मंसिर २,२०८२ / ०३ : १७ अपरान्ह / 2025-11-18 03:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      VOGUE INTERIORS NEPAL – पूर्वी नेपालको अग्रणी Interior Designing Institute / Consultancy

      - ३ हप्ता अगाडि
      असोज २,२०८२

      VOGUE INTERIORS NEPAL को स्थापना वि.सं. २०५७ मा भएको हो । मोरङ, विराटनगर, कोशी प्रदेशमा अवस्थित यस संस्थाले आजसम्मको यात्रामा पूर्वी नेपालको Interior Designing क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । यो केवल एक Interior Designing Institute र Consultancy मात्र नभई एक शिक्षा, उद्यमशीलता र सिर्जनशीलताको मञ्च हो, जसले निरन्तर Interior Designing र Décor सेवाहरू प्रदान गर्दै आएको छ ।

      पछिल्ला दुई दशकभन्दा लामो समयमा, यस संस्थाले केवल डिजाइन सेवामात्र होइन, प्राविधिक, व्यावसायिक र पेशागत तालिमहरू मार्फत Interior Designing र Decorative Design विषयलाई व्यवस्थित र पेशागत रूपमा स्थापित गर्ने कार्य गर्दै आएको छ ।

      दूरदर्शी सुरुवात – एक चुनौतीपूर्ण तर रोचक यात्रा

      म कृति श्रेष्ठ उपाध्याय, Interior Designer, कलाकार, उद्यमी तथा VOGUE INTERIORS NEPAL की निर्देशक । जब मैले विराटनगरमा Interior Designing Institute र Consultancy स्थापना गर्ने निर्णय गरेँ, त्यो समय Interior Designing भन्ने विषय नेपालमा अझै नयाँ थियो । यस पेशाको माग, महत्व र भविष्यबारे धेरैलाई जानकारी थिएन ।

      त्यसैले यो संस्थान स्थापना गर्नु केवल व्यवसायिक निर्णय मात्र थिएन, यो मेरो सपना र गुणस्तरीय शिक्षा आफ्नै शहरमा उपलब्ध गराउने संकल्प थियो । सुरुका दिनहरू चुनौतीपूर्ण थिए — उपयुक्त पाठ्यक्रम तयार पार्नेदेखि, विद्यार्थीहरूलाई आकर्षित गर्न, समाजलाई Interior Designing  को महत्व बुझाउन सबै कठिन कामहरू थिए । 

      तर मेरो डिजाइनप्रतिको गहिरो लगाव र समाजलाई योगदान गर्ने इच्छाशक्ति नै मेरो प्रेरणा बन्यो । आज २५ वर्षको यस यात्रालाई फर्केर हेर्दा, मैले यो संस्थालाई निरन्तरता दिँदै पूर्वी नेपालको प्रमुख Interior Designing Institute र Consultancy बनाउन सफल भएकोमा गर्व महसुस गर्छु । 

      /pagegallery/2025091889.jpg

      भोलिका Designer हरूलाई तयार गर्दै

      VOGUE INTERIORS NEPAL को सबैभन्दा ठूलो उपलब्धि भनेको यहाँबाट सिकेर अघि बढेका ५०० भन्दा बढी विद्यार्थीहरू हुन् । धेरै विद्यार्थीहरू आज Interior Designer, Display Consultant, र उद्यमीका रूपमा स्थापित छन् ।

      मेरा लागि तालिम केवल कक्षाकोठामा सिद्धान्त पढाउने मात्र होइन, व्यवहारिक अभ्यास र उद्यमशीलताको ज्ञान प्रदान गर्नु हो। मैले आफ्ना विद्यार्थीहरूलाई सिर्जनशील, उत्पादक र आत्मनिर्भर बन्न प्रेरित गरेकी छु । म विश्वास गर्छु कि Interior Designer बन्नु भनेको केवल कोठा वा भवन सजाउनु मात्र होइन, जीवनशैलीलाई रूपान्तरण गर्ने कला सिक्नु हो ।

      Interior Designing प्रति चेतना र ज्ञान विस्तार

      नेपालमा Interior Designing अझै विकासको चरणमा छ । धेरै मानिसहरूले अझै यसलाई लक्जरीको रूपमा बुझ्ने गर्छन् । यस सोचाइलाई परिवर्तन गर्न मैले विभिन्न लेख, सामग्री र अभिमतहरू प्रकाशित गरेकी छु ।

      मेरो गर्वको उपलब्धिमध्ये एक भनेको नेपालकै पहिलो सामान्य Interior Designing पुस्तक “भूमिका” लेख्नु र प्रकाशित गर्नु हो । यो पुस्तकले विद्यार्थी, पेशेवर र डिजाइनप्रेमीहरूलाई Interior Designing को आधारभूत ज्ञान दिएको छ र यस विषयलाई बुझ्न सजिलो बनाएको छ ।

      /pagegallery/2025091822.jpg

      समुदायसँग जोडिएको Interior Designing

      मेरो लागि Interior Designing केवल व्यक्तिगत व्यवसाय होइन, यो समुदाय र सामाजिक विकाससँग जोडिएको माध्यम हो । मैले VOGUE INTERIORS NEPAL मार्फत स्थानीय नगरपालिका र सामाजिक संस्थाहरूसँग सहकार्य गरी सिप विकास तालिम, कार्यशालाहरू र जागरण कार्यक्रमहरू सञ्चालन गरेकी छु ।

      यस्ता तालिमहरूले युवाहरू र महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बन्न मद्दत गरेको छ । यसले उनीहरूलाई साना व्यवसाय सुरु गर्न र आफ्नो जीवनस्तर सुधार गर्न सक्षम बनाएको छ ।

      म विश्वास गर्छु Interior Designing ले पर्यटन, कला, र सहरी विकासमा ठूलो योगदान पु¥याउन सक्छ । त्यसैले मैले आफ्ना धेरै परियोजनामा स्थानीय संस्कृति र पर्यावरणलाई ध्यानमा राखी काम गरेकी छु ।

      /pagegallery/2025091847.jpg

      भविष्यको दृष्टि – नेपालमा Interior Designing को सम्भावना

      नेपालमा Interior Designing विस्तारै स्थापित पेशा बन्दै गएको छ । आगामी दिनमा यस पेशालाई अझ संस्थागत बनाउन म Interior Designer's Association स्थापना गर्ने योजनामा छु ।

      यो संघले नेपालका विभिन्न ठाउँका Interior Designer हरूलाई जोड्नेछ, अनुभव र ज्ञान साटासाट गर्ने मञ्च प्रदान गर्नेछ र नयाँ अवसर सिर्जना गर्नेछ । यसले स्थानीय आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा प्रत्यक्ष योगदान पु¥याउनेछ ।

      मेरो यात्रा, हाम्रो यात्रा

      VOGUE INTERIORS NEPAL केवल एउटा संस्था वा Consultancy मात्र होइन, यो शिक्षा, सिर्जनशीलता, उद्यमशीलता र सामाजिक योगदानको समिश्रण हो । मेरो २५ वर्षको यात्रा कठिनाइ, संघर्ष र सफलता सबैको मिश्रण हो।

      म आगामी दिनमा पनि आफ्नो प्रतिबद्धता दोहोर्याउँछु — Interior Designing लाई अझ बुझाउन, सशक्त बनाउन र प्रेरित गर्न, सीप विकास र नवप्रवर्तनमार्फत समाज र अर्थतन्त्रमा योगदान पुर्‍याउने।

      यस संस्थाको कथा केवल मेरो व्यक्तिगत कथा मात्र होइन, यो सयौँ विद्यार्थी, ग्राहक र समुदायका सदस्यहरूको साझा यात्रा हो। हामी सबै मिलेर भविष्यमा Interior Designing लाई नेपालमा अझ पहिचान, सम्मान र उत्सवका साथ स्थापित गर्न निरन्तर प्रयास गर्दै जानेछौं।

      /pagegallery/2025091844.jpg

      /pagegallery/2025091885.jpg

      /pagegallery/2025091849.jpg

      Kriti Shrestha Upadhyaya , Interior Designer / Entrepreneur



        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d