनि घटिरहने खतरा बाकी नै छ । 

      राजनैतिक नेतृत्वलाई जनताका एजेन्डा भुल्नका लागि प्रत्यक्ष र परोक्ष रुपमा तत् तत् समयमा स्थापित रहेका सञ्चार माध्यामहरुले पनि सहयोग गरे । उनीहरु गरिब जनताका मुद्धाको विरोधमा त गएनन् तर गरिबका मुद्धा वा एजेन्डाहरुलाई उनीहरुले प्राथमिकतामा राखेर प्रचार गरेनन् । जसका कारण कतिपय राजनैतिक नेतृत्वलाई त्यो धन कमाउने अवसर भयो भने कतिलाई जनताका मुद्धा भुल्नलाई त्यसले सहयोग गर्यो । 

      अहिले पनि कता कता त्यही राजनैतिक परम्परा दोहोरिरहेको महशुष हुन थालेको छ । बास्तबमा गरिब जनताले गरेको योगदानलाई नदेख्ने र केही पुजीपति र अन्य मानिसहरुले गरेको योगदानको मात्र मुल्याकंन एकातिर भइरहेको छ भने अर्कोतिर जनताका पक्षमा भएका सरकारी निर्णयहरुको खासै सकरात्मक प्रचार भइरहन सकेको छैन । 

      किसानले, मजदुरले, हरेका यो देशका नागरिकले आ आफ्नो क्षेत्रमा काम गरेर र सरकारलाई कर तिरेर यो देशमा पुर्याएको योगदानको चर्चा कतै कसैले गरेको देखिदैन । याहाँ केही पूजिपतिहरुले तिरेको करको र बैदेशिक रोजगारीमा गएकाले तिरेको करको मात्र हिसाब किताब भइरहेको छ । कयौ वर्षदेखि यही माटोमा पसिना बगाउने र कुनै पनि बस्तु खरिद गर्दा देखि अनेक तरिकाले सरकारलाई कर तिर्ने गरिब जनताको यो देश निर्माणमा कुनै योगदान छैन त ? 

      अर्को कुरा सरकारले केही समय अगाडि घोषणा गरेको सामाजिक सुरक्षा योजना लगभग ६ लाख कर्मचारी र मजदुरको प्रत्यक्ष हितमा छ भने २० औ लाख मानिसहरुले त्यसबाट फाइदा उठाउन सक्थे । उक्त योजनामा पेन्सनको कुरा छ यो बुढेसकालका सहारा हो । यो योजना कुनै बैकमा कार्य गर्ने कार्यकारि निर्देशकका लागि मात्र ल्याएको विषय होइन यो त फ्याक्ट्रीमा काम गर्ने मजदुरका लागि पनि ल्याइएको हो । 

      यदि यस्तै योजना मध्यम वर्ग र पुजिपति वर्गका लागि ल्याइएको थियो भने याहाँ हरेक मेडिया र सामाजिक सञ्जालमा त्यसको हाइहाइ हुन्थ्यो । यो योजना त एउटा उदाहरण मात्र हो । यो देशमा गरिब जनताको हकमा काम नै कम हुन्छ र भए पनि त्यसको सकरात्मक पक्षतिर ध्यान नलैजान प्रयत्न हुन्छ । यस्तै यस्तै कारणले राजनैतिक परिवर्तनहरु कुहिदै जान्छन् । हरेक समझदार नेपाली नागरिकले यस्ता षडयन्त्रहरु बारे प्रष्ट हुन जरुरी छ । समयमै सचेततापूर्वक गरिने हाम्रा फैशलाले देशलाइ सकरात्मक दिशातर्फ लैजान अवस्य नै सहयोग गर्नेछ । गरिब जनताका एजेन्डालाई पाखा लगाउने र मध्यम, उच्च वर्ग, पुजिपतिका एजेन्डालाई काख गर्ने परम्परा र अभ्यासको विरुद्धमा हामीले निरन्तर खबरदारी गर्न जरुरी छ । 

      ओम प्रकाश निरौला



        सम्बन्धित समाचारहरु