(फ्रास्न्सीस फुकुयामा स्टानफोर्ड यूनिभर्सिटीका एउटा राजनैतिक बैज्ञानिक हुन् । उनको पछिल्लो पुस्तक “आइडेन्टीटी ः दी डिमान्ड फर डिग्नीटी एण्ट द पोलिटिक्स अफ रिसेन्टमेन्ट” यही सेम्टेम्बरमा बजारमा आएको छ । उनीसगँ वल्र्डपोष्टका प्रधान सम्पादकले गरेको कुराकानीमा आधारित यो लेख याहाँ प्रस्तुत गरिएको छ ।
हामी जसलाई अहिले पहिचानको राजनीति भन्छौ, त्यो ६० को दशकको सामाजिक आन्दोलन, अफ्रीकन अमेरिकनको आन्दोलन, महिला, समलिङ्गी र अन्य सिमान्तकृत हरुले आफ्नो सम्मान तथा सामाजिक असमानताहरु विरुद्ध गरेको अभियानबाट शुरु भएको हो । सामाजिक आर्थिक बर्ग जुन कम्यूनिष्टहरुले असमानताको कुरा गर्छन त्यस्तो विषयलाई यसले विस्थापित गर्यो । यसले साच्चैनै असमानताका स्थितिलाई देखाउदा देखाउदै पनि केही मुद्धाहरुमा यसले मानिसको आफ्नो जीवनको अनुभवलले नै उ को हो भन्ने जनाउछ भन्ने खालको बेग्लै चरित्र जन्माइदियो । यसले एक अर्कामा भावना बाड्न सक्ने कुरामा र संचारमा समस्या पैदा गरायो ।
हामी अहिले यस्तो समयमा छौ की पहिचानको राजनीति दक्षिण तर्फ सरिसकेको छ । धेरै तत्वहरुले षडयन्त्र पूर्वक सर्वसाधारण जनताले रुचाएको विषयलाई महत्व दिइरहेका छन् र यो कुरा यूरोप र अमेरिकामा बढीरहेको छ । यिनीहरुले यो काम भूमण्डलिकरणका लागि गर्नुपरिरहेको छ र यसले विकसित देशका जनतामा असमान असर गरिरहेको छ । प्रविधीको परिवर्तनले खाली काम गरेर खाने वर्गको आम्दानीमा असर गरिरहेको छैन यसले बृहत सामाजिक अधोगति पनि गराइरहेको छ जसलाई आफ्नो स्ट्याटसको क्षतिको रुपमा पनि हेर्न सकिन्छ ।
उच्च तहको बसाइसराइले परम्परागत रुपमा रहेको राष्ट्रिय पहिचानलाई चुनौति दिएको छ । जनतामा चर्चित हुने मनशायले केही राजनीतिज्ञहरुले राष्ट्रिय पहिचानको मुद्धा उच्च वर्गको मुद्धा हो भनेर आरोप लगाइरहेका छन् । उच्च धनाढयहरु पनि २००८ को अमेरिकाको आर्थिक मन्दी तथा यूरोपियन यूनियनको यूरोको मन्दी भएको नीति निर्माणका जिम्मेवार हुन् किनकी यसले उच्च वर्गलाई भन्दा मजदुरलाई नै बढी असर गर्यो । यसलाई अवसरवादी राजनीतिज्ञहरु जस्तै हंगेरीका भिक्टर अर्वान र अमेरिकन डोनाल्ड ट्रम्पले आफ्नो महत्वकाक्षांका लागि साधनका रुपमा प्रयोग गरे ।
इमिग्रेन्टसहरुलाई अमेरिका र केही यूरोपियन देशहरुले रोक्न खोजिरहेका छन्, ट्रम्पले त सिमाना बन्द गर्ने कुरा गरेका छन् यो लोकतन्त्र वा प्रजातन्त्रको लागि राम्रो कुरा होइन । उनीहरुलाई आउन दिनुपर्छ बरु कसरी व्यवस्थित गर्ने भन्ने सोच्नु राम्रो हो । विविधता राम्रो कुरा हुन सक्छ तर धेरै विविधता पनि राम्रो होइन किनकी यसले देशका मुख्य विषयहरुलाई समस्यामा पारिदिन्छ । त्यसकारण अमेरिका र यूरोप दुवैले वसाइसराइबाट आउने मानिसहरु तथा शरणार्थीहरुलाई एकताबद्ध गर्न सगँसगै काम गर्न जरुरी छ ।
बृहत सामाजिक एकता सृजना गर्नका लागि धेरै कामह गर्न सकिन्छ । राष्ट्रिय पहिचानलाई राजनीतिक तरिकाले परिभाषा गर्नुपर्दछ जुन यथार्थमा सांस्कृतिक विविधतासगँ सगै रहन सकोस । नागरिकतालाई जातियता वा धर्मले परिभाषित होइन की उदार बुझाइसहितको गुणले जस्तो की विधीको शासन वा संविधानवाद परिभाषित गनुपर्छ ।
अनुवादक ः ओम प्रकाश निरौला








