वैशाख १९,२०८३ / १० : ०५ पूर्वान्ह / 2026-05-02 10:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      बौलाइ - कविता

      - ७ वर्ष अगाडि
      हिरा खड्का
      भाद्र १८,२०७५

      ओइ !आऊ न

      एता आऊ न

      यहाॅ स्यवंर छ

      मञ्च सजाएको छ

      ए साहेब !

      आउ न मसॅग बिहे गरौ

      हेर त यहाॅ

      चुरा, पोते,सिन्दुर

      अनि यो माला देख्यौ?

      म यसलाई चुटिएर

      मजस्तो छरिन च्यातिन दिन्न

      गलामा सजाएर बेहुली बन्छु

      आहा !

      आउ न के बिहे गरौॅ हिहिहि,,,,,,,

      लाज लाग्यो?

      मसॅग बोल्न डर लाग्यो?

      धक लाग्यो ?

      किन मुख छोपेको?

      म ठुस्स गनाएँ?

      हिजो राति त म

      म गनाइन है?

      सुभाषिली थिएँ

      खुब प्रिय थिएँ

      खुब मायाॅ गरेका थियौ

      लुटुपुटु भएका थियौ

      मेरो चित्कार नसुनि

      मसॅग खेलेका थिय

      म आँसुको दहमा छछल्किदा

      निमङ्ग्न रमेका थियौ

      अहिले किन टाढा हुन्छौ

      घिन लाग्यो?

      वा, प्रतिष्ठा गुम्ने डर लाग्यो? प्रिय,रानी,माया

      हिजोका ति प्यारा नामले

      आजपनि बोलाउ न

      आज मात्र यौटै नाम छ

      बौलाही

      सबै मलाई बौलाही भन्छन्

      मेरी आमाले राखेको नामले कोही बोलाउदैन

      कसैले चिन्दैनन् मेरो नामले

      तिमीले, उसले, त्यसले कसैले चिन्दैन

      सबै बौलाही भन्छ्न म चिथोरिएको,गिजलिएको

      देख्दैन यो समाज

      मेरो लत्पतिएका रगतका टाटा

      च्यातिएको आङको लुगालाई उपाहास गर्दै

      पुरुषार्थले बौलाइको बिल्ला झुण्ड्याई दिन्छ

      बौलाइको उपनाम दिन्छ

      म बौलाइ होइन

      तिमीले बौलाइ बनायौ

      होइन म बौलाइ

      म बहुलाही होइन

      हिरा खड्का अधिकारि

      लामो समय देखि नेपाली साहित्य क्षेत्रमा आफ्ना अमुल्य कविता, गजलद्वरा अमुल्य योगदान दिदै आउनुभएकि खड्का हाल मोरंग जिल्लामा बसोबास गर्नुहुन्छ |



        सम्बन्धित समाचारहरु