वैशाख १९,२०८३ / ०९ : ४६ पूर्वान्ह / 2026-05-02 09:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक सुरक्षा योजना र पोलहरुको नयाँ युग

      - ७ वर्ष अगाडि
      मंसिर २५,२०७५

      युग र आधुनिकताहरु परिवर्तनशील छन् । हामी जति जति हिजोको युग हेरेर परिवर्तित युगको स्पर्स गर्छौ पक्कै पुकलित र रोमान्चक हुन्छौँ । आधुनिकता र युगको परिभाषा सायदै सहज नहोला । किनकी जुकरवर्गले फेसवुक आविष्कार गर्न भन्दा हाम्रा पुर्खाले आगोको आविष्कार गर्दा धेरै आधुनिक थियो होला ।

      समाजको मापन र त्यसको स्तर अनुसार के हुदैछ र के गरिदैछ ? त्यसले निर्धारण गर्ने होला परिवर्तन र योजनाहरु । पक्कै विकशित भनिएका रास्ट्रहरुका दक्षिणपन्थि भनिएका राजनितीक दलहरुले घोषणा गर्ने कार्यक्रम जत्तिको पनि नहुँदा पनि किन हामी सामाजिक सुरक्षा योजनाले युग परिवर्तन भन्दैछौँ । अनि वामपन्थहरु समाजमा परिवर्तन गर्न चाहन्छन् ।

      हामी यो नेपाली समाजको वास्तविक परिवर्तनशिल शक्ती हौ भन्ने यथार्थतालाइ यहाँ उजागर गर्न चाहेँ । जवरजस्त समाजको हरेक निकायहरुमा बढ्दो पश्चिमा संस्कृति र त्यसले समाजको मथिंगलमा पारेको प्रभावले हामीलाइ के खुसि के दुख कहाँ रुने अनि कहाँ हास्नेँ कुराहरु भ्रमित हुने अवस्थासम्म आइपुगेको छ । हाम्रो समाज चरम निराशामा गुज्रिरहेको अवस्था छ । यहाँ हरेकले आफ्ना सपनाहरु हराएर सपना विना जवरजस्त जीवन जिइरहेका छन् । हरेकले सपनाको खातिर जिन्दगी जिउनुपर्नेमा खोजिमा हराउनु परिरहेको छ ।

      विश्व श्रम बजार अनि त्यसको महाकुम्भ आइएलओको सभाहरुमा के कस्ता श्रम कानुन पास भए ? त्यहाँ उद्योगपतीले के भनिरहेका छन् ? हाम्रो अधिकार के हो भनेर खोज्दा भेटिने खुसिभन्दा आफ्नो साहुले मायाले मारेको धाप साच्चिकै श्रमिकको खुशी होला । त्यसैले विश्वका रास्ट्रहरुले के गरिरहेका छन् भनेर खोज्नु भन्दा हाम्रो सरकारले के गर्यो ? यो नै आजको महत्वपूर्ण विषय हो । लामो समयको राजनीतिक संक्रमण र त्यसले नेपाली श्रम बजारलाई पारेको प्रभाव हेर्न गणतन्त्रको शुरुवाती दिनहरुमा विदेश पलायन र आजका दिनहरुमा पलायनलाइ सापेक्षिक अनुपातमा हेर्दा किन अत्याधिक बढेर गयो ? जनताको व्यवस्थामा किन जनतानै वाक्क भए ? यसको कारण खोज्दा महत्वपूर्ण कारण श्रमिकको सुरक्षा नहुन नै हो । सरकारी कोटा श्रम बजारलाइ पुरा गर्ने गरि नहुनु र निजीक्षेत्र क्षणिक नाफा घाटामा लेखाजोखा गर्दा यतापट्टी कसैको ध्यान गएन । परिणाम ७० हजार नेपालमै कमाउने मजदुर ४० हजार कमाउन खाडी जानेसम्म अवस्था आउपुग्यो ।

      स्थिरताको निमित्त निर्मित सरकार र त्यसले आसातित परिणामहरु नदिइरहदा जुन किसीमले सामाजिक सुरक्षा योजनाको घोषणा गरियो, यसले तोकिएका सेवा सुविधा मात्रै नभएर जनमानसमा एकप्रकारको खुसीको संचार पनि दिएको छ । विस्तारै मानिसलाइ सबै कामहरु समान हुन भन्ने भावनाको विकास हुने अपेक्षा गर्न सकिन्छ । सरकारी जागिरे चाहिने वा विदेशको डलर नै सुरक्षित रहेनछ । श्रम स्वदेशमा गरेमा मेरो जवानी वलले वुढेसकाललाई आनन्दमय बनाउने रहेछ भन्ने भाव विकास गराउनु नै आजको आवश्यकता हो । श्रमिकको जनजिवीकाको ग्यारेन्टि नै श्रम पलायन रोक्ने एउटै अचुक अश्र हो । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रमको घोरणा प्रचार केन्द्रित भएकोमा दुईमत छैन । 

      माथि भनेझै समाज के राम्रो के नराम्रो छुट्टाउनै नसक्ने गरि थला परेको छ । यहाँ राजनीतिको नाममा म फलानो यो सरकार मेरो हैन यसलाइ असफल पारे मेरो दल वा मेरो भविश्य छ भन्ने जस्ता सपनाका पछी कुदिन्छ । अचम्म यो छ की छिमेकीको गाई फुकेर वाली खाइदिएर दल परिवर्तन गर्नेहरु यस्ता संवेदनशील विषयहरुमा कुर्लेर विरोध गरिरहन्छन् । मानौँ दर्शन र सिद्धान्तले पारङ्गत भए जसरी । विशेष गरि सिन्धुलीमा आफुखुसी वग्गी रवाना गर्न नपाएर प्रतिशोधमा राजनीति देख्ने कृष्ण प्रसाद कोइराला अनि त्यस कोइराला मन्डली हुदै हुर्किएका प्रजातन्त्रवादीहरुलाई सायदै हेक्का होला विपीले समाजवादको कल्पना गर्दा उनि निर्वासनमा थिए । जतिवेला सत्तामा थिए केवल दाजुभाइ टकराव र राजाको महिमामै दिनहरु विताए । त्यही समाजवादको फेरो समाउदै नेवारी ढर्रामा गणेशमानले वामेहरुसँग एकता गरेका थिए । विडम्वना उदारवादको धोती लगाउदै कलकारखाना जती बन्धकी राख्दै बहुरास्ट्रिय कम्पनीको कमिसनले स्वास्नीको फरिया जगेर्ना गर्न थालेपछी केको समाजवाद ? केको जनजिवीका ? 

      भूकम्पपिडीतको पालले नपुग्ने भएपछी खै यिनका व्रान्डवाला रक्सिले जाम भएका मगजहरु कहिले खुल्ने हुन् ? खुल्दा यिनका हुलिया कस्ता होलान्? अघिल्लो पुस्ताको रामलीला राम्ररी देखेका मेरा दौतरीहरु मज्जैले पोल हेरेरै हाँसे । फोटो हेरेरै फेसबुक रंगाए । जानेबुझेकाहरु बहुरास्ट्रिय कम्पनीको झोल पाइएलाकी भविष्यमा कल्पिएर कराए । तिनले यत्ति हेक्का राखेनन् वामेहरु कर्म गर फलको आसा नगर भन्ने गिताका अनुयायी हैनन् । काम गरेपछी फल खोसेर पनि लिइन्छ भन्ने ज्ञान भएका हुन् । 

      अवश्य कामको प्रचार हुन्छ र गरिन्छ । त्यसमा केही कम्पनीले साझेदारिता गरे सरकारको प्रचार आखिर हुनैपर्ने विषय हो र गरियो ।

      निश्चय नै ५० मिटरको पुल निर्माण गरेको मैले हो भन्दै उफ्रि उफ्रि भाषण गर्ने मन्त्री प्रधानमन्त्री भएको देशमा राम्रो कामको जस सबैले लिन खोज्छन् । त्यसमा अपवाद कोही भएन वावुरामदेखि स्वर्गका सुशीलका तर्फवाट गगनसम्मले फाइदा लिए ।

      परिणाम निस्कन समय लाग्छ । कार्यविधीहरु बन्न समय लाग्ला । श्रमिक वर्गको प्रत्यक्ष जीवनमा पुगिर समाजमा विस्तारै जÞरा गाडेपछि त्यती वेलाको समाजमा चालिस कटेसी रमाउला, खोजि आउ पहिले सरकारी जागिर जस्ता गितहरु हिट हुनेछैनन् । नेपाली आत्मा र रास्ट्रियता खोज्न कुनै खोज पत्रकारले खाडीको भेडिगोठमा जानुपर्ने छैन । १६,२० वर्षे ठिटाठिटीहरु हरियो पासपोर्ट बनाउन केके कागजपत्र चाहिन्छ ? मेरो आइएलटिएस टोफेलको रिजल्ट के भो भनेर खोज्नु पर्ने छैन ।

      गल्लि गल्लिमा डिभी भर्नुस भन्ने स्टलहरु देखिने छैनन् । मानव तस्करहरु गाउँ गाउँ टोल टोलमा मान्छेको बगली हेर्दै भिसाको अफर गर्ने दिन हुनेछैन । सायदै त्यसैले होला युग परिवर्तनको दिन भनिएको र त्यसै बमोजिम प्रचार गरिएको ।

      ठगेन्द्र प्रसाद न्यौपाने - प्रस्तावित सदस्य, नेकपा प्रवास कमिटी, दक्षिण कोरिया



        सम्बन्धित समाचारहरु