बाजपेयी र आडवानीको संघर्षपूर्ण सम्बन्ध
अटल विहारी बाजपेयीको निधन पछाडि उनलाई अन्तिम श्रदान्जली दिन जाने मानिसहरुमध्ये सबैभन्दा महत्वपूर्ण राजनीतिज्ञ थिए : ९० वर्ष पार गरेका नेता लालकृष्ण आडवानी ।
३ वर्षको फरक भएपनि उनीहरु सबैभन्दा राम्रा साथी थिए । लगभग सात दशक सम्म उनीहरु राजनैतिक मित्र तथा सहपाठी भएर रहेका थिए । उनीहरु बीच एक अर्कामा राम्रो सम्मान थियो र उनीहरु एक अर्काका प्रतिष्पर्धी पनि थिए । उनीहरुका आ आफ्नै क्याम्प थिए र आ आफ्नै पछिलाग्ने मान्छेहरु पनि थिए । उनीहरु बीच मुद्धाहरुमा पनि भिन्नता थियो र उनीहरुको राजनैतिक तरिका, सामाजिकरण, र विश्वासले उनीहरुलाई भिन्न र फरक राजनैतिक यात्रामा डोहोराएको थियो ।
भारतको राजनैतिक इतिहासमै सबैभन्दा महत्वपूर्ण सम्बन्धको रुपमा बाजपेयी र आडवानीको सम्बन्ध रहिरहने छ । दुवै जना राष्ट्रिय स्वयंसेवक सघं (रा स्व. स.) र सघंको हिन्दु समाजलाई एकताबद्ध गर्ने विचारप्रति कटिबद्ध थिए । उनीहरु दुवैको साहित्य, पत्रकारिता तथा चलचित्र प्रति चाख थियो । उनीहरु दुवै भारतीय जन संघमा आवद्ध भए जब राष्ट्रिय स्वयंसेवक सघंले केही उत्तम कार्यकर्तालाई नियूक्त गरेको थियो । र उनीहरुले पार्टी संगठन तलैदेखि बनाउन सहयोग गरे ।
बाजपेयी माथिल्लो तहका नेता, पाटीका भरपर्दा संसद थिए र उनले दीन दयाल उपाध्यायको मृत्यु पछाडि जन संघको मुख्य कामको जिम्मा लिए ।
त्यसपछि आडवानीले त्यो जिम्वेवारी लिए । दुवै नेताले इमरजेन्सीको समयमा सगै जेल जीवन बिताए । उनीहरु दुवैले जन संघलाई जनता पाटीमा मिसाउने निर्णय गरे जसले कंग्रेसलाई सत्तबाहिर पुर्यायो । बाजपेयी परराष्ट्र मन्त्री बन्दा आडवानी सुचना तथा प्रशारण मन्त्री बनेका थिए ।
जब दोहोरो सदस्यताको प्रश्न उठ्यो, राष्ट्रिय स्वयंसेवक सघं वा जनताको प्रति कटिबद्ध हुने प्रश्न उठ्यो तब उनीहरु त्यो दुवै बाट बाहिर आए र भारतीय जनता पार्टीको स्थापना गरे । बाजपेयी उक्त पार्टीको पहिलो अध्यक्ष बने शुरुका केही चुनावमा भारतीय जनता पार्टी (बिजेपी) ले निकै नै संघर्ष गर्नुपर्यो । जब आडवानीले ८० को दशकमा पाटीको जिम्वेवारी आफुले लिएपछि आक्रामक रुपमा हिन्दुत्वको राजनीति गरे तब पार्टीको राम्रो विस्तार भयो ।
यो समयमा बाजपेयी पछाडि सरेका थिए उनी त्यसबेला अयोध्याको राम मन्दिर प्रति प्रतिबद्ध थिए तर उनी आम मानिसको गतिशिलताको ब्यवहारप्रति असन्तुष्ट भए जसले अन्त्यमा गएर बाबरी मस्जिदलाई १९९२ मा पूर्ण रुपमा ध्वस्त पारेको थियो । यही समयमा आडवानीले बिजेपीका नया पुस्ताका नेताहरुलाई जन्माएका थिए ।
दुवै जनाको सबल पक्ष थिए, फरक थिए तर दुवैले साझा उदेश्य लिएका थिए । तर सम्बन्ध त्यतिबेला प्रष्ट भयो जब आडवानीले बाजपेयीलाई पाटीको प्रधानमन्त्रिको उमेद्वार घोषणा गरे । बिजेपीको खास बृद्धी आडवानीका कारण भएता पनि बाजपेयीलाई देशमा धेरैले स्विकार गरेका थिए ।
जब बिजेपी सत्तामा आयो तब वाजपेयी र आडवानी दुवै मुख्य शक्तिकेन्द्रका रुपमा सरकारमा रहे । एक अर्काका ब्याक्तिगत समस्या तथा विभीन्न मुद्धामा फरक देखिए पनि दुवै नेताहरुले एक अर्कामा न्यानो सम्बन्ध तथा सम्मान राख्न सफल रहे । आडवानी उप प्रधानमन्त्रिको रुपमा दोश्रो नम्बरमा रहेका थिए ।
२००४ को चुनावमा भएको पराजय पछि बाजपेयी विस्तारै राजनीतिबाट पछि सरे । आडवानीले आफ्नो इमेजलाई केही कम गरे र पाटीको प्रधानमन्त्रिको उमेद्वार हुन सफल भए तर उनले आफ्नो पुरानो साथी र मित्र जति सफल हुन सकेनन् । २०१४ मा उनको आफ्नै राजनैतिक चेला नरेन्द्र मोदी पार्टीको भाग्य चम्काउने नेताका रुपमा उदाए ।
बाजपेयीको मृत्यूको घोषणा सगै सबैभन्दा दुःखी कोही छ भने त्यो आडवानी नै हुन । उनीहरुको सहअस्तित्व र सहसम्बन्धमा नै बिजेपी कसरी भारतको सबैभन्दा शक्तिशाली पार्टी बन्यो भन्ने कथा जोडिएको छ । उनीहरुको सहअस्तित्वसगै आपसी फरकपनका बाबजुद गहिरो मित्रता, प्रेम र सम्मानको कथा पनि जोडिएको छ ।
आडवानीले एउटा बक्तब्यमा बाजपेयीलाई ६५ वर्ष भन्दा बढीको असल मित्रको रुपमा लिएका छन् । आडवानीले भने, “अटल जी लाई पहिलो कंग्रसरहित स्थायी गठबन्धन सरकारको अग्रजको रुपमा जहिले पनि सम्झिइन्छ । र मैले उहाँसगँ ६ वर्ष सगै उपप्रधानमन्त्रीमा रहेर काम गर्ने अवसर पाएको थिए । मेरो अग्रजको रुपमा उहाले मलाई जहिले पनि प्रोत्साहित गर्नुभयो र जहिले पनि दिशा निर्देश गरिरहनु भयो”
हिन्दुस्तान टाइम्सबाट साभार गरिएको
अनुवादक : ओम प्रकाश निरौला








