वैशाख १९,२०८३ / ०९ : ५४ पूर्वान्ह / 2026-05-02 09:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      गजल....! म मर्दा..

      - ८ वर्ष अगाडि
      चैत ३,२०७४

      गजल....!
      म मर्दा मेरो लास तिमीले छुन्छ्यौ होला
      लासलाई फूलको माला उन्छ्यौ होला

      मलामीको लहरपछि हिँड्ने बेला तिमी
      अश्रुधारा बगाई अति दुखी हुन्छ्यौ होला

      चुरा फुटलान् तिम्रो सिउँदो पनि पुछिएला 
      मनमा कस्तो-कस्तो सपना बुन्छ्यौ होला

      म मरेर गए पनि तिमी सुखी रहनु है प्रिया
      मेरो यादमा अाँसुले मुहार धुन्छ्यौ होला

      तिमीले नमाने पनि जीवन साथी नै नहुँदा
      कर कापमा नयाँ साथी पनि चुन्छ्यौ होला

      नयाँ साथीले मेरो जस्तो माया दिएन भने
      दर्द पीडा खप्न नसकेर मुख थुन्छ्यौ होला

      तिमीले त अहिले सम्म चोट पाएकै छैनौ
      हृदयमै चोट पर्दा तिमी कति रुन्छ्यौ होला

      गृष्म न्यौपाने



        सम्बन्धित समाचारहरु