हिउँद लाग्यो तुषारो पर्यो
ढाक्यो गाऊँ कुहिरोले
डालिमा बसि के भयो भनि
सोध्दैछ चरीले।
शिशीर ऋतु सिरेटो चल्यो
भूइँ खायो शितले
देऊराली भाकि तरेछ जङ्घार
मन छुने पृतले।
हिऊद जान्छ बोकेर पालुवा
बसन्त आउदछ
पुरानो पात नझरी कहाँ
नया पात पलाउछ ?
मञ्जरी फुल्छे आचल फिजाई
सुवाश वेसरी
सुस्तरी पवन बहन्छ पातमा
छोएर केशरी।
देखेर खुशी धरती पनि
मुसुक्क हाँस्दछिन
मनको सुन्दर खोकिला भित्र
सौन्दर्य साच्दछिन।।








