मैले मेरो भन्ने काया ...तिमीलाई त हो नि,
आमा-कसम्, मेरो माया ...तिमीलाई त हो नि !
अरुलाई सकिन्न क्यै, चित्त नदुखाउनू,
मैले गर्नु दायाँ-बायाँ तिमीलाई त हो नि !
नपत्याए मेरो कुरा हेर्नू अ~इ~नामा,
त्यस्मा पर्ने मेरो छायाँ तिमीलाईँ त हो नि !
वस्त्र हो न श्री-सम्पति सबै यही मन छ,
जुनी-जुनी मेरो साया तिमीलाई त हो नि !








