छोरै चाहिने समाजमा बा आमा पालेर देखाउनु छ
खुशी नै खुशीको बहार मनमा हालेर देखाउनु छ
अप्ठेरो पर्दा छोरी छ है भनेर भरोसा दिलाइ
कर्तव्य गरी दु:खका पहाड गालेर देखाउनु छ
जन्माउँदा मलाई तिमिलाई पनि उत्तिकै थियो पिडा
तिर्नु छ ऋण आला ती घाउ टालेर देखाउनु छ
छोरी भनी गर्भमै भ्रुण हत्या गर्ने लाई
पश्चातापको आगो मनमा बालेर देखाउनु छ
मर्दाखेरी दागबत्ती दिन छोरा चाहिन्छ भन्ने
कुसंस्कारको जालोलाई यहाँ फालेर देखाउनु छ








