(उज्यालो त टर्च लाइट बाल्दापनि हुन्छ तर आवाश्यकता उज्यालोको मात्रहोइन, त्यसमा चाहीने उर्जाको पनिहो ।)
यो लेख नेपालीहरुलाई के बन्न बढी प्रेरित गर्यौ भने हाम्रो देश समुन्नतबन्न सक्छ भन्ने बिषय सबन्धि दर्शनमाआधारीत छ । समाजमा बैज्ञानिक बनाउन प्रेरित गर्ने की राजनीतिज्ञ भन्ने बिषयको पक्षमा यो लेख प्रस्तुत गरिएको छ । जुनजुन समाजवा राज्यले आफ्ना सदस्यहरुलाई वा नागरिक हरुलाई राजनीतिज्ञ बन्न लाइ कम र बैज्ञानिक बन्नलाई बढी सहयोग, समर्थन र प्रोत्साहन गर्छ त्यो समाज वा राज्य छिटो बिकासको गतिमा अगाडि बढ्छ किनकी बैज्ञानिकहरु राजनीतिज्ञको तुलनामा समाज वा राज्यलाई छिटो गति दिन सक्षम हुन्छन् ।
सृजनात्मक कोणबाट हेर्ने हो भने वा कल्पना गर्ने क्षमता बैज्ञानिक र राजनीतिज्ञ दुवै सगँ प्रर्याप्त हुन्छ तर कुनै कार्य सम्पन्न गर्न उनीहरुले अपनाउने प्रक्रियाहरुको भिन्नताले परिणाम फरक हुन्छ र जसले गर्दा धेरै जस्तो कामहरुमा राजनीतिज्ञहरु बिनाशकारी सावित हुन्छन् भने बैज्ञानिकहरु उत्पादन मुलक हुन्छन् । समाजमा वा प्रकृतिमा घटिरहेका घटनाहरुको आधारमा दुवैले आ— आफ्नै तरिकाले परिकल्पना गर्दछन् । एक खालको हाइपोथेसीस बनाउछन् । त्यसपछि फरक कहाँ हुन जान्छ भने धेरैजस्तो राजनीतिज्ञहरु आफ्नो हाइपोथेसीस लाई नै निष्कर्षको रुपमावा सिद्धान्तको रुपमा लिएर प्रयोग गर्न थाल्छन् जसले गर्दा उपयूक्त विधीको अभावमा त्यसको परिणाम उत्पादनमुलक हुदैन तर बैज्ञानिकहरु चाही हाइपोथेसीस लाई टेष्ट गर्छन्, त्यससगँ सबन्धित प्रयाप्त सुचनाहरु संकंलन गछ्र्रन्, बिश्लेषण गर्छन् अनि मात्र निष्कर्षमा पुग्छन् । यसरी एउटा विधी, प्रक्रियावा पद्धति पुरा गरेपछि मात्र निष्कर्षमा पुग्ने र प्रयोग गर्ने भएकोले उनीहरुको प्रयोग उत्पादनमुलक बढी र कममात्र ध्वन्सात्मक हुन पुग्छ ।
यसका साथै अगाडि नै स्थापित सिद्धान्त र मान्यताहरुको हकमा पनि यीदुवैले लागु गर्ने कुरामा तात्विक भिन्नता देखिन्छ । राजनीतिज्ञहरु मुलतःउत्तेजनामा निर्णय गर्छन वाहतारमा निर्णय गर्छन । उनीहरु स्थापित सिद्धान्तको प्रयोगको लागि बाताबरण अनुकुल छ की छैन भनेर अध्ययन अनुसन्धान गर्दैनन् । कुनै कुरा लागु गर्नु अगाडिका पूर्व तयारी पनि अपनाउदैनन्, जसले गर्दा परिणाम धेरै जस्तो समाजवा राज्यको प्रतिकुलमा हुन्छ । तर यसको ठीक विपरीत बैज्ञानिकहरु चाही आवाश्यक सम्पूर्ण आधारहरुको पूर्व तयारी गरेर मात्रकुनै पनि योजनावा सिद्धान्तको कार्यान्वयन गर्नेतिर लाग्छन् । पर्याप्त अनुसन्धान गरेर मात्रप्रयोग गर्ने दिशामालाग्ने हुनाले उनीहरुले गरेका कार्यहरुमा कमैमा मात्र असफलता हात पर्दछ र त्यस्ता कार्यहरु समाजवा राज्यको हित अनुकुल हुन्छन् ।
उदाहरणको लागि बढ्दै गरेको विरुवाबाट फर्निचरहरु निर्माण गर्ने वा बनाउने सपना देख्ने काम राजनीतिज्ञ र बैज्ञानिक दुवैको सपना वा कल्पनाभित्र पर्दछ । त्यो विरुवा रुख बन्ने वित्तीकै त्यसको क्षमता, स्तर आदिको निर्धारण नगरी फनीचर बनाउन दबाब दिने वा निर्णय गर्ने कार्य राजनीति कर्मीले गर्दछन् भने उचीत समय, आकार, तामक्रम, क्षमता आदिको विचार गरेर कुनखालको फर्नीचर बनाउदा उपयूक्त र दरिलो हुन्छ भन्ने निर्णय गर्ने कार्य बैज्ञानिकहरुले गर्दछन् । यसकारण देशलाई प्रगतिको दिशातिर चाडो लैजानका लागि राजनीति गराउनभन्दा बैज्ञानिक बनाउन प्रेरणा दिनु उपयूक्त हुन्छ ।
नेपालको इतिहासदेखि अहिलेसम्मको बिकास र घटनाक्रम हेर्ने हो भनेपनिहाम्रो देशले र हाम्राअग्रज लिडरहरुले राजनीतिगर्न वा गराउनलाइ नै बढी प्रसय दिएको पाइन्छ र बैज्ञानिक बनाउन प्रेरीत गर्ने कार्य खासै देखिदैन । राणाशाषनदेखि लिएर पन्चायतकाल, बहुदलीयप्रजातन्त्रहुदै लोकतान्त्रिक गणतन्त्र सम्म देश आइपुग्दापनिहाम्रो समाज र राज्यको चिन्तन र संस्कारमा परिवर्तन हुन सकेको देखिदैन । न यो देशले गेहेन्द्र शमसेरलाइआदर्श बनायो न कुनै आविश्कारक हरुलाई । अहिलेसम्महाम्रो देशले सबैको नजर र ध्यानपुग्ने गरि कहिल्यै पनि अनुसन्धानको क्षेत्रमा बजेट छुट्याएको छैन । अनुसन्धानमाभन्दा बढी रकमप्रधानमन्त्री राहत कोषमाहुनुले पनिहाम्रो चिन्तन र संस्कारलाई ज्वलन्त बनाउछँ ।
सानै पार्टी वाबिद्यार्थी सगंठनको झण्डा लिएर सामान्य बिषयमा ज्ञापन पत्र बुझाउन गयो भने त्यस्तो समुहलाई हाम्रा देशका प्रधानमन्त्री, मन्त्रीहरुले सजिलै भेटघाटको बातावरण मिलाउछन् तर आफ्नो आविश्कारको बैज्ञानिक परिक्षणका लागिभनेर कोही ब्याक्तिवा समूहगयो भने उसले भेटसम्म पनिगर्न पाउदैन । यहिहो हाम्रो संस्कार र सोच अनि कसरी बन्छ देश ?भर्खरै मात्र यो इन्धनको संकटको बेलामा सल्लाको खोटोबाट पेट्रोल निकालेर आफुले परिक्षण गरिसकेपछि त्यसको बैज्ञानिक परिक्षणका लागि सहयोग पाउने आशामा एक दाङका यूवा प्रधानमन्त्रीलाई भेट्न भनेर काठमान्डौ आए तर उनलाई प्रधानमन्त्रीले भेट दिएनन् र उनीदुइ लिटर पेट्रोल प्रधानमन्त्रीको कार्यालयमा छोडेर फर्के । यदि उनको सट्टामा कोही पार्टीको झण्डा लिएर जादो हो त उसले अनावश्यक कुरा गर्नका लागि पनि समय पाउथ्यो । अनि यस्तो संस्कारले कसरी बन्छ त देश ?
यो कमजोरी सरकारको नेतृत्वगर्ने र राजनीतिगर्नेमामात्र छैन । यो त आम बुद्धीजीवी, नागरिक समाजका मान्छे र मेडिया कर्मीमापनिउत्तिकै छ । एउटा सानो अराजक समूहवाबिद्यार्थीको झुण्डले कुनै सडकको एउटा कुनामा सानो टायर बाल्यो वा केहीनारा लगायो भने त्यसलाई कयौंपटक मुख्य समाचार बनाएर आफ्नो मेडियामा प्रशारण गर्छन मेडिया कर्मीहरु तर एउटा आविश्कार जसले दुरगामीप्रभावपार्न सक्छ त्यस्ता समाचारलाई प्रोत्साहनगर्ने गरी कमै मात्र समाचारहरु प्रकाशनगर्छन ।
जुन जुन ठाउँमा जे जे कार्यमा लागिरहेका भएपनि हामी सबैले हाम्रो सोच्ने शैलिलाई परिवर्तन गर्न जरुरी छ । बैज्ञानिक हुनु भनेको बैज्ञानिक विधी, प्रक्रिया अपनाउनु पनिहो तसर्थ हाम्रा सोचहरु, चिन्तनहरु, संस्कारहरु समाजलाई गतिशिल बनाउने र प्रगतिशिल बनाउनेतिर उन्मुखहुन जरुरी छ । हामीले अरुबाट पनि यस्ता कुरा सिक्नआवाश्यक छ । भर्खरै मात्र एउटा विद्यालयमा एउटा विद्युतिय घडि निर्माण गर्ने बालकलाई स्कुलले बम बनाएको आशकांमा प्रहरीलाई बुझायो तर त्यसको लगत्तै राष्ट्रपतिले त्यो बालकलाई आफु भेट्न उत्साहित भएको कुरा आफ्नो फेसबुक स्टाटसमा हालेका थिए । जसले कयौबिद्यार्थी र यूवाहरुलाई प्रोत्साहन गर्यो ।
राज्य र सरकारको नेतृत्व गर्नेहरुले पनि यो बिषयमा ध्यानदिन जरुरी छ, कुनै कुरा आविश्कार भएपछि नै त त्यसको प्रशस्त निर्माण गरेर उत्पादनगर्न सकिन्छ अनि आत्मनिर्भर बन्ने तिर देश अगाडि बढ्छ । यदियसो गर्न सकिएन भने त देश जहिले पनि जही को तहीहो । हामीले जति नै हल्ला गरेपनि केहीहुदैन । यदि देशलाई द्रुतगतिमा अगाडि बढाउने हो भने राज्यले अनुसन्धानको क्षेत्रमाअत्यधिक बजेट बढाउनु पर्ने हुन्छ । सबै राजनैतिक दलको र सरकारको योजनामा कम्तिमा पनि यति बर्ष भित्र यतिजनालाई बैज्ञानिक बनाउने भन्ने खालको लक्ष्य र सोहीअनुसारको कार्यक्रम हुनुपर्छ ।
सोचले मात्र संसार बदलीदैन तर सोचले जीवनजीउने तरिकाहरु बदलीन्छन् जसले गर्दा अन्ततः संसार बदल्न सहयोग गर्छ । सोच बदलौ, संस्कार बदलौ ।








