काठमाण्डौ, देशकै मुटु मानिने नयाँ बानेश्वर चोकको छेउमा उभिनुस् । सामुन्नेमा देख्नुहुनेछ, देशकै नियम कानुन बनाउने संघीय संसद भवन । अनि आफ्नै अगाडि देख्नुहुनेछ, नियम कानुन उल्लङ्घन भइरहको असिमिति दृश्य ।
पहिला काठमाण्डौबारे
प्राय सबै जसोले मुलुकको सहरहरुमा विकासको पहुँच पुगेको र राजधानी सहर भनेर काठमाडौं उपत्यकालाई सहजै रुपमा लिदै आएको पाईन्छ । तर अनेकौ दुरावस्था त्यहाँ पनि छ भनेर सबैले बुझेता पनि ध्यनाकर्षणमा भने कमि नै देखिएको छ ।
यसमा मुलतः कसले ध्यान दिनुपर्ने भन्ने विषयमा अन्योलता पैदा भएको देखिन्छ । अन्योलता नहुनु पर्ने हो । तर कसैमा पनि जिम्मेवारीबोध नदेखिँदा अन्योल जस्तै बनेको हो । सबै वर्गका मानिसमा आफ्नै प्रकृतिको घमण्ड मौलाएको वृक्ष झै हरियो बनेको छ ।
न त त्यहाँ सरकारी तवरबाट नै कुनै समस्याको विषयलाई लिएर समाधानको उपाय रच्न आतुर हुन्छन्, न सर्वसाधरण व्यक्ति नै त्यससमा हातेमालो गर्न तयार हुन्छन् ।
यहाँ अनायसै विकासको नाममा पाएको दुःखलाई लिएर देश आँशु झार्न बाध्य छन् नागरिकहरु । त्यहाँ देशको आँशु जनताले सहजै विकासको नाममा लिएका छन् । तर ति खाडल भने आफैले गर्दा खनिएको खाडल हो ।
देशको अवस्था हेरेर जनता दुःखी बनिरहेका छन् भने जनताको दुःख हेरेर देश पनि उत्तिकै रोईरहेको छ । कारण यसमा एउटै मात्र छ, त्यो हो तैँ राजा मै राजा अनि कसैले कसैलाई नगन्ने प्रवृत्ति ।
राजतन्त्र हटेको त देशमा दशक वितिसकेको छ । गणतन्त्र स्थापना भयो भनेर हर्षउल्लासै भएको पनि राजतन्त्र हटेको जति दिन भयो उति नै दिन भएको छ । राजतन्त्रमा एउटै मात्र राजा थिए तर गणतन्त्रमा ति सहरका चोक चोकमा असिमित राजाहरु जन्मिए ।
अब सन्दर्भ
काठमाडौं उपत्यकाको मुटुमा रहेको रत्नराज्य स्कूलबाट नयाँबानेश्वर सम्म म आफैं बातावरण नियाल्दै यात्रा गर्दा देखीएको अनेकौं दृश्यको । कुरा २०७५ साल साउन २३ गते साँझ ६ बजेको हो । यतिको नजिक पैदल यात्रा गर्दा मैले अनेकौं दृश्यहरु देख्न र नियाल्न पाँए । त्यहाँ सडकभरी सवारीसाधन गुडिरहेको दृश्य र फुटपाथमा सर्वसाधरण यात्रुको घुर्इँचो पनि उत्तिकै देखिन्थ्यो ।
कतिपय सर्वसाधरण पैदल यात्रुहरु फुटपातमा हिड्नुको साटो सवारी गुड्ने सडककमै यात्रा गर्न आतुर देखिन्थे भने कतिपयले सडकको बिच भागबाट नै सडक पार गरिरहेका थिए । उता सडक पुरै खाल्डोले भरिएको र हिलाम्मे थियो भने सडकको छेउमा जथाभावी पार्किङ र पैदलयात्री हिँड्ने फुटपाथमा आफ्नो व्यापार गरीरहेको दृश्य त झनै असिमित थियो ।
नयाँबानेश्वरसम्म बातावरण नियाल्दै हिड्ने क्रममा मेरो अघि अघि दुई जना युवा हतारमा हिँडिरहेको दृश्य आकस्मात मेरो आँखाले कैद ग¥यो । मैले उनीहरुलाई राम्ररी नियाँले किन यति चाँडै हिडिरहेका होलान् भनेर । उनीहरुको हातमा विज्ञापनको पर्चा र टास्ने वस्तु गम पनि थियो । केही पर पुग्दा उनीहरुले विजुलीको पोलमा फ्रि–ट्युसन र कोरियन भाषा शीर्षकको आकर्षक विज्ञापनको पर्चा टाँस्दै हिंडिरहेका थिए । मैले त्यतिबेला सोचे विगत केही समयदेखि सरकारले सडकको छेउमा रहेको विजुलीको पोलमा जुनसुकै किसिमको विज्ञापनको पर्चा पम्प्लेट टास्न मनाही गरीसकेको कुरा ।
सायद उनीहरुलाई त्यो विषयमा अज्ञानता रहेको कारण हो या जानी जानी गरेको हो, त्यो कुरा मैले बुझ्ने भने अवसर पाईन, कारण उनीहरु क्रमशः व्यस्त रुपमा हरेक पोलमा पर्चा टाँस्दै गए ।
त्यहाँ पर्चाको विषयमा अफैलाई खुलदुली भईरहेको थियो । उनिहरुले कतै आकर्षक विज्ञापनको भ्रममा कसैलाई पार्न त खोजेको होईन ? किनकी पर्चा निकै आकर्षक थियो ।
सडक पार गर्नका लागि जेब्रा क्रसिङ खोज्दै हिँड्दा बानेश्वर चोकसम्मको यात्रामा वानेश्वरस्थित संसद भवनको पश्चिमी गेटको नजिकै आधा मात्र देखिने भेटियो । कठै बरा यो राजधानी सहर ।
दयनीय हालत देखेर म मात्र होईन कैयौं म जस्तै सर्वसाधरण यसरी नै समस्यालाई नियालेर हिडिरहेका होलान भनेर मेरो मनमा लागिरह्यो ।
म पत्रकार भएका कारणले होला, सायद मेरो मनमा यदा कदा धेरै प्रश्न र उत्तर उव्जिन थाले । तर आफूले दृश्य हेरेर कलम र कापीको साहारामा लेख्न बाहेक त्यहाँ केही विकल्प रहेन ।
मैले सोचें यो समस्या कसले गर्दा उत्पन्न भएको हो र कसले यो समस्या समाधनाको उपाय रच्ने ? उत्तर दिने मान्छे त्यहाँ कोही भेटिएन । उता नयाँ बानेश्वर चोकसम्म बल्ल पुगेँ । मानिसको भिड उछिन्दै ।
त्यहाँ झन मानीस र सवारीसाधनको अत्यधिक भिड थियो । एउटा सभा सम्मेलन जतिकै । त्यहाँ सार्वजनिक यातायातमा सर्वसाधरण यात्रुहरु अटी नअटी यात्रा गरिरहेका थिए । फुटपाथमा खुट्टा टेकिनसक्नु व्यापारीहरुले आफ्ना सामानहरु बेच्न राखेका थिए । त्यहाँ आकाशे पुलको मुनि उत्तर र दक्षिण पट्टि साईकलमा फलफुल बेच्ने व्यापारीहरु पनि उतिकै लाईनमा थिए ।
यति दुखः गरेर आफ्नो जीवन चलाउन व्यपार गर्न वाध्य त उनीहरु छ नै । तर केही समय अघि नै काठमाडौ महानगरपालिकाले फुटपाथमा व्यापार गरे कारवाही गर्ने र सामान जफत हुनेसम्मको नियम ल्याइएको भन्दै चेतावनी दिएको थियो । तर व्यावसायीहरुले कानुनको उल्लङ्घन गर्ने र महानगरपालिकाले वेवास्ता गर्ने क्रम चलिरहेकै छ ।
मेरो निष्कर्ष
यि दृश्यहरुले जनताले नियम पालना नगर्ने अनि सरोकारवाला निकायले नियमन नगर्ने प्रवृत्ति छर्लङ्ग भएको छ ।
अब प्रश्न उठ्छ, जिम्मेवार व्यक्तिहरु कहिलेसम्म मुकदर्शक बनेर बस्ने ?
विकास र सभ्यता मानिका लागि हो । मानिसले नै गर्ने हो । मानिसले नै प्रयोग गर्ने हो अनि नियमको पालना पनि मानिसले नै गर्ने हो । तर काठमाण्डौ सहरमा यि कुरा देख्न पाइएको छैन ।
के हाम्रो देशमा सदियौँदेखी चीरकालसम्म नागरिकले दुःख नै पाइरहने हो ?
यो प्रश्नको जवाफ दिने हिम्मत कसैसँग पनि देखिदैन । भाषण र नारालाई नै राजनीतिक अस्त्र बनाउने प्रवृत्तिको अन्त्य नभएसम्म नेपाल : सतिले सरापेको देश ।








