सेता हात्ती धपाएर, बोकिदा उसका दारा
सुन्छु अझै यदाकदा, बिरेन्द्र थे राजा प्यारा
दज्काउथे वल्लापल्ला, सबैमा जोस भराइ
स्वर्ग वासी भए पछि , ठानिए सदा पराइ
सोच्दैथिए कि बिचरा, मथ्थर पार्नेछु आगो
चुडायो दैव आएर ,घट्यो अकल्पनिय त्यो
उर्ले सारा त्यत्तिकैमा ,तयारी जन थुपारि
उम्लिएको रक्त भ्रुण , आयो मौका बिचारि
बत्तिस दन्ते बुढ्याइका, दात सरि खसाली
हुर्कियो पनाती झै, परिपाटी नव बसालि
हिड्यो मात्र दौडिएन ,तानातान गरि दिदा
तोतेबोली बालकको, आफ्नै सैली बुझिदा
धेरै टरे अस्थिरता ,हुन खोज्दा भताभुङ्ग
पुर्खा चिनो र सम्झना ,पारिदा लथालिङ्ग
धेरै हस्ती परिक्षा झै ,सामेल हुदा अहिले
हेर्दा भिड अमन भै ,बरु ठिकै थियो पैले








