दुखित उसै रोजेकि प्यार सिगार्न नसक्दा
खुकुरी भुत्ते भएछु याद निखार्न नसक्दा !!
स्वागत गर्दै बधाइ दिए रोजाइ उसैको
पोलेको मन फैलाइ हात फिजार्न नसक्दा !!
गलत आफै थिएकी उनि बुझिन यथार्थ
पैतृक आस्था भाडेर घर बिगार्न नसक्दा !!
दुनिया सङ्ग गुनासो गरि हिडेछौ नबुझी
सपनालाइ फगत सम्झी धिक्कार्न नसक्दा !!
निस्ठुरी भने सहन्छु बरु फुलले हानेझै
नामर्द हैन पराइ चिम्टी स्विकार्न नसक्दा !!








