वैशाख १९,२०८३ / ०९ : ५४ पूर्वान्ह / 2026-05-02 09:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      कबिता छोरी

      - ८ वर्ष अगाडि
      फागुन २०,२०७४

      साँझपख चोकतिर निस्कें घुम्न भनी
      दुई बर्षकि सानी बच्ची रोको सुनें तनि

      हिंड्दै जाँदा उनै नजिक पुगिहालें तर
      आमा रैछन अघि अघि गाली गर्दै बरा

      भन्दै थिइन् नराम्ररी टोकाइ अलच्छिनी
      बरु यो मरेर ,भाइ, बाँचेको भा हुनि

      छिटो आइज अझ रुन्छेस फोर्दिम तेरो गाला
      मनमा बिझ्यो मलाइ सारै देखि तिनको चाला

      के नै गल्ती थियो कठै निर्दोष थिइन् नानी
      रुँदा रुँदै घाँटी सुक्यो भन्दै थिइन् पानी

      आज पनि छोरीलाई यस्तो हेला किन
      यहि पाराले सक्दैनकि युग बदलिन।

      कल्पना घिमिरे
      चापाकोट,स्याङ्जा

      कल्पना घिमिरे

      चापाकोट,स्याङ्जाकि कल्पना घिमिरे, समकालीन साहित्य प्रतिष्ठानको सदस्य हुनुहुन्छ | उहाका बिभिन्न साहित्यहरु समकालीन साहित्य प्रतिष्ठानमा प्रकाशित भएका छन् |



        सम्बन्धित समाचारहरु