आमा म भर्खर एक महिनाको भए..
हजुरको गर्भमा आएको,
म सानो छु।
मेरो आकार प्रकार राम्रारी बनेको छैन,
तर पनि म जीबित छु,सबै बुझ्छु।
मलाइ हजुरले बोलेको हासेको सारै मन पर्छ,
हजुर पनि निक्कै खुशी हुनुहुन्छ,।
साथै बाबा अनि घरका सबै,
हजुरको हेरबिचारमा पनि ध्यान पुर्याएका छन,
सबै प्रतीक्षामा छन मेरो आगमनको,।।
आमा हजुर महिनै पछे जचाउन जानुहुन्छ मलाइ,
बच्चा स्वास्थ छ भन्नू हुन्छ डक्टरले
हजुर खुशी हुँदै फर्कनु हुन्छ,
हजुरलाइ यसरिनै खुशी भएको
हेर्न मन छ आमा मलाइ,,,
हेर्नुस त आमा अब त मेरो टाउकोमा,
स-साना कपालका रौहरु पनि पलाउन थाले,
म फुरुन्ङ भएको छु,।
एउटा सानो घर छ यहाँ मलाइ
यसैमा खेल्ने गरेको छु,।
ओहो कहिले होला हजुरको काखमा खेल्ल पाउने,?
छिट्टै बोलाउनुस न भन्या,,...
अ साची पिरो अमिलो धेरै नखानुस,
मलाइ यहाँ गारो हुन्छ पोल्छ,
किनकी म हजुरले जे खानु हुन्छ,
त्यही खाएर बाचेको हुन्छु,।।
आमा अब त म पाँच महिनाको भएछु,
आज पनि हजुर डक्टरनोमा जचाउन जानुभयो,
उम बाबा पनि हुनुहुन्छ साथमा,,
डक्टरले मलाइ हेर्नू भयो,
अनि भन्नू भयो, छोरी छ गर्भमा,
ओहो छोरा चाहिएको छ मलाइ
बाबा भन्दै हुनुहुन्छ,
हजुर दुखी हुनुभयो,
मेरो यतिन्जेलको खुशी निरासामा बदलिए,
आमा मलाइ एउटा कुरा भन्नुस त,
यो छोरा र छोरी भनेको के हो?
जे भएनी म हजुरकै सन्तान होइन र?
बाबा डक्टर सग कुरा गर्दै हुनुहुन्छ,,
गर्भपतन को लागि,,
हजुरले आँसु खसाल्दै बोल्नु भयो
अ ह गर्भपतन त नगर्ने,
मान्नु भएन बाबाले
हेर्नू त आमा डक्टर र बाबा कति निर्दयी?
मलाइ मार्ने प्लान बनाइराछन,
साच्चै आमा म हजुरहरुलाइ धेरै खुशी दिन्छु,
सेवा गर्ने छु,
छोरा पापी निर्दयी हुन्छन,नत्र हेर्नुस त बाबालाइ,
मलाइ नमार्नुस,
बोल्नुस न
रोक्नुस न ती अपराधिहरुलाइ,
किन रोइ मात्र रहनु हुन्छ,
आमा हेर्नुस न त्यो डक्टर....
हात हतियार लिएर यतै आउदै छ,
मलाइ मार्नलाइ,
आमा बचाउनुस मलाइ,,,,
म जन्मन चाहान्छु,
म संसार देख्न चाहान्छु,,,
के पाप गरेको छु र मैले?
जन्मनै नपाइ मर्नु पर्ने,,,
ऐया.... आमा दुख्यो मलाइ,
मेरो सास रोकिन लाग्यो,,
रोक्नुस न आमा,,
मलाइ नमार्नुस,
आमा,,, आमा,,, आमा,,,








