वैशाख १९,२०८३ / ०८ : २९ पूर्वान्ह / 2026-05-02 08:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      गजल - फरक केहि छैन

      - ७ वर्ष अगाडि
      भाद्र ७,२०७५

      ढुङ्गा माटोको घरमा बास, एउटै देखेको छु
      सबै मानिसले खाने गाँस, एउटै देखेको छु

      किन गर्छन मान्छे मान्छे बिचमा भेदभाब
      सबै मानिसले फेर्ने सास, एउटै देखेको छु

      कुन आधारले गर्छन छुवाछुत र भेदभाब 
      मरेपछि सबैको लास, एउटै देखेको छु

      खै के छ र यहाँ मानिसमा फरक भन्ने
      सबैले लगाउने कपास, एउटै देखेको छु
                                                  गंगा माया दुराल,ओखल्ढुङ्गा

      गंगा माया दुराल



        सम्बन्धित समाचारहरु