देख्नै सक्दैनन राम्रो गरेको,रोप्छ्न बचनका छुरा !!
कर्तब्य पथमा अघि बढ तिमी,नसुन अरुका कुरा !!
गर्दै जाउ दिनदु:खीको सेवा ,झुक्नेछ सबैको शीर,
सच्चा मनबाट आशिर्बाद पाउनेछौ नगर केही पीर !!
न आफु गर्छन न त गर्न दिन्छन,यस्तै छ देशको हाल,
सरकार को त खै गफ् मात्रै ठुलो,कछुवाको छ चाल !!
देश बनाऊ भनी लागि पर्या छौ नरोकिउन ति कदम ,
राम्रै गरेका छौ अझै गर्दै जानु,साथ पाउनेछौ हरदम !!
कहिले भुकम्प त कहिले बाढिले,घरबार बगाउदा खेरी ,
पुग्या’थियौ गाउ-गाउमा आसु पुछ्न बसेनौ रमिता हेरी !!
नतोडनु कहिल्यै बिस्वास र भरोसा सहयोगि मनहरुको,
फर्काउन सकियोस हासो र खुशी ति पिढित जनहरुको !!








