ओइ !आऊ न
एता आऊ न
यहाॅ स्यवंर छ
मञ्च सजाएको छ
ए साहेब !
आउ न मसॅग बिहे गरौ
हेर त यहाॅ
चुरा, पोते,सिन्दुर
अनि यो माला देख्यौ?
म यसलाई चुटिएर
मजस्तो छरिन च्यातिन दिन्न
गलामा सजाएर बेहुली बन्छु
आहा !
आउ न के बिहे गरौॅ हिहिहि,,,,,,,
लाज लाग्यो?
मसॅग बोल्न डर लाग्यो?
धक लाग्यो ?
किन मुख छोपेको?
म ठुस्स गनाएँ?
हिजो राति त म
म गनाइन है?
सुभाषिली थिएँ
खुब प्रिय थिएँ
खुब मायाॅ गरेका थियौ
लुटुपुटु भएका थियौ
मेरो चित्कार नसुनि
मसॅग खेलेका थिय
म आँसुको दहमा छछल्किदा
निमङ्ग्न रमेका थियौ
अहिले किन टाढा हुन्छौ
घिन लाग्यो?
वा, प्रतिष्ठा गुम्ने डर लाग्यो? प्रिय,रानी,माया
हिजोका ति प्यारा नामले
आजपनि बोलाउ न
आज मात्र यौटै नाम छ
बौलाही
सबै मलाई बौलाही भन्छन्
मेरी आमाले राखेको नामले कोही बोलाउदैन
कसैले चिन्दैनन् मेरो नामले
तिमीले, उसले, त्यसले कसैले चिन्दैन
सबै बौलाही भन्छ्न म चिथोरिएको,गिजलिएको
देख्दैन यो समाज
मेरो लत्पतिएका रगतका टाटा
च्यातिएको आङको लुगालाई उपाहास गर्दै
पुरुषार्थले बौलाइको बिल्ला झुण्ड्याई दिन्छ
बौलाइको उपनाम दिन्छ
म बौलाइ होइन
तिमीले बौलाइ बनायौ
होइन म बौलाइ
म बहुलाही होइन








