वैशाख १९,२०८३ / ०९ : ५८ पूर्वान्ह / 2026-05-02 09:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      देश विरुद्धको षडयन्त्रको विरुद्धमा एकताबद्ध हुन जरुरी छ

      - ७ वर्ष अगाडि
      कार्तिक १५,२०७५

      विश्वकै इतिहासमा हेर्ने हो भने सबै देश र राज्य विरुद्ध कुनै न कुनै समय कतै त कतै बाट षडयन्त्रहरु भएको पाइन्छ यसबाट नेपाल टाढा रहेको छैन । नेपालको इतिहासमा पनि यसको उत्पति र विकास सगंसगैँ यस विरुद्धका षडयन्त्रहरु भइ नै रहेका छन् । राष्ट्रको विरुद्धमा हुने यस्ता प्रयासहरु कहिले पेचिलो रुपमा देखा पर्छन भने कहिले अलि धमिल्लिएको जस्तो गरि देखा पर्छन । अहिले नेपालमा नेपाल विरुद्ध भएका षडयन्त्रहरु बुझ्नै जटिल हुने खालका छन् जसलाई एक सच्चा नेपालीले नजरअन्दाज गर्न मिल्दैन । र यस्ता षडयन्त्रका विरुद्धमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु एकजुट हुनुपर्दछ । 

      कुनै पनि देशको सरकार विरुद्ध बोल्नु राज्य विरुद्ध बोल्नु होइन । लोकतन्त्रमा सरकारको आलोचना गर्नु र सरकारका गलत कदमको विरोध गर्नु सामान्य कुरा हो । कहिलेकाही संविधानले पनि सबै जनताका कुराहरु समेट्न नसकेको अवस्थामा त्यसको विरोध गर्नु पनि जायज नै हुन्छ । यसर्थ संविधानको केही पक्षहरुको विरोध गर्ने वित्तिकै त्यसलाई राज्य विरुद्धको अपराधको रुपमा लिनु हुदैन । तर देश भित्र हुने घटना परिघटनालाई लिएर राज्यको नै विरोध गर्न थालिन्छ तब त्यो देश विरुद्धको षडयन्त्र हुन्छ र यो सबैले बुझ्न जरुरी छ । 

      चाहे भष्ट्राचार विरुद्ध जनताले आवाज उठाउन् अर्थात बलात्कार लगाएत अन्य सामाजिक अपराध विरुद्ध जनताको आवाज उठोस् यो सुन्दर र न्यायीक समाज निर्माणका लागि एकदमै उपयूक्त र राम्रो कदम हो । त्यो आवाज उठाइदै गर्दा  त्यो आवाज त्यस्ता गलत कार्यमा संग्लग्न अपराधीहरुको विरुद्धमा होस् वा अपराध पत्ता लगाउन कन्जुसाइ गर्ने प्रहरी प्रशासनको विरुद्धमा होस त्यो राम्रो कुरा हो र सच्चा लोकतन्त्रमा यो अनिवार्य आवाश्यक कुरा हो । यस्तो आवाज गृह प्रशासन विरुद्ध उठाइयोस् गृह मन्त्रालय र मन्त्री विरुद्ध उठोस् त्यतिले मात्र पनि जनताले र पीडितले न्याय पाउन नसकेको अवस्थामा त्यो प्रधानमन्त्री वा सरकार विरुद्धमा उठोस् यो पनि लोकतन्त्रमा जायज नै मान्नुपर्छ । 

      किनकी सरकार भनेको फेरिरहन्छ आज एउटा पार्टीले बनाउछ भोलि अर्को पार्टीले निर्माण गर्छ यसको प्रकृति नै ज्यादै नै अस्थायी हुन्छ । तर जब यस्ता गलत प्रवृतिको विरोध गर्दा गर्दै विराध गर्नेहरुले त्यसलाई देश विरुद्ध लैजान खोज्छन् वा देशको विरुद्धमा प्रयोग गर्न खोन्छन् यो अति नै खराब षडयन्त्र हो । एउटा सरकार सफल वा असफल हुन सक्छ तर त्यो सरकारको असफलता सगै देश असफल भयो भन्नु भनेको देश विरुद्धको षडयन्त्र हो र यो सबै नागरिकले बुझ्न जरुरी छ । एउटा सरकारले जिम्मा लिएको बस्तु होइन यो देश । लाखौ लाख नागरिकले हजारौ वर्ष गरेको प्रयासमा निर्माण भएको देश हो । एउटा सरकार असफल हुदैमा देश असफल हुन सक्दैन त्यसकारण सरकार विरुद्धका आवाजहरु जायज हुन सक्छन् तर देश विरुद्धका आवाजहरुलाई सामान्य रुपमा लिन हुदैन । 

      आज भोलि यस्ता देश विरुद्धका आवाजहरु निकै नै आइरहेका छन् । शुरुमा यस्ता आवाजहरु जायज हुन्छन् र सच्चा लोकतन्त्रवादी र न्यायिक समाज निर्माणका अभियन्ताहरुले उठाएका हुन्छन् पछि यसलाई विस्तारै देश विरुद्ध प्रयोग गर्न षडयन्त्रहरु हुन्छन् । जसमा केही जनताहरु नबुझेर पनि सामेल भएका हुन्छन् । र देश विरुद्ध खेल्न खोज्नेहरुले त्यस्ता चीजलाई हतियार बनाएर प्रयोग गरिरहेका हुन्छन् । 

      जब मेडियाले पनि यस्ता कुराहरुलाई नबुझेर वा बुझी बुझी बढी नै प्रस्तुत गर्छन तब राज्यमा देश विरुद्धको एउटा भावना निर्माण हुन थाल्दछ । यो खराब कुरा हो । देश विरुद्धको भावनाले नकरात्मक स्थिति पैदा गर्छ र निराशा पैदा गर्छ जसले देश अगाडि बढ्न सक्दैन र देशलाई सधै गरिब नै बनाउन चाहाने र याहाँका गरिबीसगँ खेल्न चाहाने शक्ति र शक्तिकेन्द्रहरुलाई त्यो सजिलो हुन्छ । 

      नेपालका मेडियाहरुले पनि निकै नै विचार गर्न जरुरी छ । यदि कुनै चीज देशको विरुद्धमा आइरहेको छ भने त्यस्तो चीजलाई प्रचार गर्नु हुन्छ की हुदैन । यदि कोही ब्याक्ति खुलेआम देश विरुद्ध भाषण छाट्दै हिन्छ भने त्यसलाई मेडियामा ल्याएर उसका कुरा दुनियामा लान मिल्छ की मिल्दैन ? मेडियाको पनि सामाजिक र राष्ट्रिय दायित्व हुन्छ यो कुरामा विचार गरिनु पर्छ । किनकी देश विरुद्ध हुने गतिविधीहरुले देशलाई पुरै असफल बनाउन नसके पनि कमजोर बनाउछन् । 

      यस्ता देश विरोधी गतिविधीहरु बढ्दै गएपछि देश भित्रका देशमा नेतृत्व गर्नेहरुले बुझेर वा नबुझीकन देश विरुद्ध अभिब्यक्ति दिन थाल्दछन् । रोइ कराइ गर्न थाल्दछन् । केही समय अगाडि नेपालको संसद भवनमा देखिएको रोइलो पनि यसकै एक उदाहरण हो ।  अब देश डुब्न लाग्यो भनेर रोइ कराइ गर्नु भनेको सरकार विरुद्धको मात्र कदम होइन । यो देश विरुद्धको कदम हो । होला उठाउने मान्छेको नियतमा त्यस्तो नहोला तर देश असफल भयो भन्नु सरकार असफल भन्नु होइन । 

      ठीक छ सरकारका कमी कमजोरिका विषयमा बहस गरौ । यदि यो सरकारले जनताका हक हीतमा काम गरेन भने यो सरकार फेरौ सरकार विरुद्ध आन्दोलनको आधीबेहरी सृजना गरौ केही छैन । यस्तो आन्दोलन सरकार विरुद्ध हुन पाउछ, देश भित्रका खराब प्रवृति र खराब चीजका विरुद्ध हुन पाउछ तर यस्तो आन्दोलन देश विरुद्ध हुन पाउदैन । देश विरुद्ध षडयन्त्र गर्ने अधिकार कसैलाई पनि छैन । 

      देश विरुद्ध हुने षडयन्त्रका बारेमा सबैले मनन गर्न जरुरी छ । 

      /pagegallery/2018110153.jpg ओम प्रकाश निरौला 

        सम्बन्धित समाचारहरु