वैशाख १९,२०८३ / ०८ : २१ पूर्वान्ह / 2026-05-02 08:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      भाषा कसको हो ?

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      “नेपालमा विद्यालयमा अध्ययन अध्यापन भइरहेको संस्कृत भाषालाई पाठ्यक्रमबाट हटाउनु पर्छ किनकी यो बाहुनहरुको भाषा हो ।”

      मैले धेरै समय पहिला सुनेको र कता कता बिश्वास पनि लागेको तर्क हो यो । विना तर्क बिना अनुसन्धान पत्याउने र विश्वास गर्ने परम्परा चाहे राजनीतिमा होस् वा धर्ममा होस् या ब्याबहारिक, अब्यबहारिक कुराहरुमा होस यो नेपालीको परम्परा जस्तै भएको छ । 

      के कुनै पनि भाषा एक ब्याक्ति, वा समुदाय वा राज्यको हुन्छ ? 

      भाषिक विकासको इतिहास हेर्ने र इतिहासमा भेटीएका प्रमाण र तथ्यहरुको उचीत विश्लेषण गर्ने हो भने कुनै पनि भाषा एक ब्याक्ति वा समूहको आफ्नो प्रयासमा मात्र बाँचेको हुदैन त्यसको विकासमा त्यो समूहको विशेष योगदान भने अवष्य हुन्छ । मानब सभ्यताको शुरु शुरुमा मानिसहरुको विकासक्रम सँगै भाषाको पनि जरुरी भयो । विस्तारै विस्तारै लिपीको पनि आविष्कार र विकास भयो । जुन जुन सभ्यता हरु राम्रोसगँ विकास हुदै गए तिनै समुह वा समुदायले प्रयोग गर्ने भाषाको पनि विकास र प्रभाब बढ्दै गयो । 

      पूर्विय सभ्यतामा हान भाषाको विकास हुनु, सस्कृत भाषाको विकास हुनु, अरवीयन वा उर्दु भाषाको विकास हुनु र पश्चिम सभ्यता सगँसगै ग्रीक, रोमन भाषाको विकास हुनु यसैका उदाहरणहरु हुन । विस्तारै बिकासकै क्रममा सस्कृत भाषाको साटो नेपाली, हिन्दी तथा अन्य भाषाहरुको र ग्रीक र रोमनको साटो अंग्रेजी भाषाको विकास भयो र चलन चल्तीमा तीनै भाषाहरुमा स्थापित भए । यद्धपी जुन जुन भाषाहरु जसरी उत्पति र विकास भएपनि शुरुमा प्रयोग भएका भाषा अहिले जस्ताको तस्तै छैनन् । 

      आधुनिक यूगको शुरुवात सगैँ अन्य साधन र सामाग्रीको उत्पादन, विकास र प्रयोग बढ्दै जादा तीनीहरुको बजार विस्तार गर्ने अभियान सगैँ शुरु भएको औपनिवेषिकरणले राजनैतिक रुपमा भाषाको प्रयोगलाई शक्तिको प्रयोग सगै राखेर बिस्तार गर्यो । जहाँ जहाँ जस जसले आफुले राज्य नियन्त्रणमा लिदै गए त्याहाँ त्याहाको सरकारी र औपचारिक भाषा पनि आफु अनुकुल बनाउदै लगे । जसले गर्दा अरु तत् तत् भाषामा कमजोर भएका मानिसहरुलाई दैनीक जीवन र सामाजिक जिवनमा अफ्ठेरो पर्दै गयो । त्यसकारण उनीहरु पनि सरकारीकरण गरेको भाषालाई वा समाजमा बलियो सगँ स्थापित भएको भाषालाई अपनाउदै गए । 

      जब जब राज्यहरुको निर्माण हुन थाल्यो त्यतिबेला देखि आफ्नो पहिचानको लागि राज्यले आफ्नो राज्यमा बहुसङ्ख्यक मान्छेहरुले प्रयोग गर्ने वा अत्यधिक प्रचलनमा आएको भाषालाई राज्यको आफ्नो भाषा भनेर घोषणा गर्यो । त्यसपछि विस्तारै जनताहरु त्यो भाषा प्रयोग गर्न थाले । र त्यही भाषाले विस्तारै सर्वमान्य भाषाको रुपमा स्थान पायो । यसरी समयचक्रको परिवर्तन सगैँ भाषा प्रयोग गर्ने ब्याक्ति र समुदाय पनि परिवर्तन हुदै गए । 

      यति मात्र होइन समाजमा लिपीबद्ध रुपमा र ब्याकरणहरुको उपयूक्त प्रयोग सहित भाषा प्रयोग गर्ने र नगर्ने हरुका बीचमा पनि सभ्य र असभ्य जस्ता विशेषण हरुको प्रयोग हुन थाल्यो । राम्रोसगँ आर्थिक, सामाजिक, राजनीतिक हैसीयत भएको समूह वा समुदायले बोल्ने र प्रयोग गर्ने भाषा सभ्य भाषा र अन्य अल्पसङख्यक र अपरिपक्क ( सामाजिक, आर्थिक, राजनीतिक विकासका हिसाबले ) हरुले बोल्ने वा प्रयोग गर्ने भाषा असभ्य हुदै गयो । यति हुँदा हुँदै पनि आफुलाई सजिलो लाग्ने भाषा वा लिपीको प्रयोग गर्न समुदायले छोडेन भने अर्कोतिर ज्ञानको दायरा बढाउने र धेरै आर्थिक सामाजिक प्रगतिका लागि फाइदा पुग्ने भाषालाई उनीहरुले आत्मसात गर्दै गए । 

      जब मानिसहरुको मन मस्तिष्कमा भाषालाई राजनीतिकरण गर्ने र यसबाट फाइदा लिने मनसाय बढ्यो त्यो बेला देखि राजनैतिक रुपमा शक्तिमा भएका समुदायहरुले, (समाजमा र राज्यमा ) औपचारिक रुपमा प्रयोग गर्न मिल्ने भाषाको छनौट गरे र अन्य भाषाहरुलाई अनौपचारिक भाषाको मात्र अधिकार दिए । जसरी विकास क्रममा गएपनि भाषा एउटा ब्याक्तिको पहुच वा एउटा समुदायको पहुचमा मात्र रहेन । पूर्विय दर्शन र सभ्यताको ज्ञान प्रदान गर्ने एउटा महत्वपूर्ण भाषा सस्कृत हुदा हुदै पनि यो सधैभरि यो क्षेत्रको मुख्य भाषाको रुपमा रहन सकेन । 

      अग्रेजी भाषा पनि आफ्नो उत्पति कालमा जस्तो थियो त्यही रुपमा अहिले सम्म रहन सकेको छैन । त्यसैगरि नेपाली भाषा पनि यसको उत्पति कालमा वा विकासको शुरुवातमा जस्तो थियो अहिले सम्म त्यही रुपमा रहन सकेको छैन । यो त समय र काल सगै अन्य भाषा सगँ हुने टकराव र यसको प्रयोगको क्षेत्रमा हुने अन्र्तघुलन र अन्तरक्रियाका आधारमा विकास र परिवर्तन हुदै गएको छ । हामीले परम्परागत सोचाइबाट हेर्दा एउटा भाषा एउटा जात वा समुदायको देन जस्तो देखिन्छ तर बास्तवमा त्यस्तो हुदैन । तत् तत् समुदायको केही महत्वपूर्ण देन हुदा हुदै भाषाको निर्माण र विकास अन्य भाषा भाषीहरु सगँको टकराव र अन्र्तघुलनबाट भएको हुन्छ । 

      मेरो बिचारमा भाषा कसैको पेवा जस्तो चीज होइन । यो आफ्नो आमा बाबुले छोराछोरीलाइ दिने अशं जस्तो चीज पनि होइन । यो कुनै एउटा समुदायको पनि हुदैन अनि एउटा राज्यको पनि हुदैन । यो त जसले प्रयोग गर्छ त्यसको हुन्छ । बास्तबमा भाषा पैसा जस्तै हो जसले प्रयोग गर्यो उसकै हो । म अंग्रजी भाषामा लेखिएका पुस्तकहरु पढिरहेको हुन्छु र त्यसबाट ज्ञान पनि लिइरहेको हुन्छु अब के यो मेरो भाषा होइन । म हिन्दी गीत सुन्छु , मनोरन्जन लिन्छु के यो मेरो भाषा होइन त ? म नेपालीमा कुरा गर्छु पढ्छु, लेख्छु , के यो मेरो भाषा होइन त? म चाइनिज फिल्महरु हेर्छु अनि रमाउछु के यो मेरो भाषा होइन ? 

      अब भाषाको प्रयोग किन गर्ने भन्ने कुरा चाही महत्वपूर्ण हुन्छ । ज्ञानको स्रोतका रुपमा भाषालाई प्रयोग गर्न सकिन्छ भने र अनुकुल हुन्छ भने सस्कृत भाषालाई पनि अध्ययन अध्यापन गराउनु राम्रो हो त्यसैगरी नेपाल भित्र रहेका अन्य धेरै भाषाहरुलाई पनि सभंव भए जति अध्ययन अध्यापनको भाषाको रुपमा राज्यले कानुनी मान्यता दिदा केही फरक पर्दैन । कतिपय अवस्थामा त्यो उत्पादनमुलक पनि हुन्छ । तर सबै भाषालाई बराबरी र जतापति प्रयोग गर्नु प्रत्युत्पादक पनि हुन सक्छ । साना बालबालीकाहरुलाई औपचारिक शिक्षा उनीहरुको आफ्नै मातृभाषामा दिदा राम्रो हुने कुरा अध्ययन अनुसन्धानबाट पनि पाईएको छ तथापी राज्यको एउटा मुख्य भाषा त हुनै पर्छ जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा कानुनी वा अन्य क्रियाकलाप गर्दा अफ्ठेरो नहोस् । 

      भाषाको विकास र निर्माणका बारेमा भन्दापनि यो लेखमा मैले जोड दिन खोजेको कुरा के हो भने भाषा कुनै पनि समुदाय वा ब्याक्तिको पेवा होइन यो त जसले जहाँ प्रयोग गर्छ त्यसकै हो । ज्ञानका अभावका आधारमा मात्र सस्कृतलाई बाहुन हरुको भाषा भनिएको हो । राइ भाषा फरक हुन सक्छ, लिम्बु भाषा फरक हुन सक्छ थारु, मैथली आदि आदि फरक फरक हुन सक्छन् तर भाषा केवल त्यो समुदायको मात्र हुदैन । अग्रेजी अमेरीकन वा ब्रिटीसको मात्र हुन्थ्यो भने मैले त्यो भाषामा पाएको ज्ञान बेकार हुन्थ्यो । हिन्दी भारतीयहरुको मात्र हुन्थ्यो भने मैले गीत सुनेर लिएको आनन्द बेकार हुन्थ्यो । चाइनिज चाइनाको मात्र हुन्थ्यो भने मैले हेरेका फीलीम र मेरो मनोरन्जन अर्थहीन हुन्थ्यो । 

      त्यसकारण भाषा जसले प्रयोग गर्छ त्यसकै हो ।   

      ओम प्रकाश निरौला



        सम्बन्धित समाचारहरु