वैशाख १९,२०८३ / ०८ : २९ पूर्वान्ह / 2026-05-02 08:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतले किन आफ्नो परम्परा छोड्नु हुदैन ?

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

        लेखक : मनमोहन वैद्य (सह–सचिव, राष्ट्रिय स्वयंसेवक सघं, भारत)

      भारतको गहिरो सांस्कृतिक मुल भनेको यसको पहिचान हो । यो मुल सगँ जोडिरहनु, पहिचान सगँ गाँसिनु नै हाम्रो अस्तित्व हो । यही परिचयलाई डा. राधाकृषण र गुरुदेव रविन्द्रनाथ टेगोरले हिन्दुत्व भनेका छन् । यदि कसैलाई हिन्दु भन्ने शब्द अस्विकार छ भने उनीहरुले यसलाई भारतिय वा हिन्द वा इन्डिक भन्न सक्दछन् । तर यसको मुल मर्म त्यही नै रहन्छ । सत्य एउटै भएपनि यसलाई धेरै नामले बोलाउन सकिन्छ । यही नै भारतिय चिन्तनको मुल मर्म हो । यो नै अत्यन्त महत्वपूर्ण छ । 

      कोही भारतिय सांस्कृतिक आध्यात्मिक परम्परामा गासीएकोे छ भने त्यसलाई कसरी सोच्नुपर्छ ? एउटा राम्रो उदाहरण रुपमा आचार्य महाप्रज्ना जीले दिनुभएको छ । उहाँ तेरा पथ को प्रमुख हुनुहुन्थ्यो जुन स्वेताम्बरा जैनहरुको एउटा आध्यात्मिक परम्परा भित्र पर्छ । एउटा राष्ट्रिय भाव भएको सन्तका रुपमा उहाँलाई धेरै टाढा सम्म चिन्दछन् ।  

      उनी भन्ने गर्थे म तेरा पन्थको हु किनकी म स्थानाकाभाषि जैन हुँ । म स्थानाकाभाषि जैन हु किनकी म स्वेताम्बरा जैन हुँ । म स्वेताम्बरा जैन हु  किनकी म जैन हुँ र म हिन्दु हुँ । यो भारतिय तवरको अत्यन्तै सुन्दर प्रस्तुति हो । एउटा मान्छे एकै पटकमा तेरा पन्थको पनि हुन सक्छ, स्थानाकाभाषी जैन हुन सक्छ, एउटा स्वेताम्बारा जैन हुन सक्छ अनि एउटा हिन्दु पनि हुन सक्छ । यो किन भइरहेछ भने भारतिय विचारले फरक फरक तहका भिन्न भिन्न पहिचानहरुमा विभेद देख्दैन । यो नै एकको फरक प्रस्तुति हो ।यही नै भारतीय परम्परा हो । 

      जब यो गहिरो मुल सगँको सम्बन्ध टुट्छ, त्यसपछि ब्याख्या बदलिन थाल्छ । र एउटा यस्तो भाष्य बन्छ जस्तो म हिन्दु हो तर म जैन हुँ। म जैन हुँतर म स्वेताम्बारा जैन हुँ तर म स्थानाकाभाषी जैन हुँ र म स्थानाकाभाषी जैन हुँ तर म तेरा पन्थी भित्र पर्छु । 

      यसभन्दा पनि त्यो गहिरो सम्बन्ध जब थप कमजोर बन्दै जान्छ तब अझ फरक भाष्य बन्दछ जस्तो की म जे सुकै हुँ चाहे जैन, वा स्थानाकाभाषी वा तेरा पन्थी तर म हिन्दु चाही होइन । त्यसपछि यसमा राजनीति शुरु हुन्छ । जब मुल सगँको सम्बन्ध, मुख्य पहिचान, पुरै टुट्छ तब अहिन्दुकरण पनि पूर्ण हुन्छ ।

       “भारत तेरो टुक्रा हुनेछ, भारतको वर्वाद नहुन्जेल लडाइ जारी रहन्छ, लडाइ जारी रहन्छ” भन्ने जस्ता नाराहरु यही हाम्रो मुल जरासगँको सम्बन्ध टुटेको कारणले भएको हो । यस्ता भनाइहरु अशिक्षित, पछि परेका र गरिब मान्छेहरुबाट आउदैन यो त भारतको बौद्धिक समुदायको अन्त्यन्तै आधुनिक यूवा प्रतिनिधीहरु बाट आउछ जसले तथाकथित एकदमै प्रगतिशिल र आधुनिक शैक्षिक संस्थाको प्रतिनिधीत्व गरेका हुन्छन् । अचम्मको कुरा त यो छ की तिनीहरुले यही देशको श्रोतहरुबाट फाइदा लिइरहेका शैक्षिक व्याक्तित्वहरु र अध्येताहरुको समर्थन पाउछन् । के कहि शिक्षाद्धारा हुने अभारतियकरणको यो भन्दा चम्किलो उदाहरण हुन सक्छ ? 

      त्यसकारण डा. प्रणव मुखर्जीले नागपुरमा दिनुभएको आफ्नो मन्तब्यमा राख्नुभयो की पाँच हजार वर्ष लामो सामुहिक यात्राको उदाहरण जो सबभन्दा महत्वपूर्ण छ किनकी यसले हाम्रो देशको राष्ट्रिय पहिचान बनाएको छ । हामीले हाम्रो मुल जरासगँको सम्बन्धलाई गासीरहन सक्यौ भने मात्र आफ्नो पहिचान र अस्तित्वलाई बचाइराख्न सक्छौ र भविष्यमा आउने चुनौतिहरुको सामना पनि गर्न सक्छौ । 

      कवि प्रशुन जोशीको कविताका केही पङतीलाई समावेश गर्दै म यो विषयलाई अन्त गर्दैछु ।

      “तिमी किन जराहरुबाट सम्बन्ध टुटाउछौ, हे रिक्त रुख 

      तिमी झन सुख्खा हुदै जानेछौ, 

      जति गहिरो तिम्रा जराहरु जान्छन्् 

      त्यति नै तिमी फूल्नेछौ ।

      साभार  : हिन्दुस्थान टाइम्स् 

      अनुवादक : ओम प्रकाश निरौला 

        सम्बन्धित समाचारहरु