राज्यको चरित्र र मानिसहरुको चिन्तनको परिवर्तन चेतनाको स्तरले ल्याउने वा राजनितीक परिवर्तनले भन्ने विषय मुलभुतरुपमा वुझ्न जरुरी देखियो । पछिल्लो ७ दशकदेखि प्रयोग हुँदै आएको राज्यव्यवस्था तथा शाषन प्रणालीलाई नयाँ संविधानले परिवर्तन गरेको छ ।
संविधानसँगै नागरिकको जीवन शैली पनि परिवर्तन हुन्छ भन्ने भ्रम थियो । संविधान लिखित दस्ताबेज हो, यसले आफैँमा व्यवहारिक परिवर्तन गराउँदैन भन्ने ज्ञान जनतालाई दिनै खोजिएन । संविधान निर्माणको पाटो मात्रै होइन, पछिल्लो १२ वर्षको अवधिमा भएका राजनीतिक परिवर्तन सबै महत्वपूर्ण थिए । तर जनताको जीवनशैलीमा कुनै पनि परिवर्तनले प्रत्यक्ष भूमिका खेलेन ।
हिजो हाम्रा जिजुबाजेहरु वडाहाकिमको संगतले समाजमा आफ्नो ईज्जत वढेको सम्झने गर्दथे । आज मेरो पुस्ता सांसद वा मन्त्रीको संगतले समाजमा स्थापित भएको अनुभव गर्ने प्रवृत्ति छ । पुस्ता परिवर्तन भएन, मलाई किस्तीमै तिमीले देऊ मेरो क्षमता तिम्रो चाकरी गरेर प्रमाणित भइसक्यो भन्ने चिन्तनवाट पहिले निस्कन अव ढिलो गरे पुस्ता हस्तान्तरणको बहस अझै केही दशक चलेको सन्चार माध्यम, चलेको चमेना ग्रिह वा केही नयाँ भनिएका दलहरुमा पक्कै राम्रै स्थान पाउने छ ।
मैले यो लेखिरहँदा मानिसहरुमा आफुमा रहेको योगदानको कÞदर वा समाजले मेरो मर्यादा राखिदिओस्, पार्टीले मेरो भुमिका सदैव राखिदिओस वा व्यक्तिप्रधान चिन्तन प्रविद्धी छोड्न सकिन भने पक्कै म पुस्ता हस्तान्तरणको लायक हैन केवल नेता हुन गरिरहेको दलाली हो भन्ने वुझ्न जरुरी छ ।
अरु स्थापित नेताहरु वा नेका, नेकपाको नेताहरुको कुरै छोडौँ वामदेव गौतमले चुनाव लड्नु हुन्छ या हुँदैन वहसमा विवेकशील पार्टीका एक नेताले भन्दै थिए “मेरो विवेकशील निर्माणमा पहिलो दिनबाट आजसम्म योगदान छ ।” यहाँ मेरो गुनासो वा चिंत्त दुखाई उहाँको क्षमताप्रती हैन उहाँको दाबेदारिता वा विवेकशीलमा उहाँको योगदान वापत सम्भावित भोलीको राज्यसत्तामा उहाँको भुमिका र त्यसले गर्न सक्ने हस्तक्षेप ।
जव कोही ईतिहासप्रति गर्व गरेर नेतृत्वमा दाबेदारिता गर्छ भने स्वभाविक त्यो पुस्ता हस्तान्तरणको वाधक र समाज परिवर्तनको वाधक कहलिन्छ।आजको समाजमा नेताहुने कसैले सपना देख्छ भने जरुर त्यो भोलीको लेखाजोखामा वढि केन्द्रित हुन जरुरी छ । अथवा अबको विश्व कहाँ जाँदैछ मान्छेका मनस्थितीहरु कसरी परिवर्तन हुदैछन् ।
किन मानिसहरु अर्थरोगी भएर वाँचिरहेका छन यावत सवालप्रति गहिरो विश्लेषण दिनेपट्टी क्षमता नवनाइ केवल तिनीहरु नेता भए वा प्रतिष्ठा कमाए । मैले त यो समयको विश्वविद्यालयहरुबाट यति विद्यावारिधी कमाइसके अनि म चैँ किन सक्तिन भन्दै गालि गरेर अर्को पुस्तालाई फोहोरको डंगुर र आफु क्षमतावानको लघुतावासबाट उठ्न अव ढिलो नगरौँ ।
पक्कै ठुला भनिएका राजनीतीक दलहरु अनि त्यहाँ भित्र भइरहेका पुस्ता हस्तान्तरणका बहसहरु साच्चै यहाँ उल्लेख नगरे यसले सार्थकता नपाउला । युवा भनिएका नेकाका नेताहरुले जतिसुकै दावेदारिता दिए पनि विपीको समाजवादले केके दियो ? नेपाली समाजलाई त्यो समाज र अहिले कति परिवर्तन भयो ? नखोजी विपीको समाजवाद अनुसार म नेता हुनुपर्छ भनेर जतिनै लय हालेर भाषण गरे पनि पत्याउने अवस्था रहेन ।
हिजो विपीले कल्पना गरेको सानो परिवार १० कठ्ठा जमिन ३ कोठे घर अनि लैनो एउटा गाई । के अहिलेको समाजमा मेल खान्छ ? खै घाँस काटेर हाल्ने लाठेहरु विदेसतिर दुध दुहुने वुहारीहरू व्युटी पार्लरतिर अनि वाछोसंग खेल्ने नानिहरु मोटु पातलुतिर । अझै त्यही एजेन्डाले म नेता हुन्छु भनेर गगन र विश्वप्रकाशहरुले जतिनै प्रचार गरे पनी निरर्थक होला ।
नेकपा र त्यसका युवा साथिहरुपनि पक्कै बहस र सिद्धान्तमा रमाउने बाटो विस्तारै अन्त हुँदै आदर्शले रोटी पाक्दैन भन्ने अवस्थामा आइसक्ने अवस्था सिर्जना हुदैछ । रामकुमारि झाँक्रीले म कुनै नेताको गजुर देखाएर केन्द्रीय सदस्य जितेर आएको लाचारलाई पुस्ता हस्तान्तरणको प्रश्नै गलत छ । भनिरहदा यो भ्रम हुन सक्छ नेतृत्व हस्तान्तरण निकै सकस छ ।
उदाहरण जति पनि छन् र वहसहरु पनि मौसमी रुपमा उदाउँछन् अथवा ठुला भनिएका पार्टीका महाधिवेशनहरुको संघारसँगै उर्लदो भेलझैँ उठाइन्छ । बहसहरु पक्कै हाम्रो जस्तो अविकसित राष्ट्र अनि सामाजिक र आर्थिक रुपमा मानिसहरुको अवस्था पद र प्रतिष्ठासँग जोडिएर जाने अनि मानिसले अर्कोको इतिहासलाई सम्मान गर्न नसक्ने अवस्थामा परिवर्तनको जरुरी छ यहाँ पुर्वराजकियाहरुलाई सम्मान गर्न तथाकथित नियमहरु वनाइन्छ । तर व्यवहारिक रुपमा शैलजा, चक्र वास्तोला, साहाना प्रधानहरुको अन्त्येन्ष्टी औपचारिकता वाहेक पुरा गरिदैन । सायद यि मानिसहरु पदमा निरन्तर थिए भने नेपाली समाजले त्यै अनुसार दलाली गर्थे ।
त्यसैलाई सम्मान भनेर व्याख्या गरिन्थ्यो, हामीले अरुको सम्मान गर्न सक्यौ भने अवश्य अर्कोको सम्मानको हकÞदार हुन्छौ । यो पुस्तालाई त्यो समयअनुसार तपाईहरुको योगदान साच्चिकै थियो । तपाईहरुका विचार समय सापेक्ष थिए अबको समयले त्यसलाई सम्मान गर्छ तर लागु गर्न सक्दैन भन्न सक्ने अवस्थामा पुर्याउन सके यो समस्या समाधानको वाटोमा वड्न सुरुहुन्छ ।
अहिले त मानौँ नेता हुनको लागि नेताको नाममा कुनै पेशा गर्नुपर्छ वा विपी कलेज, मदन, मनमोहन जस्ता कलेज स्कुल पार्क राजमार्ग हुदाँहुदै व्रान्डसम्म खोल्ने । त्यसवापत पाइएको आर्थिक र सामाजिक पुजीँलाइ प्रयोग गर्दै नेता हुने अवस्थामा पुगिसक्यो । समाज फेरी पुस्ताहस्तान्तरण यन्त्रिक रुपमा भएन भन्दै रोइलो गर्नुको कुनै तुक देखिदैन ।
हामीले भन्न सक्नुपर्छ विपीको समाजवादले त्यो समाजलाई डोर्यायो मदनको जनवादले त्यो आन्दोलनलाई डोर्यायो अबको नीति र कार्यक्रम राजनितीक नभएर अर्थतन्त्र र उत्पादनसँग जोडिएको छ । अवको विश्वमाथि उपस्थिती राजनीतिको खोक्रो दर्शनले हैन आइफोन र सामसुगंको व्रान्डले दिएका छन् ।
नासाका नयाँ खोजहरुले दिएका छन् । यहाँ हामी राजनीतिको दुश्चक्रमा फसिरहन सक्दैनौ । उत्पादन मैत्री र श्रममैत्री हुनसक्ने नेता आजको आवश्यकता हो । विल्ला र खादा भिर्न नसक्ने वरिष्ठहरुको चक्रलाई तोड्न अब एकजुट हुनको विकल्प छैन पदकोंपछी एकोहोरो कुदिरहने श्रमको नाममा दुईथोपा बगाउन नसक्नेहरुलाई नतोडौँ ।
हाम्रा पछिल्ला पुस्ताहरुले धिक्कार्ने छन् । त्यागौँ चाकरी गर्न भिजनमा विश्वास गरौँ । कुनै वरिष्ठसँगको दलालीले तपाईँ वरिष्ठ हैन । हरुवा चरुवा हुनुहोला त्यो भन्दावडी अपेक्षा नगरौँ छोराछोरीलाई सम्पत्ती नदिने अवस्था आउँदैछ चाकरी गरेर नेता हुने सपना कति पाल्ने हामी युवाहरुले ।
अवस्थामा परिवर्तनको जरुरी छ यहाँ पुर्वराजकीयहरुलाई सम्मान गर्न तथाकथित नियमहरु बनाइन्छ । तर व्यवहारिक रुपमा शैलजा, चक्र वास्तोला, साहाना प्रधानहरुको अन्त्येष्टीमा औपचारिकता वाहेक पुरा गरिदैन । सायद यि मानिसहरु पदमा निरन्तर थिए भने नेपाली समाजले त्यै अनुसार दलाली गथ्र्यो र त्यसैलाई सम्मान भनेर व्याख्या गरिन्थो हामीले अरुको सम्मान गर्न सक्यौँ भने अवश्य अर्कोको सम्मानको हकÞदार हुन्छौ ।
यो पुस्तालाइ त्यो समयअनुसार तपाइहरुको योगदान साच्चिकै थियो तपाइहरुका विचार समय सापेक्ष थिए । अवको समयले त्यसलाई सम्मान गर्छ, तर लागुगर्न सक्दैन भन्न सक्ने अवस्थामा पुर्याउन सके यो समस्या समाधानको वाटोमा वड्न सुरुहुन्छ ।
अहिले त मानौ नेता हुनको लागि नेताको नाममा कुनै पेशा गर्नुपर्छ वा विपी कलेज, मदन, मनोमोहन जस्ता कलेज स्कुल पार्क राजमार्ग हुदाँहुदै व्रान्डसम्म खोल्ने त्यसबापत पाइएको आर्थिक र सामाजिक पुजीँलाई प्रयोग गर्दै नेता हुने अवस्थामा पुगिसक्यो समाज फेरी पुस्ताहस्तान्तरण यन्त्रिक रुपमा भएन भन्दै रोइलो गर्नुको कुनै तुक देखिदैन ।
हामीले भन्न सक्नुपर्छ विपीको समाजवादले त्यो समाजलाइ डोर्यायो मदनको जनवादले त्यो आन्दोलनलाइ डोर्यायो अवको निती र कार्यक्रम राजनितीक नभएर अर्थतन्त्र र उत्पादनसँग जोडिएको छ । अबको विश्वमाथि उपस्थिती राजनीतिको खोक्रो दर्शनले हैन । आइफोन र सामसुगंको व्रान्डले दिएका छन नासाका नयाँ खोजहरुले दिएका छन् । यहाँ हामी राजनीतिको दुश्चक्रमा फँसिरहन सक्दैनौँ ।
माथि उठाइएका विषयहरुमा हामी युवापुस्ताले हस्तक्षेप गरेर जानसके ईन्द्रेको वाउ चन्द्रेले रोक्न सक्तैन । पुस्ता हस्तान्तरण यहाँ बनिबनाउ सिद्धान्त र दर्शन छाँट्न जरुरी छैन केवल समाजको यथार्थतामा परिवर्तन गर्न मैले मबाट सुरु गर्नेछु । परिवर्तनको चित्र नकोरिएसम्म सम्झौता गर्ने छैन कुनै पद वा विशेषणसँग भन्ने प्रतिज्ञा गर्न सके अवश्य पुस्ता हस्तान्तरण यो पुस्ताले गर्न सक्छ ।








