वैशाख २३,२०८३ / ०२ : ०८ अपरान्ह / 2026-05-06 02:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गजल-सडक बालबालिका

      - ७ वर्ष अगाडि
      जेष्ठ २१,२०७५

      दैवले प्यारो बनायो आमा टुहुरो मलाइ

      सडक बास सुकिला लुगा हरमा नलाइ !

      धर्मती दानी दयालु भेटी दिएका खाएर 

      भरियो पेट फालेको टिपि पसले छलाइ !

      खाएर गाली साथमा संगी मिलेर गफिदै 

      सुघेर गन्ध बोतल टिपि खेलिन्छ ढलाइ !

      गल्ली र  कुत्ता डराइ  राती बगाल मिलेर

      पेटिमा बस्दा खाते र पाते तानिन्छ कलाइ !

      घाममा रुख झरिमा छिंडी बिग्रदा मौस

      पुसका ठन्डी रतिदै आगो कागज जलाइ!

      बाडिन्छ तर अनेक आस प्रचार स्वार्थका

      स्कुलमा पढ्ने चाहना मर्यो निरासा पलाइ!

      फणिन्द्र घिमिरे

      फणिन्द्र घिमिरे, समकालीन साहित्य प्रतिष्ठानको सदस्य हुनुहुन्छ | उहाका बिभिन्न साहित्यहरु समकालीन साहित्य प्रतिष्ठानमा प्रकाशित भएका छन् |



        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d